सर्वसुलभता केन्द्र

सबैलाई सिर्जनशीलता, सर्वसुलभता र प्रेरणा उपलब्ध गराइँदै।

Spotify को सर्वसुलभता योजना

परिचय

Spotify अपाङ्गता भएका व्यक्तिलगायत सबै व्यक्तिहरूको गरिमा र स्वतन्त्रताको सम्मानका साथ व्यवहार गर्न प्रतिबद्ध छ। हामी समावेशीकरण र समान अवसरमा विश्वास राख्छौँ। हामी अपाङ्गता भएका व्यक्तिका आवश्यकताहरू समयमै पूरा गर्न प्रतिबद्ध छौँ र सम्भव भएसम्म सर्वसुलभतामा रहेका अवरोधहरू पहिचान गरी हटाउने प्रयास गर्ने छौँ। यो सर्वसुलभता योजना (वा योजना) ले यी उद्देश्यहरू पूरा गर्न र अपाङ्गता भएका व्यक्तिहरूका लागि थप अवसरहरू सिर्जना गर्न Spotify ले चालिरहेका कदमहरूको रूपरेखा दिन्छ।

हामी यो सर्वसुलभता योजना वा Spotify को सर्वसुलभताका बारेमा अझ व्यापक रूपमा प्रतिक्रिया प्राप्त गर्न चाहन्छौँ। तपाईं हाम्रो सर्वशुलभता केन्द्रमा रहेको फाराम—भरेर अज्ञात रूपमा आफ्नो प्रतिक्रिया पसेस गर्न सक्नुहुन्छ।

यो योजना र हामीलाई प्रतिक्रिया पठाउने प्रक्रियासम्बन्धी विवरण हाम्रो सर्वसुलभता केन्द्रमा उपलब्ध छ। यो योजना र प्रतिक्रिया पठाउने प्रक्रियासम्बन्धी विवरण प्रिन्ट, लार्ज प्रिन्ट, ब्रेल र अडियो फर्म्याटहरूमा उपलब्ध छन्। हामी 15 दिनभित्र अनुरोधहरूको जवाफ दिने छौँ।

कार्यकारीको सारांश

Spotify को सर्वसुलभता योजना भनेको अपाङ्गता भएका मानिसहरूलाई असर गर्ने अवरोधहरू हटाउने हाम्रा प्रयासहरू जारी राख्ने 3 वर्षे प्रतिबद्धता हो। हामी तल उल्लिखित अन्य थुप्रै कारबाहीहरूसहित अपाङ्गता समानता सूचकाङ्कमा सहभागी हुने, भर्ना प्रक्रिया र कार्यालयका सर्वसुलभतासम्बन्धी मार्गदर्शन, सर्वसुलभता प्रशिक्षण सुधार गर्ने, ग्राहक सेवाको सर्वसुलभता बढाउने र सञ्चारसम्बन्धी उत्कृष्ट अभ्यासहरूलाई बलियो बनाउने—जस्ता कार्यहरूमार्फत यी कुरालाई सम्बोधन गर्ने छौँ। यो योजना यसले अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकताहरू सम्बोधन गर्छ भन्ने कुरा सुनिश्चित गर्दै उनीहरूसँग छलफल गरेर विकास गरिएको हो।

मुख्य सर्तहरू

तपाईंले पूरै योजनाभरि दोहोर्‍याइएको देख्ने केही सर्तहरू यी हुन्। कुनै सर्त यहाँ परिभाषित गरिएको छैन भने हामी हामीले पहिलो पटक त्यसलाई उल्लेख गर्दा परिभाषित गर्ने छौँ।

उपयुक्त फर्म्याट: यसलाई प्रिन्ट, लार्ज प्रिन्ट, ब्रेल, अडियो फर्म्याट वा अपाङ्ग व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले बनाइएको अपाङ्गमैत्री प्रविधिसँग मिल्ने इलेक्ट्रोनिक फर्म्याटका रूपमा मानिन्छ।

अवरोध: "अवरोध" भन्नाले शारीरिक, मानसिक, बौद्धिक, संज्ञानात्मक, सिकाइ, सञ्चार वा इन्द्रिय कमजोरी भएका वा कार्यात्मक सीमितता भएका व्यक्तिहरूसहित अपाङ्गता भएका व्यक्तिहरूको समाजमा पूर्ण र समान सहभागितामा बाधा पुऱ्याउने कुनै पनि कुरा हो। यसमा निम्न कुराहरू समावेश छन्:

  • शारीरिक अवरोध
  • वास्तुशिल्पसम्बन्धी अवरोध
  • जानकारी वा सञ्चारसम्बन्धी अवरोध
  • व्यवहारसम्बन्धी अवरोध
  • प्राविधिक अवरोध
  • नीति वा अभ्यासको परिणाम स्वरूप कुनै अवरोध

अपाङ्गताः "अपाङ्गता" भनेको शारीरिक, मानसिक, बौद्धिक, संज्ञानात्मक, सिकाइ, सञ्चार वा इन्द्रिय कमजोरी, वा स्थायी, अस्थायी वा प्रासंगिक प्रकृतिको कार्यात्मक सीमितता हो, जुन देखिने वा नदेखिने हुन सक्छ। यसले अवरोधको सामना गर्दा समाजमा व्यक्तिको पूर्ण र समान सहभागितामा बाधा पुर्‍याउँछ।

WCAG: "WCAG" भनेको World Wide Web Consortium ले प्रकाशित गरेको वेब सामग्रीको सर्वसुलभता मार्गदर्शनको सबैभन्दा हालैको संस्करण हो।