सुरक्षा र गोपनीयता केन्द्र

Spotify मा भएको सामग्रीका बारेमा रिपोर्ट गर्ने तरिका

सारांश

हामी Spotify मा रचनात्मक अभिव्यक्ति उचाइमा पुर्‍याउनका निम्ति निकै मेहनत गर्छौँ र हाम्रो समुदायले सुरक्षित रूपमा आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गरून् भन्ने चाहन्छौँ तर यसको अर्थ जे पनि गर्न पाइन्छ भन्ने चाहीँ होइन।

हाम्रा लामो समयदेखि चलिरहेका Spotify प्लेटफर्मका नियमहरूमा Spotify मा के-के गर्ने अनुमति छ र के-के गर्ने अनुमति छैन भन्ने कुरा उल्लेख गरिएको छ। हामी नाबालिगहरूलाई असर पार्ने, अफलाइन हानिको ठुलो जोखिम बोक्ने वा अवैध हुन सक्ने सामग्रीको समीक्षालाई प्राथमिकता दिन्छौँ।

अवैध सामग्री वा प्लेटफार्मका नियमहरू उल्लङ्घन गर्ने सामग्रीका विरुद्ध कस्तो प्रकारको कारबाही गरिन्छ?

हामीले हाम्रा प्लेटफार्मका नियमहरू उल्लङ्घन गर्ने वा स्थानीय कानुनअन्तर्गत अवैध सामग्री भेट्टाउँदा हामी विभिन्न कारबाहीहरू गर्न सक्छौँ। यी कारबाहीहरू निम्न छन्: सामग्री हटाउने, वितरणमा प्रतिबन्ध लगाउने, सामग्रीसम्बन्धी परामर्शको लेबल लगाउने वा डिमनिटाइज गर्ने वा दुबै कारबाही गर्ने।

कुनै व्यक्ति Spotify मा भएको सामग्रीका बारेमा कसरी रिपोर्ट गर्न सक्नुहुन्छ?

तपाईंलाई सामग्रीको कुनै अंशले हाम्रा प्लेटफार्मका नियमहरूको उल्लङ्घन गर्न सक्छ जस्तो लाग्छ भने कृपया हाम्रो सुरक्षित रिपोर्टिङ फारम प्रयोग गरी रिपोर्ट गर्नुहोस्।

तपाईंको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घन गर्ने वा अन्यथा कानुनको उल्लङ्घन गर्ने सामग्रीका बारेमा रिपोर्ट गर्न कृपया हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो कपिराइटसम्बन्धी नीतिमा गई Spotify को बौद्धिक सम्पत्ति उल्लङ्घन सम्बोधन गर्ने नीतिका बारेमा थप जानकारी प्राप्त गर्न सकिन्छ।

कुनै सामग्रीका बारेमा कसले रिपोर्ट गर्न सक्छ?

इमेल ठेगाना हुने जो कोहीले पनि Spotify खाता नभए पनि Spotify मा सामग्रीका बारेमा रिपोर्ट गर्न सक्छन्। कृपया हाम्रो रिपोर्टिङ प्रक्रियाको दुरुपयोग गरियो भने भविष्यमा अनुरोधहरू पेस गर्ने तपाईंको क्षमता सीमित पारिन सक्छ भन्ने कुरा ख्याल गर्नुहोस्।

सामग्रीसम्बन्धी निर्णयहरूका विरुद्ध अपील गर्न सकिन्छ?

तपाईं युरोपेली सङ्घको कुनै देशमा बस्नुहुन्छ र तपाईं आफ्नो सामग्री वा तपाईंको रिपोर्टको प्रतिक्रियामा गलत कारबाही गरिएको छ जस्तो लाग्छ भने कृपया आगामी चरणहरू पूरा गर्नका लागि प्राप्त भएका सूचना जाँच्नुहोस्।

अन्य सबै देशहरूको हकमा हामी हाम्रा अपिल गर्ने क्षमता र विकल्पहरू विस्तार गरिराख्ने छौँ। यो कुरा ठाउँअनुसार फरक हुन्छ।