Spotify को कुकीसम्बन्धी नयाँ नीति

यो नीति 29 मे 2023 देखि लागू हुन्छ

  1. कुकीहरू भनेका के हुन्?
  2. हामी कुकीहरू कसरी प्रयोग गर्छौँ?
  3. कुकी र रुचिमा आधारित विज्ञापनहरू व्यवस्थापन गर्ने विकल्पहरू
  4. यो नीतिमा गर्न लागिएका संशोधनहरू
  5. हामीलाई सम्पर्क गर्ने तरिका

यो नीतिले Spotify ले कुकीहरू कसरी प्रयोग गर्छ भन्ने कुरा वर्णन गर्दछ। हामी अबदेखि यसलाई "नीति" भन्ने छौँ। यो नीतिको उद्देश्य तपाईं अर्थात् Spotify का सेवा वा वेबसाइटहरू (हामी यिनलाई समग्रमा "सेवाहरू" भन्ने छौँ) वा दुवैका प्रयोगकर्तालाई Spotify ले कुकीहरू प्रयोग गर्नुको उद्देश्य र कुकीका सेटिङ मिलाउने सम्बन्धमा तपाईंले रोज्न सक्ने विकल्पहरूका बारेमा स्पष्ट जानकारी प्रदान गर्ने हो।

1. कुकीहरू भनेका के हुन्?

कुकीहरू साना टेक्स्ट फाइल हुन्। तपाईंले कुनै वेबसाइट हेर्दा यिनलाई तपाईंको डिभाइसमा डाउनलोड गरिन्छ। Spotify र Spotify का साझेदारहरू कुकीहरूका सहायताले तपाईंको डिभाइस अद्वितीय रूपमा पहिचान गर्न सक्छन् र तपाईंलाई तपाईंले हाल प्रयोग गरिरहनुभएका सुविधा प्रदान गरिरहन सक्छन्। उदाहरणका लागि, कुकीहरूले हामीलाई तपाईंका प्राथमिकता वा तपाईंले विगतमा गरेका क्रियाकलापहरू बुझ्न मद्दत गर्न सक्छन्। तपाईं यहाँ गई कुकीहरूका बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ: www.allaboutcookies.org.

2. हामी कुकीहरू कसरी प्रयोग गर्छौँ?

कुकीहरू प्रयोग गरेर तपाईंलाई प्रभावकारी रूपमा एउटा पेजबाट अर्को पेजमा जान दिने, तपाईंका प्राथमिकताहरू याद गर्ने र सामान्यतया तपाईंको प्रयोगकर्ताको अनुभव सुधार गर्ने जस्ता थुप्रै खालका कार्यहरू गरिन्छ। तपाईंले अनलाइनमा देख्ने विज्ञापनहरू तपाईं र तपाईंका रुचिहरूसँग अझै सान्दर्भिक होऊन् भन्ने कुरा सुनिश्चित गर्ने प्रयोजनका लागि पनि कुकीहरू प्रयोग गर्न सकिन्छ।

Spotify ले यी दुई मुख्य प्रकारका कुकी प्रयोग गर्छ: (1) अत्यावश्यक कुकीहरू र (2) ऐच्छिक कुकीहरू:

  1. अत्यावश्यक कुकीहरू

Spotify वा हाम्रो तर्फबाट तेस्रो पक्षले यी कुकीहरू सेट गर्छन् र हाम्रा सेवाका सुविधाहरू प्रयोग गर्नका निम्ति जस्तै, प्राविधिक रूपमा सामग्री डेलिभर गर्न, तपाईंका गोपनीयतासम्बन्धी प्राथमिकताहरू सेट गर्न, लग इन गर्न, भुक्तानी गर्न वा फारमहरू भर्न यी कुकीहरू अत्यावश्यक हुन्छन्। यी कुकीहरूविना हाम्रा सेवाहरू उपलब्ध गर्न नसकिने भएकाले तपाईं यिनलाई अस्वीकार गर्न सक्नुहुन्न।

  1. ऐच्छिक कुकीहरू

ऐच्छिक कुकीहरू "प्राथमिक स्रोतका कुकी" वा "तेस्रो पक्षका कुकी" हुन सक्छन्। Spotify वा तपाईंको अनुरोधमा तेस्रो पक्षले प्राथमिक स्रोतका कुकी सेट गर्छन्। तेस्रो पक्षका कुकी सीधै तेस्रो पक्षले वा तेस्रो पक्ष जस्तै, हाम्रा एनालाइटिक्स वा विज्ञापन सेवा प्रदायक को अनुरोधमा सीधै Spotify ले सेट गर्छ। तपाईं यो लिंकमा गई यी साझेदारहरूको सूची हेर्न सक्नुहुन्छ। Spotify वा Spotify का साझेदारहरूले निम्न तरिकाले ऐच्छिक कुकीहरू प्रयोग गर्छन्:

कुकीको प्रकार उद्देश्य
अत्यावश्यक कुकीहरू हाम्रा सेवाका सुविधाहरू प्रयोग गर्नका निम्ति जस्तै प्राविधिक रूपमा सामग्री डेलिभर गर्न, तपाईंका गोपनीयतासम्बन्धी प्राथमिकताहरू सेट गर्न, लग इन गर्न, भुक्तानी गर्न वा फारमहरू भर्न यी कुकीहरू अत्यावश्यक हुन्छन्। यी कुकीहरूविना हाम्रा सेवाहरू उपलब्ध गर्न नसकिने भएकाले तपाईं यिनलाई अस्वीकार गर्न सक्नुहुन्न।
पर्फमेन्ससम्बन्धी कुकी यी कुकीहरूले वेबसाइट हेर्ने व्यक्तिहरूले हाम्रा सेवाहरू कसरी प्रयोग गर्छन् भन्ने बारेमा जानकारी सङ्कलन गर्छन्। उदाहरणका लागि, हामी यी कुकीहरूका सहायताले हाम्रो वेबसाइट कति पटक हेरियो भन्ने कुराको गणना गर्न र वेबसाइट हेर्ने व्यक्तिहरूले हाम्रो वेबसाइट कसरी भेट्टाए भन्ने कुरा बुझ्न मद्दत गर्छ।वेबसाइटको पफर्मेन्स अझ राम्रो बनाउन डेटा सङ्कलन गर्न कुकीहरू प्रयोग गर्ने वेब एनालाइटिक्स यो कोटीमा पर्छ। उदाहरणका लागि, डिजाइनहरूको परीक्षण गर्न र प्रयोगकर्ताका लागि स्वरूप र सुविधामा एकरूपता भएको सुनिश्चित गर्न कुकीहरूको प्रयोग गर्न सकिन्छ। हामी हाम्रा इमेल न्युजलेटर वा हामीले तपाईंलाई पठाउने सञ्चारका अन्य सामग्रीबाट जानकारी (जस्तै, तपाईंले न्युजलेटर खोल्नुभयो वा फर्वार्ड गर्नुभयो वा न्युजलेटरमा भएका कुनै पनि सामग्री क्लिक गर्नुभयो कि गर्नुभएन भन्ने कुराको जानकारी) प्राप्त गर्न पनि सक्छौँ। यो जानकारीले हामीलाई हाम्रो न्यूजलेटरको प्रभावकारिताका बारेमा बताउँछ र हामीलाई हामी तपाईंलाई रोचक लाग्ने जानकारी उपलब्ध गराउँदैछौँ भन्ने सुनिश्चित गर्न मद्दत गर्छ।यस प्रकारका कुकीमा गतिविधि/रुचिमा आधारित लक्षित विज्ञापनका नेटवर्कहरूमा प्रयोग गरिने कुकीहरू समावेश हुँदैनन्।
कार्यात्मक यी कुकीहरूका सहायताले हाम्रा सेवाहरूले तपाईंले छनौट गर्ने विकल्पहरू जस्तै, तपाईंको प्रयोगकर्ता नाम, भाषा वा तपाईं हुनुभएको क्षेत्र याद गर्छन् र परिष्कृत, अझ बढी व्यक्तिगत सुविधा र सामग्री उपलब्ध गराउँछन्। उदाहरणका लागि, तपाईंले कस्टमाइज गर्न सक्ने वेब पेजका भागहरूमा तपाईंले गर्नुभएका परिवर्तनहरू याद गर्न यी कुकीहरू प्रयोग गर्न सकिन्छ।तपाईंको अनुभवमा सुधार गर्न यी कुकीहरूले तपाईंले छनौट गर्ने विकल्पहरू याद गर्छन्। तपाईंले यी कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएन भने तपाईंले यसअघि हाम्रा सेवाहरू चलाउँदा छनौट गर्नुभएका केही विकल्पहरू सेभ गरिने छैनन्।
लक्षित वा विज्ञापनसम्बन्धी कुकीहरू तपाईंलाई तपाईंका लागि अझ सान्दर्भिक हुने विज्ञापनहरू उपलब्ध गराउन र तपाईंका रुचिहरू बुझ्न यी कुकीहरूले तपाईंको ब्राउजिङ गतिविधिका बारेमा जानकारी सङ्कलन गर्छन्। तपाईंले कुनै विज्ञापन देख्ने सङ्ख्या सीमित गर्नुका साथै Spotify ले सेयर गर्ने विज्ञापनहरूको प्रभावकारिता मापन गर्न मद्दत गर्न कुकीहरू प्रयोग गरिन्छ। यी कुकीहरूले तपाईंले कुनै वेबसाइट हेर्नुभएको जानकारी लग गर्ने छ र यो जानकारी विज्ञापनदाता जस्ता अन्य सङ्गठनहरूसँग सेयर गरिन सकिन्छ। साथै, Spotify ले अन्य प्लेटफर्महरूमा Spotify का प्रवर्धन, सुविधा वा नयाँ रिलिजहरू प्रचारप्रसार गर्न ती प्लेटफर्महरूसँग सीमित डेटा सेयर गर्न पनि सक्छ। तपाईंले यी कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएन भने तपाईं अझै पनि विज्ञापन देख्नु हुने छ तर यी विज्ञापनहरू तपाईंका लागि त्यति अनुकूल हुने छैनन्।

3. कुकी र रुचिमा आधारित विज्ञापनहरू व्यवस्थापन गर्ने विकल्पहरू

वेब ब्राउजरसम्बन्धी सेटिङ

तपाईं कुकीहरू स्वीकार गर्न, अस्वीकार गर्न र मेटाउन वेब ब्राउजरसम्बन्धी सेटिङ प्रयोग गर्न सक्नुहुन्छ। यसो गर्न तपाईंको ब्राउजरले उपलब्ध गराएका निर्देशनहरूको पालना गर्नुहोस् (यी निर्देशनहरू सामान्यतया "मद्दत", "संयन्त्र" वा "सम्पादन" सेटिङ मा उपलब्ध हुन्छन्)।

तपाईंले आफ्नो ब्राउजरको सेटिङ मिलाएर कुकीहरू अस्वीकार गर्ने बनाउनुभयो भने तपाईं Spotify वेबसाइटका सबै सुविधाहरू प्रयोग गर्न नपाउन सक्नुहुन्छ। थप जानकारी प्राप्त गर्न तपाईं www.allaboutcookies.org हेर्न सक्नुहुन्छ।

मोबाइल आइडेन्टिफायरहरू

आफ्नो मोबाइल डिभाइसमा तपाईंको अपरेटिङ सिस्टमले तपाईंलाई रुचिमा आधारित विज्ञापन सुविधाबाट बहिरिने वा आफ्ना मोबाइल आइडेन्टिफायरहरू रिसेट गर्ने अतिरिक्त विकल्पहरू उपलब्ध गराउन सक्छ। उदाहरणका लागि, तपाईं "एपहरूलाई ट्र्याक गर्ने अनुमति दिनुहोस्" सेटिङ (iOS डिभाइसहरूमा) वा "रुचिमा आधारित विज्ञापन हेर्ने सुविधा सुविधाबाट बाहिरिने" सेटिङ (Android डिभाइसहरूमा) प्रयोग गर्न सक्नुहन्छ। यी सेटिङले तपाईंका रुचिमा आधारित विज्ञापनहरू देखाउने प्रयोजनका लागि तपाईंले गर्ने एपहरूको प्रयोगसम्बन्धी जानकारीको प्रयोग सीमित गर्ने अनुमति दिन्छन्।

रुचिमा आधारित विज्ञापन

तपाईं आफ्नो Spotify खाताको गोपनीयतासम्बन्धी सेटिङको पेजमा रहेको "अनुकूल पारिएका विज्ञापनहरू" टगल अफ गरी रुचिमा आधारित विज्ञापनहरू देखाउने सुविधाबाट बाहिरिन सक्नुहुन्छ। तपाईं आफ्नो Spotify खाताको गोपनीयतासम्बन्धी सेटिङको पेजमा रहेको "अनुकूल पारिएका विज्ञापनहरू" टगल प्रयोग गरी रुचिमा आधारित विज्ञापनहरू देखाउने सुविधाबाट बाहिरिनुभयो भने Spotify ले तपाईंलाई रुचिमा आधारित विज्ञापनहरू देखाउन तपाईंको जानकारी तेस्रो पक्षसँग सेयर गर्ने छैन। तपाईंले हाल Spotify चलाउँदाको जानकारीका आधारमा विज्ञापनहरू देखिरहन सक्नुहुन्छ तर ती विज्ञापनहरू पहिले जस्तो सान्दर्भिक हुने छैनन् भन्ने कुरा ख्याल गर्नुहोस्।

हामी वा हाम्रो तर्फबाट काम गर्ने सेवा प्रदायकले तपाईंलाई देखाउने अनुकूल पारिएका निश्चित विज्ञापनहरूमा "विज्ञापनका रोजाइहरू" आइकन वा रुचिमा आधारित विज्ञापनहरू देखाउने सुविधाबाट बाहिरिने अर्को संयन्त्र समावेश हुन्छ। तपाईं AdChoices आइकनमा क्लिक गर्न निम्न कार्य गर्न वा www.aboutads.info मा जान सक्नुहुन्छ:

  • रुचिमा आधारित विज्ञापन देखाउनका निम्ति तपाईंको अनलाइन गतिविधिमा आधारित जानकारीको सङ्कलन र प्रयोगका बारेमा थप जान्नुहोस्; वा
  • डिजिटल विज्ञापन गठबन्धन (DAA) सहभागी कम्पनीहरूले रुचिमा आधारित विज्ञापन देखाउनका निम्ति तपाईंको जानकारी प्रयोग गर्ने सुविधाबाट बाहिरिनुहोस्।

4. यो नीतिमा गर्न लागिएका संशोधनहरू

हामी बेलाबेलामा यो नीतिमा परिवर्तन गर्न सक्छौँ।

हामीले यस नीतिमा भौतिक परिवर्तनहरू गर्दा, हामी तपाईंलाई परिस्थितिहरूमा उपयुक्त हुने प्रमुख सूचना प्रदान गर्ने छौँ। उदाहरणका लागि, हामी Spotify सेवाअन्तर्गत प्रमुख सूचना देखाउन वा तपाईलाई इमेल वा डिभाइस सूचना पठाउन सक्छौँ।

5. हामीलाई सम्पर्क गर्ने तरिका

यो नीति पढ्नुभएकोमा धन्यवाद। तपाईंसँग कुकीसम्बन्धी नीतिका बारेमा कुनै पनि प्रश्न छ भने कृपया गोपनीयता केन्द्र को विवरणहरूमा रहेको ग्राहक सेवा विभागको सम्पर्क जानकारी प्रयोग गरी वा निम्न ठेगानामा हामीलाई इमेल लेखेर हामीलाई सम्पर्क गर्नुहोस्:

Spotify AB

Regeringsgatan 19, SE-111 53 Stockholm

Sweden

SE556703748501

© Spotify AB