सर्वसुलभता केन्द्र

सबैलाई सिर्जनशीलता, सर्वसुलभता र प्रेरणा उपलब्ध गराइँदै।

प्रतिबद्धताको विवरण

Spotify ले मानव सिर्जनशीलतालाई महत्त्व दिन्छ र यो आफ्नो प्लेटफर्म सबै मान्छेहरूले प्रयोग गर्न मिल्ने बनाउन सदैव तत्पर रहन्छ। हामी विज्ञहरूबाट सिकेर र सर्वसुलभतामा व्यक्तिगत अनुभव भएका मानिसहरूलाई रोजगारी दिएर मान्छेहरूले हरेक पटक हाम्रा उत्पादनहरू प्रयोग गर्दा हाम्रा उत्पादनहरू समावेशी होऊन् भन्नाका निम्ति भरपूर प्रयास गर्छौँ। हामी सबै जनालाई सँगै मिलेर सिर्जना गर्न, नयाँ नयाँ कुरा खोज्न र प्रेरणा प्राप्त गर्नका निम्ति सशक्त बनाउन चाहन्छौँ।

हाम्रो प्लेटफर्म र हाम्रो कार्यस्थल सबैका लागि हो। तपाईं जहाँको भए पनि, तपाईं जस्तो देखिनु भए पनि वा तपाईंको हेडफोनमा जुन कुरा बजिरहेको भए पनि फरक पर्दैन, तपाईंलाई स्वागत छ।

हामी हाम्रो कार्यस्थल, प्लेटफर्म र प्रयोगकर्ताहरूका सर्वसुलभता लक्ष्यहरू पूरा गर्न यसरी प्रतिबद्धता जनाउँदै छौँ:

हाम्रा कर्मचारीहरू: हामीले Spotify का हलहरूमा जति धेरै दृष्टिकोणलाई प्रतिनिधित्व र विस्तार गर्दै आएका छौँ हामी सबैका त्यति नै योगदान गर्ने छौँ, फस्टाउने छौँ र उत्कृष्ट हुने छौँ। हामी हामीले विश्वभरका हाम्रा मान्छेहरूका लागि गर्ने सबै कुरामा सर्वसुलभता अन्तर्निहित गर्न प्रतिबद्ध छौँ। हामी हाम्रो विश्वव्यापी मानसिक स्वास्थ्य पहल Heart & Soul को विकास गर्न जारी राख्ने छौँ र हाम्रा विश्वव्यापी कार्यालयँहरू पूर्ण रूपमा सर्वसुलभ बनाउन प्रतिबद्ध छौँ।

श्रोताहरू: Spotify विश्वभरका लाखौँ मानिसहरूको जीवनको हिस्सा हो र हाम्रो प्लेटफर्म सबैका लागि सर्वसुलभ छ भन्ने कुरा सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो।

कलाकार र क्रिएटरहरू: हाम्रो प्लेटफर्म शक्तिशाली छ र हामी यसको प्रयोग विश्वभरका समुदायहरूको आवाज, कथा र संस्कृतिलाई प्रवर्द्धन गर्न यसको प्रयोग गर्दै छौँ। हामी अपाङ्गता भएका कलाकार र क्रिएटरहरूका लागि हाम्रो सहायता विकास गरिरहने र उहाँहरूको प्रतिभा सेयर गर्न हाम्रो प्लेटफर्म प्रयोग गर्ने कार्य जारी राख्ने छौँ।

यी विचारहरू साकार पार्ने सबैभन्दा राम्रो तरिका भनेको हामीले पालना गर्ने र जवाफदेही हुने एउटा खास र मापनयोग्य योजना प्रस्तुत गर्नु हो।