Spotify को गोपनीयता नीति
12 जुन 2026 देखि लागू हुन्छ
2 तपाईंको व्यक्तिगत डेटासम्बन्धी अधिकार र नियन्त्रण
3 हामीले तपाईंका बारेमा सङ्कलन गर्ने व्यक्तिगत डेटा
4 हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नुको उद्देश्य
5. तपाईंको व्यक्तिगत डेटा सेयर गर्ने
6. जानकारी भण्डारण गरेर राख्ने कार्य
7. अन्य देशहरूमा ट्रान्स्फर गर्न
8. तपाईंको व्यक्तिगत डेटा सुरक्षित राख्न
11. यो नीतिमा गरिएका परिवर्तनहरू
12. हामीलाई सम्पर्क गर्ने तरिका
1. यो नीतिका बारेमा
यो गोपनीयता नीतिले हामी Spotify AB मा तपाईंको व्यक्तिगत डेटा कसरी प्रयोग गर्छौँ भन्ने कुरा वर्णन गर्दछ। हामी अबदेखि यसलाई "नीति" भन्ने छौँ।
तपाईंले निम्न कुराहरू प्रयोग गर्दा यो नीति लागू हुन्छ:
- प्रयोगकर्ताका रूपमा सबै Spotify का सबै स्ट्रिमिङ सेवाहरू। उदाहरणका लागि यसमा निम्न कुरा समावेश हुन्छन्:
- तपाईंले जुनसुकै डिभाइसमा Spotify चलाउँदा
- तपाईंले प्रयोगकर्ताका रूपमा पाउने सुविधाको पर्सनलाइजेसन
- हाम्रा सेवाहरू उपलब्ध गराउन आवश्यक पर्ने पूर्वाधार
- अर्को एपसँग तपाईंको Spotify खाताको कनेक्सन
- हाम्रा स्ट्रिमिङका निःशुल्क वा सशुल्क विकल्पहरू (‘सेवासम्बन्धी हरेक विकल्प’)
- यो नीतिको पेजमा लैजाने लिंक समावेश गर्ने Spotify का अन्य सेवाहरू। ती सेवाहरूमा Spotify का वेबसाइट, ग्राहक सेवा, समुदायको साइट समावेश हुन्छन्।
हामी अबदेखि यी सेवाहरूलाई समग्रमा "Spotify सेवा" भन्ने छौँ।
हामी समय-समयमा नयाँ सेवाहरू विकास गर्न वा अतिरिक्त सेवाहरू उपलब्ध गराउन सक्छौँ। अन्यत्र अर्कै कुरा उल्लेख गरिएको अवस्थामा बाहेक ती सेवाहरूमा पनि यो नीति लागू हुन्छ।
यो नीति ...
- Spotify को प्रयोगका सर्तहरू मा सामेल हुन्छ, जुन छुट्टै कागजात हो। प्रयोगका सर्तहरूले तपाईं र Spotify बीच Spotify सेवा प्रयोग गर्नेसम्बन्धी कानुनी सम्झौताको रूपरेखा दिन्छ। यसले Spotify का नियम र तपाईंको सम्झौताअन्तर्गत तपाईंका अधिकारहरूको पनि वर्णन गर्छ।
- आफ्नै गोपनीयता नीति जस्तै Megaphone भएका Spotify का अन्य सेवाहरूको तपाईंको प्रयोगका बारेमा।
अन्य स्रोत र सेटिङहरू
तपाईंको व्यक्तिगत डेटासम्बन्धी मुख्य जानकारी यो नीतिमै उल्लेख गरिएको हुन्छ। यद्यपि, तपाईं तल गई हाम्रा अन्य गोपनीयता स्रोत र सेटिङहरू हेर्न सक्नुहुन्छ:
- सुरक्षा र गोपनीयता केन्द्र: मुख्य विषयहरूका सारांशसहितको प्रयोगकर्ता मैत्री हब
- खाताको गोपनीयता: निश्चित व्यक्तिगत जानकारीको प्रशोधन नियन्त्रण गर्नुहोस्।
- सूचनासम्बन्धी सेटिङ: तपाईं Spotify बाट मार्केटिङसम्बन्धी के-कस्ता सूचनाहरू प्राप्त गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ।
- सेटिङ (Spotify को डेस्कटप र मोबाइल संस्करणमा पाइन्छ): "सामाजिक" वा "अश्लील सामग्री" जस्ता Spotify सेवाका निश्चित पक्षहरू नियन्त्रण गर्छ। तपाईं "सामाजिक" सेटिङमा तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:
- कुनै निजी सत्र सुरु गर्न
- आफूले Spotify मा सुन्ने सामग्री आफ्ना फलोअरहरूसँग सेयर गर्ने कि नगर्ने भन्ने कुरा छनौट गर्न
- तपाईंले हालसालै जुन कलाकारका सङ्गीत सुन्नुभएको छ ती कलाकारको नाम आफ्नो सार्वजनिक प्रोफाइलमा देखाउने कि नदेखाउने भन्ने कुरा छनौट गर्न
- अन्य प्रयोगकर्ताहरूसँग म्यासेज आदानप्रदान गर्ने सुविधा अफ गर्नुहोस् (तपाईंको बजारमा म्यासेज आदानप्रदान गर्ने सुविधा उपलब्ध छ भने)
तपाईं "अश्लील सामग्री" सम्बन्धी सेटिङमा गई अश्लील भनी मूल्याङ्कन गरिएका सामग्री आफ्नो Spotify खातामा प्ले गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा नियन्त्रण गर्न सक्नुहुन्छ।
- कुकीसम्बन्धी नीति: हामी कुकीहरू कसरी प्रयोग गर्छौँ र तपाईंका कुकीसम्बन्धी प्राथमिकता कसरी व्यवस्थापन गर्नेबारेमा जानकारी। कुकीहरू भनेका तपाईं कुनै वेबसाइटमा जाँदा तपाईंको फोन, ट्याब्लेट वा कम्प्युटरमा सेभ गरिने फाइल हुन्।
2 तपाईंको व्यक्तिगत डेटासम्बन्धी अधिकार र नियन्त्रण
गोपनीयतासम्बन्धी थुप्रै कानुनहरूले व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत जानकारी नियन्त्रण गर्ने अधिकार दिन्छन्। यी कानुनहरूमा जानकारी संरक्षणसम्बन्धी सामान्य विनियम वा "GDPR" समावेश हुन्छन्।
Spotify ले तपाईंको डेटा प्रयोग गर्न निश्चित "कानुनी आधारहरू" प्रयोग गर्दा मात्र केही अधिकारहरू लागू हुन्छन्। हामी हरेक कानुनी आधारहरूको वर्णन गर्छौँ र Spotify ले खण्ड ४ "तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नुको उद्देश्य" अनुसार हरेक आधारहरू प्रयोग गर्छ।
तलको तालिकामा निम्न कुरा वर्णन गरिएको छ:
- तपाईंका अधिकारहरू
- ती अधिकारहरू लागू हुने परिस्थितिहरू (जस्तै, आवश्यक पर्ने कानुनी आधारहरू)
- ती अधिकारहरू प्रयोग गर्ने तरिका
|
निम्न कुरा गर्ने तपाईंको अधिकार हो... |
कसरी गर्ने? |
|
|---|---|---|
|
सूचित रहनुहोस् |
हामीले प्रयोग गर्ने तपाईंको व्यक्तिगत डेटा र उक्त जानकारी प्रयोग गर्ने तरिकाका बारेमा सूचित रहनुहोस्। |
हामी तपाईंलाई निम्न माध्यमबाट जानकारी दिन्छौँ:
|
|
प्रयोग गर्ने वा हेर्ने अनुमति |
हामीले प्रयोग गर्ने तपाईंको व्यक्तिगत डेटा हेर्ने वा प्रयोग गर्ने अनुमति माग्नुहोस्। |
Spotify मा रहेको तपाईंको व्यक्तिगत जानकारीको कपी माग्न निम्नमध्ये कुनै कार्य गर्नुहोस्:
तपाईंले आफ्नो जानकारी डाउनलोड गर्दा तपाईं आफ्नो जानकारीको बारेमा जानकारी प्राप्त गर्नु हुने छ, Spotify ले उक्त जानकारी GDPR को धारा 15 अन्तर्गत प्रदान गर्नु पर्ने हुन्छ। तपाईं हामी तपाईंको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छौं भन्ने कुराका बारेमा थप विवरण चाहनुहुन्छ भने तपाईं हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । |
|
सुधार |
तपाईंको व्यक्तिगत डेटा गलत वा अपूर्ण भएको अवस्थामा उक्त जानकारी संशोधन वा फेरबदल गरिदिन अनुरोध गर्नुहोस्। |
तपाईं आफ्नो खातामा रहेको "प्रोफाइल सम्पादन गर्नुहोस्" अन्तर्गत वा हामीलाई सम्पर्क गरेरआफ्नो जानकारी सम्पादन गर्न सक्नुहुन्छ। |
|
मेटाउने काम |
आफ्नो निश्चित व्यक्तिगत डेटा मेटाइदिन हामीलाई अनुरोध गर्नुहोस्। उदाहरणका लागि तपाईं हामीलाई तपाईंको निम्न खालको व्यक्तिगत डेटा मेटाउन लगाउन सक्नुहुन्छ:
Spotify ले निम्नलगायतका अवस्थाहरू तपाईंको जानकारी मेटाउन सक्दैन:
|
तपाईंले Spotify बाट व्यक्तिगत डेटा मेटाउन सक्ने थुप्रै तरिकाहरू छन्:
|
|
बन्देज |
आफ्ना सबै वा केही व्यक्तिगत डेटा प्रयोग गर्न छाडिदिन हामीलाई अनुरोध गर्नुहोस्। तपाईं निम्न अवस्थामा यसो गर्न सक्नुहुन्छ:
तपाईं हामीलाई हामीले जानकारी प्रयोग गर्ने कार्य केही समयका लागि वा सदाका लागि रोकिदिन अनुरोध गर्न सक्नुहुन्छ। |
तपाईं हामीलाई सम्पर्क गरेर बन्देज लगाउन पाउने आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ। |
|
आपत्ति जनाउनुहोस् |
हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्ने सम्बन्धमा आपत्ति जनाउनुहोस्। तपाईं निम्न अवस्थामा यसो गर्न सक्नुहुन्छ:
|
आपत्ति जनाउने आफ्नो अधिकार प्रयोग गर्न तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:
|
|
डेटा पोर्टेबिलिटी |
आफ्नो व्यक्तिगत डेटाको कपी इलेक्ट्रोनिक फर्म्याटमा उपलब्ध गराइदिने अधिकार र उक्त व्यक्तिगत डेटा अर्को पक्षको प्रयोगका लागि पठाउने अधिकार अनुरोध गर्नुहोस् तपाईं हामीले सहमति वा सम्झौताको कार्यसम्पादनको कानुनी आधारमा तपाईंको जानकारी प्रयोग गरिरहेका बेला हामीलाई आफ्नो जानकारी पठाइदिन अनुरोध गर्न सक्नुहुन्छ। यद्यपि, Spotify ले सम्भव भएसम्म सबै अनुरोध पूरा गर्ने प्रयास गर्ने छ। |
पोर्टेबिलिटीको अधिकार कसरी प्रयोग गर्ने भन्ने कुराका बारेमा जानकारीका लागि, माथिको "प्रयोग गर्ने अनुमति" हेर्नुहोस्। |
|
स्वचालित निर्णय लिने अधिकार लागू नहुने |
प्रोफाइलिङलगायतका (यसमा निर्णयले कानुनी प्रभाव पार्छ वा समान रूपमा महत्त्वपूर्ण प्रभाव प्रदान गर्दछ) स्वचालित निर्णय लिने प्रणालीमा मात्र आधारित निर्णयको उल्लङ्घन गर्ने (मानवको संलग्नताविनाका निर्णयहरू) |
Spotify ले Spotify को सेवामा यस्तो प्रकारको स्वचालित निर्णय गर्ने काम गर्दैन। |
|
सहमति फिर्ता लिने |
हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्ने सम्बन्धमा तपाईंले जनाउनुभएको सहमति फिर्ता लिने। Spotify ले सहमतिको कानुनी आधारमा तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्दै छ भने तपाईं यसो गर्न सक्नुहुन्छ। |
आफ्नो सहमति फिर्ता लिन तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:
|
|
उजुरी गर्ने |
कुनै प्रश्न वा समस्या भएमा गोपनीयता सुरक्षाका लागि स्विडेनी प्राधिकरण वा तपाईंको स्थानीय डेटा सुरक्षा प्राधिकरणलाई सम्पर्क गर्नुहोस्। |
तपाईं यहाँ गई स्विडिस प्राधिकरणका विवरणहरू भेट्टाउन सक्नुहुन्छ । तपाईं स्थानीय जानकारी संरक्षण प्राधिकरणको वेबसाइटमा जान पनि सक्नुहुन्छ। |
अनुकूल पारिएका विज्ञापनसम्बन्धी सेटिङ
दर्शकको रुचि अनुकूल विज्ञापन देखाउने सुविधा भनेको के हो?
- हामीले विज्ञापनहरू अझ सान्दर्भिक बनाउन पर्सनलाइज गर्नका लागि तपाईंका बारेमा जानकारी प्रयोग गर्दा यस्तो हुन्छ। यसलाई दर्शकको रुचिमा आधारित विज्ञापन देखाउने सुविधा पनि भनिन्छ।
- विज्ञापन साझेदारले हामीलाई तपाईंलाई पाककलालाई रमाइलो लाग्न सक्ने सुझाव दिने तपाईंलाई रुचि हुन सक्ने विषयहरूका बारेमा जानकारी प्रदान गर्नु लक्षित विज्ञापनको उदाहरण हो। यसले हामीलाई तपाईंलाई ब्लेन्डरका बारेमा विज्ञापनहरू देखाउन मद्दत गर्न सक्छ।
दर्शकको रुचि अनुकूल विज्ञापनिक सुविधा नियन्त्रण गर्ने तरिका:
- तपाईं 'अनुकूल पारिएका विज्ञापनहरू' सेटिङमार्फत लक्षित विज्ञापन नियन्त्रण गर्न सक्नुहुन्छ।
- तपाईंले भागको सोसम्बन्धी विवरणमा रहेको लिंक प्रयोग गरेर केही पोडकास्टहरूका हकमा दर्शकको रुचि अनुकूल विज्ञापनिक सुविधा नियन्त्रण गर्न पनि सक्नुहुन्छ। सामग्री प्रदायकले सामग्रीको पैसा तिर्न पोडकास्टमा विज्ञापन हाल्दा विज्ञापनमा यो नियम लागू हुन्छ। Spotify नहुन सक्ने होस्टिङ प्रदायकले पोडकास्टसम्बन्धी यी सेटिङ मिलाउँछ।
तपाईं लक्षित विज्ञापनबाट 'अप्ट आउट' हुनुभयो भने तपाईंले हाम्रो निःशुल्क सेवा विकल्पका साथै लागू हुने हाम्रो सशुल्क सेवा विकल्प (उदाहरणका लागि, पोडकास्टहरूमा विज्ञापन गर्ने सुविधा) मा कम सान्दर्भिक विज्ञापनहरू प्राप्त गर्नु हुने छ। यस प्रकारको विज्ञापन तपाईंको दर्ता जानकारी र तपाईंले हाल हाम्रा सेवाहरूमा सुन्दै गरेका Spotify को वास्तविक समय प्रयोगको बारेमा जानकारीमा आधारित हुन्छ। उदाहरणका लागि तपाईं पाककलासम्बन्धी पोडकास्ट सुन्दै हुनुहुन्छ भने तपाईं कुनै खाना प्रोसेसरसम्बन्धी विज्ञापन सुन्न सक्नुहुन्छ।
3 हामीले तपाईंका बारेमा सङ्कलन गर्ने व्यक्तिगत डेटा
यी तालिकाहरूले हामीले तपाईंबाट सङ्कलन र प्रयोग गर्ने व्यक्तिगत जानकारीका कोटीहरू निर्धारण गर्दछन्।
|
तपाईंले Spotify सेवामा साइन अप गर्दा वा तपाईंले आफ्नो खाता अपडेट गर्दा सङ्कलन गरिएको |
|
|---|---|
|
कोटी |
विवरण |
|
प्रयोगकर्तासम्बन्धी जानकारी |
हामीलाई तपाईंको Spotify खाता बनाउन चाहिने र तपाईंलाई Spotify प्रयोग गर्न दिने व्यक्तिगत डेटा। सङ्कलन र प्रयोग गरिने डेटाको यो प्रकार तपाईंसँग भएको सेवाको विकल्पको प्रकारमा निर्भर गर्दछ। यो कुरा तपाईं आफ्नो खाता कसरी बनाउनुहुन्छ, तपाईं कुन देशमा हुनुहुन्छ र तपाईं साइन इन गर्नका निम्ति तेस्रो पक्ष सेवाहरू प्रयोग गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरामा पनि निर्भर गर्दछ। यसमा तपाईंका निम्न कुरा समावेश हुन सक्छन्:
हामी यो जानकारी तपाईंबाट प्राप्त गर्छौं जस्तै, साइन अप फारम वा खाताको पेजबाट। हामी यीमध्ये केही जानकारी तपाईंको डिभाइसबाट पनि सङ्कलन गर्छौं जस्तै,देश वा क्षेत्र।हामीले यो जानकारी कसरी सङ्कलन र प्रयोग गर्छौं भन्ने कुराका बारेमा थप जानकारी चाहिएमा प्रयोग गरिने जानकारीको कोटीअन्तर्गत रहेको ‘तपाईंको सामान्य (सटीक नभएको) लोकेसन’ हेर्नुहोस्। |
|
सडक ठेगानासम्बन्धी जानकारी |
हामी निम्न कारणहरूका लागि तपाईंको सडक ठेगाना माग्न र प्रयोग गर्न सक्छौं:
केही अवस्थाहरूमा हामी Google नक्सा जस्ता तेस्रो पक्षीय एप प्रयोग गरी तपाईंलाई आफ्नो ठेगाना पुष्टि गर्न सक्छौँ। |
|
तपाईंले गर्ने Spotify सेवाको प्रयोगमार्फत सङ्कलन गरिएको |
|
|---|---|
|
वर्गहरू |
विवरण |
|
प्रयोगसम्बन्धी जानकारी |
तपाईंले Spotify सेवा चलाउँदा वा प्रयोग गर्दा तपाईंका बारेमा सङ्कलन र प्रयोग गरिएको व्यक्तिगत डेटा। यसमा निम्नलगायतका जानकारी समावेश छन्: तपाईं Spotify कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुराका बारेमा जानकारी उदाहरणका लागि:
तपाईंको प्राविधिक जानकारी उदाहरणमा निम्न कुरा पर्छ:
तपाईंको सामान्य (सटीक होइन) लोकेसन तपाईंको सामान्य लोकेसनमा देश, क्षेत्र वा प्रदेश समावेश हुन्छ। हामी प्राविधिक जानकारीबाट यो कुरा सिक्न सक्छौँ (जस्तै, तपाईंको IP ठेगाना, तपाईंको डिभाइसको भाषा सेटिङ) वा भुक्तानी मुद्रा। हामीलाई निम्न प्रयोजनका लागि यसको आवश्यक्ता पर्छ:
तपाईंको डिभाइसको सेन्सर डेटा यो जानकारी चाहिने Spotify सेवाका सुविधाहरू प्रदान गर्नु परेमा मोसन जनरेटेड वा ओरियन्टेसन जनरेटेड मोबाइल सेन्सर जानकारी। यो तपाईं चल्ने तरिका वा तपाईंले आफ्नो डिभाइस समात्ने तरिकाका बारेमा तपाईंको डिभाइसले सङ्कलन गरेको जानकारी हो। |
|
तपाईंले हामीलाई दिन सक्ने अतिरिक्त डेटा |
|
|---|---|
|
वर्गहरू |
विवरण |
|
भ्वाइस डेटा |
तपाईंको बजारमा भ्वाइस सुविधाहरू उपलब्ध छन् र तपाईंले भ्वाइस सुविधा प्रयोग गर्ने विकल्प रोज्नुभएको छ भने हामी भ्वाइस डेटा सङ्कलन र प्रोसेस गर्छौँ। भ्वाइस डेटा भनेको तपाईंको आवाजका अडियो रेकर्डिङहरू हुन्। |
|
म्यासेजसम्बन्धी जानकारी |
तपाईंको बजारमा म्यासेज आदानप्रदान गर्ने सुविधा उपलब्ध छ र तपाईंले म्यासेजसम्बन्धी जानकारी प्रयोग गर्ने विकल्प रोज्नुभएका खण्डमा हामी म्यासेजसम्बन्धी जानकारी सङ्कलन र प्रोसेस गर्छौँ। म्यासेजसम्बन्धी जानकारी भनेको तपाईंले अर्का प्रयोगकर्तालाई सीधै पठाउने टेक्स्ट वा अन्य सामग्री हो। |
|
उमेरको जाँचसम्बन्धी जानकारी |
तपाईं (i) उमेर जाँच लाग्ने सुविधा प्रयोग गर्न छनौट भएमा वा (२) व्यवस्थित खाता ("उमेरको जाँच") का लागि संरक्षकको सहमति प्रदान गर्ने अभिभावक वा कानुनी संरक्षक हुनुहुन्छ भने तपाईंले प्रदान गर्ने डेटा हो उमेर जाँचसम्बन्धी डेटा। हामीले प्रयोग गर्ने तेस्रो पक्ष प्रदायकद्वारा सञ्चालित उमेर जाँच विधिका उदाहरणहरू यस प्रकार छन्:
उमेर जाँचसम्बन्धी सबै जानकारी उमेर जाँचपछि तुरुन्तै मेटाइन्छ। |
|
भुक्तानी र खरिदसम्बन्धी डेटा |
तपाईंले Spotify बाट कुनै कुरा खरिद गर्नुभयो वा सशुल्क सेवाको विकल्प वा ट्रायलका लागि साइन अप गर्नुभयो भने हामीले तपाईंको भुक्तानीसम्बन्धी जानकारी प्रयोग गर्नु पर्ने हुन्छ। सङ्कलन र प्रयोग गरिने सटीक व्यक्तिगत डेटा भुक्तानी विधिअनुसार फरक-फरक हुन्छ। यसमा निम्नलगायतका जानकारी समावेश हुन्छ:
|
|
लोकेसनको सटीक डेटा |
Spotify ले तपाईंको अनुमति लिएर तपाईंको सटीक लोकेसन डेटा मात्र प्रयोग गर्ने छ। तपाईं इन-एप पपअप र आफ्नो यन्त्रका सेटिङमा गई यो एक्सेस दिन सक्नुहुन्छ। यो जानकारीले Spotify लाई नजिकैका कन्सर्ट र कार्यक्रमहरूका बारेमा अझ राम्रा सिफारिसहरू जस्ता थुप्रै सुविधाहरू अफर गर्न दिन्छ। |
|
सर्वेक्षण र अनुसन्धानसम्बन्धी डेटा |
तपाईंले कुनै सर्वेक्षणमा प्रतिक्रिया दिँदा वा प्रयोगकर्ता अनुसन्धानमा भाग लिँदा, हामी तपाईंले उपलब्ध गराउने व्यक्तिगत डेटा सङ्कलन र प्रयोग गर्दछौँ। |
|
ग्राहक सेवासम्बन्धी डेटा |
हाम्रो ग्राहक सेवामा भएका तपाईंका सम्पर्कहरूका बारेमा जानकारी, जस्तै च्याट वार्तालाप र इमेल पत्राचार। |
हामी माथि उल्लेख गरिएका केही जानकारी तेस्रो पक्षबाट प्राप्त गर्छौँ। तलको तलिकाले ती तेस्रो पक्षका कोटीहरूका बारेमा वर्णन गर्छ।
|
हामीले तपाईंको जानकारी प्राप्त गर्ने तेस्रो पक्ष स्रोतहरू |
||
|---|---|---|
|
तेस्रो पक्षहरूका कोटीहरू |
विवरण |
जानकारीका कोटीहरू |
|
प्रमाणीकरणसम्बन्धी साझेदारहरू |
तपाईंले अर्को सेवा प्रयोग गरी Spotify को सेवामा दर्ता गर्नुभयो वा लग इन गर्नुभयो भने उक्त सेवाले हामीलाई तपाईंको जानकारी पठाउने छ। यो जानकारीका सहायताले हाम्रो सेवामा तपाईंको खाता बनाइन्छ। |
प्रयोगकर्तासम्बन्धी जानकारी |
|
तपाईंले आफ्नो Spotify खातामा कनेक्ट गर्ने तेस्रो पक्ष एप, सेवा र डिभाइसहरू |
तपाईंले आफ्नो Spotify खाता कुनै तेस्रो पक्ष एप, सेवा वा डिभाइसमा कनेक्ट गर्नुभएका खण्डमा हामी ती एप, सेवा वा डिभाइसबाट जानकारी सङ्कलन वा प्रयोग गर्न सक्छौँ। समायोजन गर्ने कार्य सम्भव बनाउन ती जानकारी सङ्कलन गरिन्छ। यी तेस्रो पक्ष एप, सेवा वा डिभाइसमा निम्न कुरा समावेश हुन सक्छन्:
हामीले निश्चित तेस्रो पक्षहरूबाट तपाईंको जानकारी सङ्कलन गर्नुअघि हामी तपाईंको अनुमति माग्ने छौँ। |
प्रयोगकर्तासम्बन्धी जानकारी प्रयोगसम्बन्धी जानकारी |
|
प्राविधिक सेवाका साझेदारहरू |
हामी हामीलाई निश्चित जानकारी उपलब्ध गराउने प्राविधिक सेवा साझेदारहरूसँग मिलेर काम गर्छौं। यसमा IP ठेगाना सटीक नहेकाका लोकेसनसम्बन्धी जानकारी (जस्तै, देश वा क्षेत्र, सहर, प्रदेश) सँग मिलाउने कुरा समावेश हुन्छ। यसले Spotify लाई Spotify को सेवा, सामग्री र सुविधाहरू प्रदान गर्न सम्भव बनाउँछ। हामी हामीलाई प्रयोगकर्ता खाताहरू सुरक्षित राख्न मद्दत गर्ने प्राविधिक सेवा साझेदारहरूसँग पनि काम गर्छौँ। |
प्रयोगकर्तासम्बन्धी जानकारी प्रयोगसम्बन्धी जानकारी |
|
भुक्तानी साझेदार र व्यापारीहरू |
तपाईंले तेस्रो पक्षमार्फत वा इन्भ्वाइसका माध्यमबाट भुक्तानी गर्न चाहेका खण्डमा हामी हाम्रा भुक्तानी साझेदारहरूबाट जानकारी प्राप्त गर्न सक्छौँ। यसले हामीलाई निम्न कार्य गर्ने अनुमति दिन्छ:
हामीले तपाईंलाई व्यापारीको साइटमा लगेका खण्डमा हामी तपाईंको खरिदसँग सम्बन्धित व्यापारीबाट जानकारी प्राप्त गर्छौँ। उदाहरणका लागि, हामी तपाईंलाई तेस्रो पक्षको प्लेटफर्ममा कलाकारको व्यापारिक सामानको स्टोर वा तेस्रो पक्षको टिकट प्रदान गर्ने वेबसाइटमा लैजान सक्छौँ। हामीले यो जानकारी प्राप्त गर्यौँ भने हामी निम्न कार्य गर्न सक्छौँ:
|
भुक्तानी र खरिदसम्बन्धी डेटा |
|
विज्ञापनिक र मार्केटिङ साझेदारहरू |
हामी ह्यास गरिएको सम्पर्क जानकारी जस्ता डिभाइस पहिचानकर्तालगायत निश्चित विज्ञापन वा मार्केटिङ साझेदारहरूबाट तपाईंसम्बन्धी जानकारी प्राप्त गर्छौँ। उनीहरूले हामीलाई सन्दर्भहरू पनि प्रदान गर्छन्, यी सन्दर्भहरू साझेदारहरूको तपाईंका रुचि र प्राथमिकताहरूको बुझाइ हुन्। यसले हामीलाई थप सान्दर्भिक विज्ञापन र मार्केटिङ प्रदान गर्न र तिनको कार्यसम्पादन मापन गर्न दिन्छ। |
प्रयोगसम्बन्धी जानकारी |
|
अधीनमा रहेका कम्पनीहरू |
हामी हाम्रो अधिनमा रहेका कम्पनीहरूबाट तपाईंसम्बन्धी जानकारी प्राप्त गर्न सक्छौँ। यो हाम्रा सेवा, उत्पादन र अफरहरू परिष्कृत गर्नका निम्ति हो। |
प्रयोगकर्तासम्बन्धी जानकारी प्रयोगसम्बन्धी जानकारी |
तपाईंले Spotify मोबाइल एप डाउनलोड गर्नुभयो र लग आउट गरिएको प्रयोगकर्ता अनुभव प्रयोग गरेर Spotify चलाई हेर्नुभयो भने हामी प्रयोगसम्बन्धी डेटासहित तपाईंले गर्ने Spotify को सेवाको प्रयोगका बारेमा सीमित जानकारी सङ्कलन गर्ने छौँ। हामी तपाईं यो सेवा कसरी प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न यसो गर्छौँ। हामी तपाईंलाई सही सेवा प्रदान गर्ने प्रयोजनका लागि यसो गर्छौँ, जस्तै, तपाईंको देश वा क्षेत्रका आधारमा। तपाईंले हाम्रो सेवाको पूर्ण अनुभव लिनका लागि Spotify खाता बनाउने निर्णय गर्नुभयो भने हामी यो डेटा तपाईंको Spotify खाताको डेटासँग संयोजन गर्ने छौँ।
4 हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नुको उद्देश्य
तलको तालिकामा निम्न कुरा निर्धारण गरिएको छ:
- हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नुको उद्देश्य
- डेटा संरक्षण कानुनअन्तर्गत हरेक उद्देश्यका लागि हाम्रो कानुनी औचित्यलाई (हरेकलाई " कानुनी आधार " भनिन्छ)
- हामीले प्रत्येक उद्देश्यका लागि प्रयोग गर्ने व्यक्तिगत डेटाका कोटीहरू। खण्ड ३ 'हामीले तपाईंका बारेमा सङ्कलन गर्ने व्यक्तिगत जानकारी'मागई यी कोटीहरूका बारेमा थप कुरा हेर्नुहोस्
तपाईंलाई उक्त तालिका बुझ्न मद्दत गर्ने हरेक "कानुनी आधार" को सामान्य स्पष्टीकरण यहाँ दिइएको छ:
- सम्झौताको कार्यसम्पादन: Spotify ले निम्न उद्देश्यका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्नु परेमा:
- तपाईंसँग गरिएको सम्झौतामा भएका दायित्वहरूको पालना गर्न। यसमा तपाईंलाई Spotify सेवा प्रदान गर्नेसम्बन्धी प्रयोगका सर्तहरूअन्तर्गत Spotify का दायित्वहरू समावेश छन्, वा
- तपाइँसँगको नयाँ सम्झौता सुरु हुनुअघि नै जानकारी पुष्टि गर्न।
- वैध हित: Spotify वा तेस्रो पक्षले तपाईं र Spotify का अन्य प्रयोगकर्ताहरूलाई पर्न सक्ने सम्भावित जोखिमहरूको मनन गरी आवश्यक रूपमा र न्यायोचित तरिकाले तपाईंको व्यक्तिगत डेटा एक निश्चित तरिकामा प्रयोग गर्न चाहेमा। उदाहरणका लागि, सबै प्रयोगकर्ताहरूका लागि Spotify को सेवा सुधार गर्न तपाईंको प्रयोगसम्बन्धी डेटा प्रयोग। तपाईं कुनै खास औचित्य बुझ्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
- सहमति:कुनै निश्चित प्रयोजनका लागि Spotify ले तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्नु पर्ने भएकाले तपाईंलाई Spotify को व्यक्तिगत जानकारी प्रयोग नीतिमा स्पष्ट सहमति दिन लगाउँदा।
- कानुनी दायित्वहरूको पालना: Spotify ले कानुनको पालना गर्न अनिवार्य रूपमा तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नु पर्ने भएमा।
|
तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्नुको उद्देश्य |
उक्त उद्देश्यलाई अनुमति दिने कानुनी आधार |
उद्देश्यका लागि प्रयोग गरिने व्यक्तिगत डेटाका कोटीहरू |
|---|---|---|
|
हामीले तपाईंसँग गरेको सम्झौताअनुसार Spotify सेवा प्रदान गर्न। उदाहरणका लागि हामीले निम्न उद्देश्यका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्दा:
|
सम्झौताको कार्यसम्पादन |
|
|
Spotify सेवाका थप भागहरू उपलब्ध गराउन। उदाहरणका लागि, तपाईं Spotify सामग्रीको लिंक अरू कसैसँग सेयर गर्न सक्नुहोस् भन्नाका लागि हामीले तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्दा। |
वैध हित हाम्रा वैध लक्ष्यहरूमा निम्न कुरा समावेश हुन्छन्:
|
|
|
Spotify सेवाका निश्चित अतिरिक्त स्वैच्छिक सुविधा र सेवाहरू प्रदान गर्न। हामी यस्तो अवस्थामा स्पष्ट रूपमा तपाईंको सहमति माग्छौँ। |
सहमति |
|
|
सटीक लोकेसन डेटा (उपलब्ध भएको ठाउँमा र तपाईंले स्पष्ट रूपमा अनुमति दिएको ठाउँमा) का आधारमा हाम्रा पर्सनलाइज गरिएका सिफारिसहरू सुधार गर्न र सबै प्रयोगकर्ताहरूको Spotify सुविधा सुधार गर्न। उदाहरणका लागि, हामी अझ राम्रा पर्सनलाइज गरिएका कन्सर्ट र कार्यक्रमसम्बन्धी सिफारिसहरू उपलब्ध गराउन वा तपाईंको विशेष लोकेसन के ट्रेन्डिङमा छ भन्ने कुराको जानकारी दिन सक्छौँ। हामीले एउटा लोकेसनमा तपाईंको स्ट्रिमिङबाट सिकेको कुरा उक्त लोकेसन नजिकका अन्य प्रयोगकर्ताहरूलाई उस्तै सामग्री सिफारिस गर्न प्रयोग गर्न सकिन्छ। |
सहमति |
|
|
Spotify सेवामा भएका समस्याहरू निदान गर्न, निवारण र समाधान गर्न। |
सम्झौताको कार्यसम्पादन |
|
|
Spotify सेवामा नयाँ सुविधा, प्रविधि र सुधारहरूको मूल्याङ्कन र विकास गर्न। यसमा हामीलाई हाम्रो सेवा सुरक्षित राख्न र हाम्रा प्रयोगकर्ताहरूको अनुभव अझ राम्रो बनाउन मद्दत गर्ने एल्गोरिदमिक र मेसिन लर्निङ मोडेलको विकास र प्रशिक्षण समावेश छ। उदाहरणका लागि:
|
वैध हित यहाँ उल्लेख गरिएका हाम्रा वैध चासोहरू भनेका हाम्रा प्रयोगकर्ताहरूका लागि उत्पादन र सेवाहरूमा सुधार गर्नेलगायतका विषयहरू हुन्। |
|
|
मार्केटिङ वा विज्ञापनिक उद्देश्यका लागि कानुनी आधारमा हामीले तपाईंको सहमति लिनु परेमा। उदाहरणका लागि हामीले तपाईंका रुचिहरू बुझ्न कुकीहरू प्रयोग गर्दा वा इमेल मार्केटिङका लागि कानुनी मापदण्डअनुसार सहमति लिनु परेमा। |
सहमति |
|
|
कानुनी मापदण्डअनुसार सहमति लिन आवश्यक नपर्ने मार्केटिङ, प्रवर्धन र विज्ञापनिक अन्य उद्देश्यहरूका लागि। उदाहरणका लागि, हामीले विज्ञापनिक सेवा तपाईंको रुचिअनुसार बनाउन तपाईंको व्यक्तिगत डेटा प्रयोग गर्दा। |
वैध हित यहाँ उल्लेख गरिएका हाम्रा वैध चासोहरू भनेका हामीले धेरैभन्दा धेरै सामग्री निःशुल्क उपलब्ध गराउन र प्रयोगकर्ताका लागि विज्ञापनहरू अझ रोचक र सान्दर्भिक बनाउन सकौँ भन्नाका लागि Spotify सेवालाई रकम प्रदान गर्न विज्ञापन प्रयोग गर्नेलगायतका विषयहरू हुन्। |
|
|
हामीले पालना गर्नु पर्ने कानुनी दायित्व पूरा गर्न। यो दायित्व निम्नअनुसारको हुन सक्छ:
उदाहरणका लागि, हामीले तपाईं तपाईंको उमेर पुष्टि गर्नु पर्ने अवस्थामा तपाईंको जन्म मिति प्रयोग गर्दा। |
कानुनी दायित्वहरूको पालना |
|
|
तेस्रो पक्षहरूसँग गरिएका सम्झौतामा भएका दायित्वहरू पूरा गर्न। उदाहरणका लागि, हामीले Spotify का अधिकारवाहकसँग गरेको सम्झौताका कारण हाम्रा प्रयोगकर्ताहरूले सुनेका सामग्रीको विवरणका बारेमा छद्मनामकरण गरिएको जानकारी उपलब्ध गराउँदा। पहिचान हटाइएको जानकारीको अर्थ तपाईंको जानकारी तपाईंको नाम वा तपाईंलाई प्रत्यक्ष रूपमा पहिचान गर्ने अन्य जानकारीको सट्टा कोडमार्फत पहिचान गरिन्छ भन्ने हो। |
वैध हित हाम्रा वैध लक्ष्यहरूमा निम्न कुरा समावेश हुन्छन्:
|
|
|
अनुपयुक्त सामग्री वा हाम्रा प्रयोगका सर्त वा Spotify का अन्य सर्त, नीति, नियम वा मार्गदर्शनहरूको उल्लङ्घन गर्ने सामग्रीका बारेमा आएका रिपोर्टहरू पत्ता लगाउन, अनुसन्धान गर्न र उपयुक्त कारबाही गर्न। |
वैध हित हाम्रा वैध लक्ष्यहरूमा निम्न कुरा समावेश हुन्छन्:
|
|
|
कानुनी दाबीहरू स्थापना गर्न, अभ्यास गर्न वा रक्षा गर्न। उदाहरणका लागि, हामी मुद्दामा जोडिएका छौँ र हामीले हाम्रा वकिलहरूलाई उक्त कानुनी मुद्दाका सम्बन्धमा जानकारी उपलब्ध गराउनु पर्ने भएका खण्डमा। |
वैध हित हाम्रा वैध लक्ष्यहरूमा निम्न कुरा समावेश हुन्छन्:
|
|
|
व्यापार योजना, रिपोर्टिङ र पूर्वानुमान सञ्चालन गर्न। उदाहरणका लागि, हामीले हाम्रा उत्पादन र सुविधाहरू नयाँ स्थानहरूमा सुरु गर्ने योजना बनाउनका लागि देशमा नयाँ साइन अपहरूको सङ्ख्या जस्ता प्रयोगकर्तासम्बन्धी समग्र जानकारी हेर्छौँ। |
वैध हित यहाँ उल्लेख गरिएका हाम्रा वैध चासोहरू भनेका हामी हाम्रो व्यवसाय सफलतापूर्वक सञ्चालन गरिराख्न सकौँ भन्नाका लागि अनुसन्धान गर्ने र योजना बनाउनेलगायतका विषयहरू हुन्। |
|
|
तपाईंको भुक्तानी प्रक्रिया अघि बढाउन उदाहरणका लागि, तपाईं Spotify को सदस्यता खरिद गर्न सक्नुहोस् भन्नाका लागि हामीले तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्दा। |
सम्झौताको कार्यसम्पादन भविष्यमा गरिने खरिदहरूका लागि भुक्तानी कार्डका विवरणहरू भण्डारण गर्दा सहमति लिनुहोस् |
|
|
Spotify को सेवा सुरक्षित राख्न र ठगी पत्ता लगाउन र रोकथाम गर्न। उदाहरणका लागि, Spotify सेवा छलपूर्ण तरिकाले प्रयोग गरिएको छ कि छैन भन्ने कुरा जाँच्न हामीले प्रयोगसम्बन्धी जानकारी विश्लेषण गर्दा। |
वैध हित यहाँ उल्लेख गरिएका हाम्रा वैध चासोहरू भनेका Spotify सेवा र हाम्रा प्रयोगकर्ताहरूलाई ठगी र गैर-कानूनी क्रियाकलापबाट सुरक्षित राख्नेलगायतका विषयहरू हुन्। |
|
|
अनुसन्धान र सर्वेक्षणहरू सञ्चालन गर्न। उदाहरणका लागि, हामीले प्रतिक्रिया माग्नका लागि हाम्रा प्रयोगकर्ताहरूलाई सम्पर्क गर्दा। |
वैध हित यहाँ उल्लेख गरिएका हाम्रा वैध चासोहरू भनेका प्रयोगकर्ताले Spotify सेवाका बारेमा के सोच्छन् र कसरी प्रयोग गर्छन् भन्ने कुरा बुझ्ने लगायतका विषयहरू हुन्। |
|
हामी कानुनी आधारमा न्यायिक हितलाई मान्यता नदिइने क्षेत्रहरूमा करारगत आवश्यकता वा सहमतिमा भर पर्छौँ।
5. तपाईंको व्यक्तिगत डेटा सेयर गर्ने
यो खण्डमा Spotify सेवाको प्रयोगमार्फत सङ्कलन वा सिर्जना गरिएको व्यक्तिगत जानकारी कसले प्राप्त गर्छ भन्ने कुरा निर्धारण गरिन्छ।
Spotify का अन्य प्रयोगकर्ताहरूका लागि उपलब्ध जानकारी
निम्न व्यक्तिगत जानकारी Spotify का अन्य प्रयोगकर्ताहरूका लागि उपलब्ध छ:
- तपाईंको प्रोफाइल नाम
- तपाईंको प्रोफाइल फोटो, तपाईं एउटा अपलोड गर्न छनौट गर्नुभयो भने
- तपाईंका सार्वजनिक प्लेलिस्ट र सम्बन्धित कुनै पनि शीर्षक, विवरण र फोटोहरू
- तपाईंले Spotify सेवामा पोस्ट गर्ने अन्य सामग्री र सम्बन्धित कुनै पनि शीर्षक, विवरण र फोटो
- तपाईंले फलो गर्ने मान्छेहरूको सङ्ख्या र तपाईंलाई Spotify सेवामा फलो गर्ने मान्छेहरूको सङ्ख्या (तपाईंका सेटिङका आधारमा ती मान्छेहरूका प्रोफाइलहरू देखिन सक्छन्)
तपाईं वा अर्का प्रयोगकर्ताले सोसल मिडिया वा म्यासेजिङ प्लेटफर्मलगायतका तेस्रो पक्ष सेवाहरूमा भएका निश्चित जानकारी सेयर गर्न सक्छन्। यसमा निम्न कुरा समावेश हुन्छन्:
- तपाईंको प्रोफाइल
- तपाईंले Spotify मा पोस्ट गर्ने सबै सामग्री र उक्त सामग्रीसम्बन्धी विवरणहरू
- तपाईंका प्लेलिस्ट र सम्बन्धित कुनै पनि शीर्षक, विवरण र फोटोहरू
यसरी सेयर हुँदा सम्बन्धित तेस्रो पक्षीय सेवाले आफ्नो सेवा राम्रो बनाउन यसको एक कपी आफूसँग राख्न सक्छन्।
तपाईंले सेयर गर्न चाहन सक्ने व्यक्तिगत डेटा
हामी निम्न जानकारी तलको तालिकामा उल्लेख गरिएका व्यक्ति/प्लेटफर्मसँग मात्र सेयर गर्छौँ:
- तपाईंले Spotify सेवा प्रयोग गर्न चाहनुभएको ठाउँ वा तेस्रो पक्षको एप, सेवा वा डिभाइस र यो सुविधा अन गर्न हामीले तपाईंको व्यक्तिगत जानकारी सेयर गर्नु परेमा वा
- तपाईंले अन्य तरिकाले हामीलाई व्यक्तिगत डेटा सेयर गर्ने अनुमति दिएमा। उदाहरणका लागि, तपाईं Spotify सेवामा उपयुक्त सेटिङ चयन गरेर वा आफ्नो सहमति जनाएर यसो गर्न सक्नुहुन्छ
|
प्रापकका कोटीहरू |
तपाईंले सेयर गर्न चाहन सक्ने डेटाका कोटीहरू |
सेयर गर्नुको कारण |
|---|---|---|
|
तपाईंले आफ्नो Spotify खातामा कनेक्ट गर्ने तेस्रो पक्ष एप, सेवा र डिभाइसहरू |
|
तपाईंको Spotify खाता कनेक्ट गर्न वा तपाईं तेस्रो पक्ष एप, सेवा वा डिभाइसहरूमा कनेक्ट गरेर Spotify सेवा प्रयोग गर्न पाउनुहोस् भन्नाका लागि। त्यस्ता तेस्रो पक्ष एप, सेवा र डिभाइसका उदाहरणहरूमा निम्न कुरा समावेश हुन्छन्:
तपाईं आफ्नो खाताको ‘एपहरू’ अन्तर्गत थुप्रै तेस्रो पक्ष कनेक्सनहरू हेर्न र तिनलाई हटाउन सक्नुहुन्छ। |
|
ग्राहक सेवा विभागको समुदाय |
|
तपाईं Spotify को ग्राहक सेवा विभागको समुदायको सेवा प्रयोग गर्न सक्नुहोस् भन्नका लागि । तपाईंले Spotify को ग्राहक सेवा विभागको समुदायमा खाता दर्ता गर्दा हामी तपाईंलाई प्रोफाइल नाम सिर्जना गर्न लगाउने छौँ। यो नाम Spotify को सहायता टोलीको समुदाय प्रयोग गर्ने सबै जनालाई सार्वजनिक रूपमा देखाइने छ। हामी तपाईंले पोस्ट गर्ने सबै प्रश्न वा कमेन्टहरू पनि देखाउने छौँ। |
|
Spotify का अन्य प्रयोगकर्ताहरू |
|
तपाईंले गर्ने Spotify सेवाको प्रयोगसम्बन्धी जानकारी Spotify का अन्य प्रयोगकर्ताहरूसँग सेयर गर्न। यसमा तपाईंलाई Spotify मा फलो गर्ने व्यक्तिहरू पर्न सक्छन्। उदाहरणका लागि, तपाईं 'सोसल' सेटिङअन्तर्गत आफूले हालसालै प्ले गरेका कलाकार र तपाईंको प्रोफाइलमा रहेका प्लेलिस्टहरू सेयर गर्ने विकल्प रोज्न सक्नुहुन्छ। तपाईं अन्य प्रयोगकर्ताहरूसँग मिलेर साझा प्लेलिस्ट सिर्जना गर्न वा कुनै प्लेलिस्टमा सामेल हुन पनि सक्नुहुन्छ। साझा प्लेलिस्टहरूले तपाईंले सुनिरहेका सामग्रीका आधारमा सामाजिक सिफारिसहरू प्रदान गर्छन्। |
|
कलाकार र रेकर्डका लेबलहरू |
|
कलाकारहरू, रेकर्ड लेबल वा अन्य साझेदारहरूबाट समाचार वा प्रवर्धनात्मक अफरहरू प्राप्त गर्न। तपाईंले Spotify सेवामा साइन अप गर्दा तपाईं यस उद्देश्यका लागि आफ्नो प्रयोगकर्तासम्बन्धी डेटा सेयर गर्न सक्नुहुन्छ। तपाईंसँग जहिलेपनि जुनसुकै बेला आफ्नो निर्णय परिवर्तन गर्ने र आफ्नो सहमति फिर्ता लिने विकल्प हुन्छ। |
हामीले सेयर गर्न सक्ने जानकारी
हामी कसलाई र किन सेयर गर्छौँ भन्ने कुराका विवरण प्राप्त गर्न यो तालिका हेर्नुहोस्।
|
प्रापकका कोटीहरू |
डेटाका कोटीहरू |
सेयर गर्नुको कारण |
|---|---|---|
|
सेवा प्रदायकहरू |
|
तिनले Spotify मा आफ्ना सेवाहरू उपलब्ध गराउन सकून् भन्नाका लागि। त्यस्ता सेवा प्रदायकहरूका उदाहरणहरूमा हामीले निम्न उद्देश्यका लागि खटाएका सेवा प्रदायकहरू समावेश छन्:
|
|
भुक्तानीसम्बन्धी साझेदारहरू |
|
तिनीहरूले तपाईंका भुक्तानी प्रक्रियाहरू अघि बढाउन सकून् भन्नका लागि र ठगी रोक्ने उद्देश्यका लागि। |
|
विज्ञापनिक साझेदारहरू |
|
विज्ञापनिक साझेदारहरू तपाईंलाई Spotify सेवामा तपाईंका लागि थप सान्दर्भिक हुने विज्ञापनिक सुविधाहरू उपलब्ध गराउन र विज्ञापनहरूको प्रभावकारिता मापन गर्न हामीलाई मद्दत गर्न सकून् भन्नाका लागि। उदाहरणका लागि, हाम्रा साझेदारहरूले अनुकूल पारिएका विज्ञापनिक सुविधा प्रदान गर्न हामीलाई मद्दत गर्छन्। |
|
मार्केटिङ साझेदारहरू |
|
हाम्रा साझेदारहरूमार्फत Spotify प्रवर्धन गर्न। हामी निम्न उद्देश्यका लागि यी साझेदारहरूसँग निश्चित प्रयोगकर्ता डेटा र प्रयोगसम्बन्धी डेटा सेयर गर्छौँ:
साझेदारहरूका उदाहरणहरूमा निम्न समावेश छन्:
हाम्रा साझेदारहरूले हामीले तिनीहरूसँग सेयर गर्ने व्यक्तिगत जानकारीमा तिनीहरूले सङ्कलन गरेका तपाईंसम्बन्धी अन्य जानकारी समायोजन गर्न पनि सक्छन्, जस्तै तपाईंले गर्ने तिनका सेवाहरूको प्रयोग। हामी र हाम्रा साझेदारहरू तपाईंका लागि सान्दर्भिक हुन सक्छ भन्ने लागेका अफर, प्रवर्धन वा अन्य मार्केटिङ गतिविधिहरू उपलब्ध गराउन यो जानकारी प्रयोग गर्न सक्छौँ। |
|
पोडकास्ट |
|
होस्टिङ प्लेटफर्महरूले तपाईंलाई पोडकास्टहरू उपलब्ध गराउन सकियोस् भन्नका लागि पोडकास्टहरू होस्ट गर्छन्। तपाईंले कुनै पोडकास्ट सुन्दा हामी तपाईंको IP ठेगाना जस्ता निश्चित जानकारी होस्टिङ प्लेटफर्महरूसँग सेयर गर्छौँ। हामी तपाईंलाई Spotify को स्वामित्वमा नरहेका अन्य होस्टिङ प्लेटफर्महरूमा उपलब्ध पोडकास्टहरू सुन्न पनि दिन्छौँ। पोडकास्टका प्रदायकहरूले उक्त पोडकास्ट कुन प्लेटफर्मले होस्ट गर्दै छ भन्ने कुरा सम्बन्धित सो वा भागको विवरणमा उल्लेख गर्नु पर्छ। होस्टिङ प्लेटफर्मले आफूसँग सेयर गरिएको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा हेर्न होस्टिङ प्लेटफर्मकै गोपनीयता नीति हेर्नुहोस्। |
|
शैक्षिक अनुसन्धानकर्ताहरू |
|
साङ्ख्यिकीय विश्लेषण र शैक्षिक अध्ययन जस्ता गतिविधिहरूका लागि, तर छद्मनामकरण रूपमा मात्र। |
|
Spotify को स्वामित्वमा रहेका कम्पनीलगायत Spotify समूहका अन्य कम्पनीहरू |
|
हाम्रो दैनिक व्यापार सञ्चालन गर्न र हामीले Spotify सेवा र साझेदार कम्पनीका सेवाहरू कायम राख्न, तिनमा सुधार गर्न र तपाईंलाई ती सेवाहरू प्रदान गर्न सकौँ भन्नाका लागि। उदाहरणका लागि:
|
|
हाम्रो व्यवसायका क्रेताहरू |
|
हामीले हाम्रो व्यवसाय कुनै खरिदकर्ता गर्ने वा सम्भावित क्रेतालाई बेच्नका लागि वार्तालाप गर्नु पर्ने भयो भने। यस्तो अवस्थामा हामीले उक्त कारोबारको अंशका रूपमा तपाईंको व्यक्तिगत डेटा कुनै उत्तराधिकारी वा सम्बद्ध व्यक्तिलाई ट्रान्सफर गर्न सक्छौँ। |
अदालत र प्राधिकरणहरू: हामी अदालत, अधिकारी, मुद्दामा सहभागी पक्ष वा अन्य अधिकार प्राप्त तेस्रो पक्षहरूको अनुरोधको पालना गर्न तपाईंको व्यक्तिगत डेटा प्रोसेस गर्न र सेयर गर्न सक्छौँ। निम्नलगायतका कुराहरू आवश्यक छ भन्ने पूर्ण विश्वास हुँदा हामी त्यसो गर्ने छौँ:
- कानुनी दायित्वहरूको पालना गर्न
- वैध कानुनी प्रक्रियामा प्रतिक्रिया दिन (जस्तै सर्च वारेन्ट, अदालतको आदेश, वा उपस्थिति-पत्र)
- आपराधिक अनुसन्धान, मुद्दा दर्ता, कसैको सुरक्षाको रक्षा गर्ने वा मृत्यु वा आसन्न शारीरिक हानि रोक्ने जस्ता हाम्रो आफ्नै वा तेस्रो पक्षको उचित हितका लागि।
प्रोसेस गरिने वा सेयर गरिने व्यक्तिगत जानकारीका कोटीहरू खास अनुरोधको प्रकृतिमा भर पर्ने छन्। यो प्रोसेसिङको कानुनी आधार भनेकोकानुनी दायित्व, वैधानिक हित वा राष्ट्रिय कानुनअन्तर्गत प्रदान गरिएअनुसारको पालना गर्नु हो।
6. जानकारी भण्डारण गरेर राख्ने कार्य
हामी तपाईंलाई Spotify सेवा प्रदान गर्न र Spotify को वैध र अत्यावश्यक व्यापारिक उद्देश्यका लागि आवश्यक परुन्जेल मात्र तपाईंको व्यक्तिगत डेटा राख्छौँ, जस्तै:
- Spotify सेवा को कार्यसम्पादन कायम राख्न
- नयाँ सुविधाहरू र अफरहरूका बारेमा डेटामा आधारित व्यापारिक निर्णयहरू लिन
- हाम्रा कानुनी दायित्वहरू पूरा गर्न
- विवादहरू समाधान गर्न
हामीले जानकारी राख्ने अवधिका केही कोटी र सो कुरा निर्धारण गर्न हामीले प्रयोग गर्ने मापदण्डहरू यस प्रकार छन्:
- तपाईंले उक्त जानकारी नमेटाएसम्म जानकारी भण्डारण गरेर राखिन्छ
तपाईंसँग हामीलाई तपाईंको निश्चित व्यक्तिगत जानकारी मेटाइदिन अनुरोध गर्ने अधिकार हुन्छ। थप जानकारी प्राप्त गर्न र हामीले तपाईंको अनुरोधमा कार्य गर्ने अवस्थाहरूका बारेमा जान्न निम्नमा गई 'मेटाउने' खण्ड हेर्नुहोस्: खण्ड 2 'व्यक्तिगत जानकारीसम्बन्धी तपाईंका अधिकार र सेटिङहरू '।
तपाईं Spotify बाट निश्चित व्यक्तिगत डेटा मेटाउन पनि सक्नुहुन्छ: उदाहरणका लागि, तपाईं आफ्नो प्रोफाइल फोटो सम्पादन गर्न वा मेटाउन सक्नुहुन्छ। प्रयोगकर्ताहरू यहाँ गई व्यक्तिगत डेटा हेर्न र तिनलाई आफै मेटाउन सक्छन्, हामी तल वर्णन गरिएका सीमित उद्देश्यहरूमध्ये कुनै एक लागू नभएसम्म प्रयोगकर्ताले चाहेको अवधिसम्म सो जानकारी राखिराख्छौँ। - कुनै खास अवधिपछि म्याद सकिने डेटा
जानकारीको म्याद कुनै खास अवधिपछि सकियोस् भन्नाका लागि हामीले यो सेक्सन ६ मा सूचीबद्ध अन्य प्रचलित भण्डारणसम्बन्धी नियमहरूको पालना गरेर जानकारी भण्डारण गर्ने निश्चित अवधि निर्धारण गरेका छौँ। उदाहरणका लागि, तपाईंले खोज क्वेरीहरूको भागका रूपमा प्रविष्ट गर्न सक्ने व्यक्तिगत डेटा ९० दिनपछि मेटाइन्छ। - तपाईंको Spotify खाता नमेटाएसम्म जानकारी भण्डारण गरेर राखिन्छ
तपाईंको Spotify खाता नमेटाएसम्म हामी केही डेटा राखिराख्छौँ। यो उदाहरणमा तपाईंको Spotify युजरनेम र प्रोफाइलसम्बन्धी जानकारी समावेश हुन्छन्। हामी खाता सञ्चालन गर्न स्ट्रिमिङ हिस्ट्री भण्डारण गर्छौँ, उदाहरणका लागि, प्रयोगकर्ताहरूले मजा लिने मुख्य क्षणहरू समेटिएको प्लेलिस्ट र तपाईंले हाल सुन्ने गरेका सामग्रीमा आधारित व्यक्तिगत सिफारिसहरू (जस्तै, तपाईंको Time Capsule वा तपाईंले गत वर्षादमा सुनिएका सामग्री) प्रदान गर्न। तपाईंको Spotify खाता मेटाइयो भने यो कोटीको डेटा मेटाइन्छ वा पुनः पहिचान गरिन्छ। - सीमित उद्देश्यका लागि विस्तारित समयावधिसम्म जानकारी भण्डारण गरेर राखिन्छ
तपाईंको खाता मेटिएपछि हामी केही जानकारी लामो अवधि तर निकै सीमित उद्देश्यका लागि भण्डारण गरेर राख्छौँ। उदाहरणका लागि, हामीले यसका लागि आवश्यक पर्ने कुनै कानुन वा सम्झौताको पालना गर्नु पर्ने हुन सक्छ। यस अन्तर्गत अनिवार्य रूपमा डेटा भण्डारण गरेर राख्नेसम्बन्धी कानुन, कुनै अनुसन्धानसँग सान्दर्भिक डेटा सुरक्षित राख्नेसम्बन्धी सरकारी आदेशहरू वा अभियोग दर्ता गर्ने प्रयोजनका लागि राखिएका डेटा जस्ता कुरा पर्छन्। हामी Spotify सेवाबाट हटाइएका जानकारी केही समयका लागि भण्डारण गरेर राख्न पनि सक्छौँ। यो निम्न उद्देश्यले हुन सक्छ:- प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्न, वा
- हाम्रो प्लेटफर्ममा भएका हानिकारक सामग्रीबाट जोगाउन।
- उमेर जाँचसम्बन्धी डेटा उमेर जाँचपछि तुरुन्तै मेटाइन्छ।
7. अन्य देशहरूमा ट्रान्स्फर गर्न
हाम्रो व्यवसायको विश्वव्यापी प्रकृतिका कारण, Spotify ले तपाईंको व्यक्तिगत जानकारी माथिको खण्ड ५ मा सूचीबद्ध प्रापकका कोटीहरूसँग अन्तर्राष्ट्रिय रूपमा सेयर गर्छ।यसमा पक्षहरूले EU/EEA को जति सशक्त जानकारी संरक्षणसम्बन्धी कानुन नभएका देशहरूमा वा तपाईं बस्ने ठाउँको प्रचलित कानुनअनुसार तपाईंको जानकारी प्रयोग गर्ने प्रोसेस कार्य समावेश हुन्छ।उदाहरणका लागि, ती देशका कानुनले तपाईंलाई तपाईंको जानकारीका सम्बन्धमा EU का कानुनले दिने जति अधिकार नदिन सक्छन्।
यहाँ सूचीबद्ध देशहरूमा व्यक्तिगत जानकारीको ट्रान्सफर गर्ने कार्य Adequacy निर्णयहरूमा आधारित हुन्छ। यसको अर्थ यी देशहरूसँग युरोपेली कमिसनले निर्धारण गरेअनुसार व्यक्तिगत जानकारी सुरक्षित राख्न पर्याप्त कानुनहरू छन् भन्ने हो।
EU/EEA बाहिर अन्यदेशहरूमा व्यक्तिगत जानकारी ट्रान्सफर गर्ने कुरालाई उपयुक्त सुरक्षाका रूपमामानक सम्झौतासम्बन्धी क्लाजहरू ('SCCs') मार्फत सुरक्षित राखिन्छ। यी उपधाराहरूका आधारमा तेस्रो पक्षले तपाईंको जानकारी सुरक्षित गर्नुका साथै तपाईंलाई EU स्तरीय अधिकार र सुरक्षाहरू प्रदान गर्नु पर्ने हुन्छ। तपाईं हामी वा तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्ने तेस्रो पक्षलाईसम्पर्क गरेर मानक सम्झौताअन्तर्गतका आफ्ना अधिकारहरू प्रयोग गर्न सक्नुहुन्छ।
हामी जानकारी ट्रान्सफर गर्ने हरेक कार्यका लागि उपयुक्त हुने अतिरिक्त सुरक्षाहरू पहिचान गरी प्रयोग पनि गर्छौँ:
- प्राविधिक सुरक्षाहरू, जस्तै इन्क्रिप्सन र छद्मनामकरण
- ट्रान्सफरको प्रभावका मूल्याङ्कनहरू
- सरकारी प्राधिकरणले गर्ने असमानुपातिक वा गैरकानुनी अनुरोधहरूलाई चुनौती दिने नीति र प्रक्रियाहरू
8. तपाईंको व्यक्तिगत डेटा सुरक्षित राख्न
हामी हाम्रा प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी सुरक्षित राख्न प्रतिबद्ध छौँ। तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्न हामी उपयुक्त प्राविधिक र सङ्गठनात्मक उपायहरू अपनाउछौँ। यद्यपि, कुनै पनि प्रणाली कहिल्यै पूर्ण रूपमा सुरक्षित हुँदैन भन्ने कुरामा सावधान रहनुहोस्।
हाम्रा प्रणालीहरूमा रहेको व्यक्तिगत जानकारी अनाधिकृत प्रयोग तथा अनावश्यक रूपमा भण्डारण गर्नबाट जोगाउन हामीले सुरक्षासम्बन्धी विभिन्न उपायहरू लागू गरेका छौँ। यसमा छद्मनामकरण, इन्क्रिसन, प्रयोग गर्ने अनुमति र भण्डारण गरेर राख्नेसम्बन्धी नीतिहरू समावेश छन्।
तपाईंको प्रयोगकर्ता खाता सुरक्षित राख्न, हामी तपाईंलाई निम्न कार्य गर्न प्रोत्साहन गर्छौँ:
- तपाईंले आफ्नो Spotify खातामा मात्र प्रयोग गर्ने एउटा बलियो पासवर्ड प्रयोग गर्नुहोस्
- आफ्नो पासवर्ड कहिल्यै कसैसँग सेयर नगर्नुहोस्
- आफ्नो कम्प्युटर र ब्राउजर सीमित व्यक्तिलाई मात्र प्रयोग गर्न दिनुहोस्
- तपाईंले साझा डिभाइसमा Spotify सेवा प्रयोग गरिसकेपछि लग आउट गर्नुहोस्
- आफ्नो खाता सुरक्षित राख्ने तरिका का बारेमा थप विवरण पढ्नुहोस्
तपाइँ तपाईंको खाता पेज मा रहेको "सबै ठाउँबाट साइन आउट गर्नुहोस्" सुविधा प्रयोग गरेर एकै पटक धेरै ठाउँहरूमा Spotify बाट लग आउट गर्न सक्नुहुन्छ ।
अन्य व्यक्ति तपाईंको Spotify खाता प्रयोग गर्न सक्नुहुन्छ भने उहाँ तपाईंको खातामा उपलब्ध व्यक्तिगत जानकारी, सेटिङ र Spotify सेवा प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि, कसैले साझा डिभाइसमा तपाईंको खाता प्रयोग गर्न सक्छ। तपाईं जुन व्यक्तिसँग आफ्नो व्यक्तिगत जानकारी सेयर गर्न सहज महसुस गर्नुहुन्छ उक्त व्यक्तिलाई मात्र आफ्नो खाता प्रयोग गर्न दिनु तपाईंको जिम्मेवारी हो। अरू कसैले तपाईंको Spotify खाता प्रयोग गर्नुभयो भने यसले तपाईंका पर्सनलाइज गरिएका सिफारिसहरूमा प्रभाव पार्न सक्छ।
9. बालबालिका
ख्याल गर्नुहोस्: यो नीति सम्बन्धित गोपनीयतासम्बन्धी सूचनामा बाहेक व्यवस्थित खाता वा Spotify Kids मा लागू हुँदैन।
यो गोपनीयता नीतिसँग सम्बन्धित Spotify सेवा (व्यवस्थित खाताहरू वा Spotify Kids भन्दा बाहिर) लाई हरेक देश वा क्षेत्रमा न्यूनतम उमेर सीमा ("उमेरको सीमा") तोकिएको छ।तपाईं उमेरको सीमाभन्दा कम उमेरको हुनुहुन्छ भने Spotify को मानक सेवा सिर्जना वा प्रयोग नगर्नुहोस्। यसको सट्टा, आफ्ना अभिभावक वा संरक्षक उपलब्ध हुँदा उहाँहरूलाई तपाईंका लागि व्यवस्थित खाता बनाउन लगाउन सिफारिस गर्छौँ। तपाईं उमेर सीमाभन्दा बढी हुनुहुन्छ तर आफ्नो देशका उमेर ("नाबालिग") मुनिका हुनुहुन्छ भने तपाईं आफ्ना अभिभावक वा कानुनी संरक्षकको सहमतिमा मात्र Spotify सेवा प्रयोग गर्न सक्नुहुन्छ।
हामी व्यवस्थित खाता वा Spotify Kids बाहिर लागू हुने उमेरको सीमाभन्दा कम उमेरका बच्चाहरूका व्यक्तिगत जानकारी जानाजानी सङ्कलन वा प्रयोग गर्दैनौं। तपाईं अभिभावक वा संरक्षक हुनुहुन्छ र तपाईंका छोराछोरीले Spotify लाई अन्य सन्दर्भमा तपाईंको बच्चाले व्यक्तिगत जानकारी प्रदान गरेको छ भन्ने कुरामा सचेत हुनुहुन्छ भनेहामीलाई सम्पर्क गर्नुहोस्। हामीले तोकिएको उमेर सीमाभन्दा कम उमेरका बच्चाको व्यक्तिगत जानकारी सङ्कलन गरेका कुरा थाहा पाएका खण्डमा हामी उक्त व्यक्तिगत जानकारी मेटाउन उचित कदम चाल्ने छौँ। यसका लागि हामीले उक्त बच्चाको Spotify खाता मेटाउनु पर्ने हुन सक्छ।
Spotify सेवामा साझा डिभाइस प्रयोग गर्दा, नाबालिगहरूलाई अनुपयुक्त हुने कुनै पनि सामग्री प्ले गर्ने वा उहाँहरूलाई उक्त सामग्री सिफारिस गर्ने कुराका बारेमा सतर्क हुनुहोस्।
10. तेस्रो-पक्षका लिंकहरू
Spotify सेवामा तेस्रो-पक्षीय वेबसाइट, प्लगइन र एपहरूको लिंक समावेश हुन सक्छ। यस्ता लिंकमा क्लिक गर्नुभयो भने तेस्रो पक्षहरूले तपाईंका बारेमा जानकारी सङ्कलन वा सेयर गर्न सक्छन्। Spotify ले यी तेस्रो-पक्षीय वेबसाइटहरूलाई नियन्त्रण गर्दैन र ती वेबसाइटहरूका गोपनीयतासम्बन्धी अभ्यासहरूप्रति जिम्मेवार हुँदैन।
11. यो नीतिमा गरिएका परिवर्तनहरू
हामी बेलाबेलामा यो नीतिमा परिवर्तन गर्न सक्छौँ।
हामीले यस नीतिमा भौतिक परिवर्तनहरू गर्दा, हामी तपाईंलाई परिस्थितिहरूमा उपयुक्त हुने प्रमुख सूचना प्रदान गर्ने छौँ। उदाहरणका लागि, हामी Spotify सेवाअन्तर्गत प्रमुख सूचना देखाउन वा तपाईलाई इमेल वा डिभाइस सूचना पठाउन सक्छौँ।
12. हामीलाई सम्पर्क गर्ने तरिका
यस नीतिका बारेमा कुनै पनि प्रश्न वा समस्या छ भने यीमध्ये कुनै एक तरिकाले हाम्रो डेटा सुरक्षा अधिकारीलाई सम्पर्क गर्नुहोस्:
- हामीलाई निम्न इमेल गर्नुहोस्: privacy@spotify.com
- हामीलाई निम्न ठेगानामा मेल लेख्नुहोस्: Spotify AB, Regeringsgatan 19, 111 53 Stockholm, Sweden, Attn: डेटा संरक्षण अधिकारी
Spotify AB यस नीतिअन्तर्गत प्रयोग गरिने व्यक्तिगत डेटाको डेटा नियन्त्रक हो।
© Spotify AB