सुरक्षा र गोपनीयता केन्द्र

Spotify मा भएको सामग्रीका बारेमा रिपोर्ट गर्ने तरिका

सारांश

हामी Spotify मा रचनात्मक अभिव्यक्ति उचाइमा पुर्‍याउनका निम्ति निकै मेहनत गर्छौँ र हाम्रो समुदायले सुरक्षित रूपमा आफ्नो वास्तविक व्यक्तित्व प्रस्तुत गरून् भन्ने चाहन्छौँ तर यसको अर्थ जे पनि गर्न पाइन्छ भन्ने चाहीँ होइन।

हाम्रा लामो समयदेखि चलिरहेका Spotify प्लेटफर्मका नियमहरूमा Spotify मा के-के गर्ने अनुमति छ र के-के गर्ने अनुमति छैन भन्ने कुरा उल्लेख गरिएको छ। हामी नाबालिगहरूलाई असर पार्ने, अफलाइन हानिको ठुलो जोखिम बोक्ने वा अवैध हुन सक्ने सामग्रीको समीक्षालाई प्राथमिकता दिन्छौँ।

अवैध सामग्री वा प्लेटफार्मका नियमहरू उल्लङ्घन गर्ने सामग्रीका विरुद्ध कस्तो प्रकारको कारबाही गरिन्छ?

हामीले हाम्रा प्लेटफार्मका नियमहरू उल्लङ्घन गर्ने वा स्थानीय कानुनअन्तर्गत अवैध सामग्री भेट्टाउँदा हामी विभिन्न कारबाहीहरू गर्न सक्छौँ। यी कारबाहीहरू निम्न छन्: सामग्री हटाउने, वितरणमा प्रतिबन्ध लगाउने, सामग्रीसम्बन्धी परामर्शको लेबल लगाउने वा डिमनिटाइज गर्ने वा दुबै कारबाही गर्ने।

कुनै व्यक्ति Spotify मा भएको सामग्रीका बारेमा कसरी रिपोर्ट गर्न सक्नुहुन्छ?

तपाईंलाई सामग्रीको कुनै अंशले हाम्रा प्लेटफार्मका नियमहरूको उल्लङ्घन गर्न सक्छ जस्तो लाग्छ भने कृपया हाम्रो सुरक्षित रिपोर्टिङ फारम प्रयोग गरी रिपोर्ट गर्नुहोस्। सामग्रीका मालिकलाई यो रिपोर्ट कसले गर्‍यो भन्ने कुरा थाहा हुने छैन।

तपाईंको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घन गर्ने वा अन्य प्रकारले कानुनको उल्लङ्घन गर्ने सामग्रीका बारेमा रिपोर्ट गर्न कृपया हामीलाई सम्पर्क गर्नुहोस्। बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घनका कारण रिपोर्ट गरिएको अवस्थामा बाहेक यो फाराम प्रयोग गरी रिपोर्ट गरिएको सामग्रीले हाम्रा प्लेटफर्मका नियमहरूको उल्लङ्घन गरेको छ कि छैन भनेर पनि समीक्षा गरिने छ। हाम्रो कपिराइटसम्बन्धी नीतिमा गई Spotify को बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घनको विषय सम्बोधन गर्ने नीतिका बारेमा थप जानकारी प्राप्त गर्न सकिन्छ।

तपाईंले रिपोर्ट गर्ने प्रक्रियाको दुरुपयोग गर्नुभयो भने तपाईंलाई भविष्यमा रिपोर्ट गर्ने सुविधा प्रयोग गर्नबाट रोक लगाइन सक्छ र तपाईंले हाम्रा प्लेटफर्मका नियमहरूलगायत Spotify का प्रयोगका सर्तहरूको बारम्बार उल्लङ्घन गर्नुभयो भने तपाईंको खाता निलम्बन वा बन्द गरिन सक्छ।

कुनै सामग्रीका बारेमा कसले रिपोर्ट गर्न सक्छ?

इमेल ठेगाना हुने जो कोहीले पनि Spotify खाता नभए पनि Spotify मा सामग्रीका बारेमा रिपोर्ट गर्न सक्छन्। कृपया हाम्रो रिपोर्टिङ प्रक्रियाको दुरुपयोग गरियो भने भविष्यमा अनुरोधहरू पेस गर्ने तपाईंको क्षमता सीमित पारिन सक्छ भन्ने कुरा ख्याल गर्नुहोस्।

सामग्रीसम्बन्धी निर्णयहरूका विरुद्ध अपील गर्न सकिन्छ?

सामग्रीका हकमा गरिएका निर्णयहरूका विरुद्ध अपिल गर्ने विकल्पहरू लोकेसनअनुसर फरक फरक हुन्छन् र हामी भविष्यमा हाम्रो अपिल गर्ने विधिहरू विस्तार गर्दै जाने छौँ।

तपाईं आफ्नो सामग्री वा आफूले गरेको रिपोर्टका हकमा नियमानुसार कारबाही गर्न गरिएको निर्णयप्रति असहमत हुनुहुन्छ भने तपाईं अपिल पेस गर्न सक्नुहुन्छ। यसो गर्न कृपया आफूले Spotify बाट प्राप्त गरेको हुन सक्ने सूचनामा दिइएका निर्देशनहरूको पालना गर्नुहोस्।

म एपमा भएका अन्य समस्याहरूका बारेमा कसरी रिपोर्ट गर्न सक्छु?

तपाईंले गलत जानकारी वा एपको कार्यक्षमतामा समस्याहरू भेट्टाउनुभयो भने तपाईं ती समस्याहरूका बारेमा यहाँ गई रिपोर्ट गर्न सक्नुहुन्छ। तपाईं कलाकार हुनुहुन्छ भने तपाईंको कम्पनी वा वितरकले तपाईंका सङ्गीतसँग सम्बन्धित समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ।