सुरक्षा र गोपनीयता केन्द्र

गोपनीयता

तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्ने

हामी हाम्रा प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी सुरक्षित राख्न प्रतिबद्ध छौँ। तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्न मद्दत गर्न हामी उपयुक्त प्राविधिक र सङ्गठनात्मक उपायहरू अपनाउँछौँ। यद्यपि, कृपया कुनै पनि प्रणाली कहिल्यै पूर्ण रूपमा सुरक्षित हुँदैन भन्ने कुरामा सावधान रहनुहोस्।

हाम्रा प्रणालीहरूमा रहेको व्यक्तिगत जानकारी अनाधिकृत प्रयोग तथा अनावश्यक रूपमा भण्डारण गर्नबाट जोगाउन हामीले सुरक्षासम्बन्धी विभिन्न उपायहरू लागू गरेका छौँ। यसमा छद्मनामकरण, इन्क्रिसन, प्रयोग गर्ने अनुमति र भण्डारण गरेर राख्नेसम्बन्धी नीतिहरू समावेश छन्।

तपाईंको प्रयोगकर्ता खाता सुरक्षित राख्न, हामी तपाईंलाई निम्न कार्य गर्न प्रोत्साहन गर्छौँ:

  • तपाईंले आफ्नो Spotify खातामा मात्र प्रयोग गर्ने एउटा बलियो पासवर्ड प्रयोग गर्नुहोस्
  • आफ्नो पासवर्ड कहिल्यै कसैसँग सेयर नगर्नुहोस्
  • आफ्नो कम्प्युटर र ब्राउजर सीमित व्यक्तिलाई मात्र प्रयोग गर्न दिनुहोस्
  • तपाईंले साझा डिभाइसमा Spotify सेवा प्रयोग गरिसकेपछि लग आउट गर्नुहोस्
  • आफ्नो खाता सुरक्षित राख्ने तरिका का बारेमा थप विवरण पढ्नुहोस्

थप विवरणहरू चाहिएमा हाम्रो गोपनीयता नीति को खण्ड 8 हेर्नुहोस्।