युरोपेली सङ्घको डिजिटल सेवा ऐन (DSA) भनेको अनलाइनमा उपलब्ध अवैध सामग्रीविरुद्ध लड्ने नियम हो।
Spotify को डिजिटल सेवा ऐन पारदर्शिता रिपोर्टमा हामीले प्रयोग गर्ने विधिको संक्षिप्त जानकारीका साथै Spotify का विभिन्न मध्यस्थ सेवाहरूमा रहेका प्रयोगकर्ताका सामग्रीसँग सम्बन्धित नीति, अभ्यास तथा कारबाहीहरू समावेश गरिएको छ। यो रिपोर्ट पारदर्शिता र जवाफदेहीता प्रवर्द्धन गर्न अत्यावश्यक छ।
Spotify प्लेटफर्मका नियमहरूमा हाम्रा सेवाहरूमा के-के गर्ने अनुमति छ र के-के गर्ने अनुमति छैन भन्ने कुरा उल्लेख गरिएको छ। हामी प्रयोगकर्ताका जानकारी तथा मौलिक अधिकारको सुरक्षा गर्दै प्रयोगकर्ताले अपलो डगरेका गैरकानुनी तथा हानिकारक सामग्रीसम्बन्धी समस्या समाधान गर्न निरन्तर रूपमा काम गर्छौँ।
Spotify को डिजिटल सेवा ऐन 2024 को पारदर्शिता रिपोर्ट यहाँ हेर्न सकिन्छ।
युरोपेली सङ्घ (EU) को आतङ्कवादी सामग्रीको अनलाइन नियमन (TCO) ले वाक स्वतन्त्रता जस्ता मौलिक अधिकारको सम्मान गर्दै आतङ्कवादी सामग्री छिटो र प्रभावकारी रूपमा हटाउने डिजिटल सेवा अनिवार्य गरी EU का नागरिकहरूको सुरक्षा कायम राख्ने लक्ष्य राखेको छ।
आतङ्कवादसम्बन्धी हानिकारक सामग्री प्लेटफर्ममा भेटिएका खण्डमा Spotify ले ती सामग्री रोक्ने काम गर्छ। हामी उद्योगसम्बन्धी यो समस्या समाधान गर्न विश्वसनीय अधिकारी तथा साझेदारहरूसँग सहकार्य गर्छौँ र बढिरहेको खतरा हटाउन हाम्रा आन्तरिक प्रक्रियाहरू निरन्तर रूपमा परिष्कृत गर्छौँ।
Spotify को आतङ्कवादसम्बन्धी सामग्रीको अनलाइनको पारदर्शिता रिपोर्टले TCO को पालना गर्दै हाम्रो प्लेटफर्ममा आतङ्कवादसम्बन्धी सामग्री राख्न नदिन र ती सामग्री रोक्नका निम्ति हामीले गरेका प्रयासहरूका बारेमा जानकारी दिन्छ। यो रिपोर्टले हामी आतङ्कवादसम्बन्धी सामग्री कसरी पहिचान र लागू गर्छौँ र EU को राष्ट्रिय अधिकार प्राप्त निकायहरूबाट हटाउने आदेशहरूको प्रतिक्रिया दिनेलगायत हाम्रो दृष्टिकोणको संक्षिप्त जानकारी दिन्छ।
Spotify को आतङ्ककारी सामग्रीको अनलाइन पारदर्शिता रिपोर्ट, 2024यहाँ हेर्न सकिन्छ।