सामग्रीमा जानुहोस्
Spotify
    • Premium Individual एक व्यक्तिका लागि 1 खाता।
    • Premium Duo एउटै घरमा बस्ने जोडीका लागि 2 वटा खाता।
    • Premium Family एउटै घरमा बस्ने परिवारका लागि बढीमा 6 वटा खाता।
    • Premium Student 1 खाता - योग्य विद्यार्थीहरूका लागि खास छुट।
  • समर्थन
  • डाउनलोड गर्नुहोस्
  • साइन अप गर्नुहोस्
  • लग इन गर्नुहोस्
  • कानूनी
  • प्रयोगका नियम र सर्तहरू
  • बौद्धिक सम्पत्तिसम्बन्धी नीति
  • गोपनीयता नीति
  • प्रयोगकर्ताका लागि मार्गदर्शन
  • Premium को अफरसम्बन्धी सर्तहरू

Spotify को प्रयोगकर्ता मार्गदर्शन

नमस्ते! Spotify को प्रयोगकर्ता मार्गदर्शन ("प्रयोगकर्ता मार्गदर्शन") मा स्वागत छ। यो मार्गदर्शन यी प्रयोगकर्ता मार्गदर्शनहरू ("सेवाहरू") सँग सान्दर्भिक रहेका Spotify का वेबसाइट, एप तथा सेवाहरूलगायत ती सेवा ("सामग्री") मार्फत उपलब्ध गराइने जुनसुकै प्रकारको वस्तु वा सामग्री प्रयोग गर्दा लागू हुन्छ। सबै जनाले यी सेवाहरूको मज्जा लिइरहन सकून् भन्नाका लागि यी प्रयोगकर्ता मार्गदर्शनहरू तयार पारिएका हुन्। यी प्रयोगकर्ता दिशानिर्देशहरूका अतिरिक्त, सामग्रीले Spotify प्लेटफर्मका नियमहरूको ("प्लेटफर्मसम्बन्धी नियमहरू") पालना गर्नु पर्छ।

हामी समय समयमा प्रयोगकर्ता मार्गदर्शन र प्लेटफर्मसम्बन्धी नियमहरू अपडेट गर्न सक्छौँ - तपाईं हाम्रो वेबसाइटमा गएर नवीनतम संस्करण प्राप्त गर्न सक्नुहुन्छ।

तपाईंले यी प्रयोगकर्ता मार्गदर्शन वा प्लेटफर्मसम्बन्धी नियमहरूको उल्लङ्घन गर्नुभयो भने तपाईंले यो सेवाहरूमा योगदान पुर्‍याउनु भएका सबै सामग्री वा वस्तु हटाइन सक्छ र/वा तपाईंको खाता बन्द गरिन वा निलम्बन गरिन सक्छ। हामी सेवाहरू मोटामोटी रूपमा सबैका लागि उपलब्ध बनाउने प्रयास गर्छौँ तर हामीले पहिले हाम्रा सेवाहरूमध्ये कुनैमा तपाईंको खाता निलम्बन गरेका छौँ भने तपाईं हाम्रा सेवाहरू प्रयोग गर्न सक्नुहुन्न। हामी नयाँ खाता सिर्जना गरेर गरिनेलगायका अग्रिम रूपमा लागू गर्ने कार्यहरू अवरूद्ध गर्ने प्रयासहरूलाई पनि बन्देज लगाउछौँ।

सेवा र सेवाहरूको माध्यमबाट उपलब्ध बनाइएका वस्तु वा सामग्री वा त्यसको कुनै पनि अंशको सम्बन्धमा जुनसुकै कारणका लागि निम्न कुराको अनुमति दिइँदैन:

  1. रिभर्सइन्जिनियरिङ, डिकोम्पाइलिङ, डिसेम्बलिङ, परिमार्जन गर्ने वा व्युत्पन्न कार्यहरू सिर्जना गर्ने जस्ता प्रतिबन्धहरू लागू कानुनले स्पष्ट रूपमा निषेध गरेको अवस्थामा बाहेक। सेवा वा अन्य प्रोग्राममार्फत संचालन गर्न सकिने स्वतन्त्र कार्यक्रम सिर्जना गर्न आवश्यक जानकारी प्राप्त गर्न लागू हुने कानुनले तपाईंलाई आवश्यक परेको ठाउँमा सेवाहरू वा सामग्रीको कुनै पनि अंश विघटन गर्ने अनुमति दिन्छ भने तपाईंले त्यस्ता गतिविधिहरूबाट प्राप्त गर्नुभएको जानकारी (क) अग्रगामी उद्देश्यको लागि मात्र प्रयोग गर्न सकिन्छ, (ख) उक्त उद्देश्य हासिल गर्नका लागि Spotify को पूर्व लिखित सहमतिविना खुलासा वा सञ्चार गर्न आवश्यक नपर्ने कुनै पनि तेस्रो पक्षसँग सुलासा वा सञ्चार नगरिन सक्छ, र (ग) कुनै पनि सफ्टवेयर वा सेवा बनाउनका लागि उपयोग गर्न सकिँदैन जुन सेवाहरू वा सामग्री कुनै पनि अंशका लागि यसको अभिव्यक्तिसँग मिल्दैन;
  2. प्रतिलिपि बनाउने, पुनः निर्माण गर्ने, पुनर्वितरण गर्ने, "रिप गर्ने," रेकर्डिङ गर्ने, स्थानान्तरण गर्ने, प्रदर्शन गर्ने, फ्रेमिङ गर्ने, सर्वसाधरलाई जोड्ने वा सर्वसाधारणलाई देखाउने, प्रसारण गर्ने, वा सर्वसाधरलाई उपलब्ध गराउने, वा अन्य कुनै प्रयोगका लागि अनुमोदित वा लागू कानुनअनुसार स्पष्ट रूपमा अनुमति छैन वा अन्यथा बौद्धिक सम्पदासम्बन्धी अधिकाहरूको उल्लङ्घन गर्छ;
  3. आफूसँग यस तरिकाले फाइलहरू इम्पोर्ट गर्ने वा कपी गर्ने कानुनी अधिकार नभएका स्थानीय फाइलहरू इम्पोर्ट गर्ने वा कपी गर्ने;
  4. कुनै अधिकार प्राप्त डिभाइसबाट अन्य कुनै डिभाइसमा जुनसुकै माध्यममार्फत क्यास गरिएको समग्रीका प्रतिलिपिहरू स्थानान्तरण गर्ने;
  5. जानकारी हेर्न, एक्सेस गर्न वा सङ्कलन गर्नका लागि म्यानुअल रूपमा वा स्वचालित माध्यमबाट वा कुनै पनि अन्य प्रकारको स्वचालित माध्यम (बट, स्क्र्यापर र स्पाइडरहरूसहित) प्रयोग गरेर "क्रलिङ" वा "स्क्र्यापिङ" गर्ने वा सेवा वा सामग्रीको कुनै पनि अंश प्रयोग गरी मेसिन लर्निङ वा AI मोडललाई तालिम दिने वा अन्य कुनै तरिकाले मेसिन लर्निङ वा AI मोडेलमा Spotify को सामग्री इन्जेस्ट गर्ने;
  6. ब्रिक्री गर्ने, भाडामा लिने, उप-इजाजतपत्र लिने, लिजमा लिने वा सम्झौताहरूमा अनुमति दिइएका खण्डमा बाहेक अन्य मनिटाइजेसन गर्ने;
  7. कुनै खाताको नाम वा प्लेलिस्ट वा उक्त खातामा समावेश गरिएको सामग्रीमा प्रभाव पार्न कुनै प्रयोगकर्ताको खाता वा प्लेलिस्ट ब्रिक्री गर्ने वा त्यसो नभए कुनै क्षतिपूर्ति, आर्थिक स्वीकार गर्ने वा प्रस्ताव गर्ने; वा
  8. प्ले गरिएको वा फलो गरिएको सङ्ख्या कृत्रिम रूपमा बढाउने, कृत्रिम रूपमा सामग्रीको प्रवर्धन गर्ने वा निम्न तरिकासहित अन्य छलयोजन (क) कुनै बट, स्क्रिप्ट वा अन्य स्वचालित प्रक्रिया, (ख) कुनै तरिकाले क्षतिपूर्ती (आर्थिक वा अन्य) वा (ग) अन्य कुनै माध्यम;
  9. Spotify वा यसका लाइसेन्सवालाहरूले लागू गर्ने सबै क्षेत्रीय वा सामग्री हेर्नेसम्बन्धी अन्य प्रतिबन्धलागायत Spotify वा यसका लाइसेन्सवालाहरूले प्रयोग गर्ने सबै प्रविधिको परिघटन गर्ने;
  10. विज्ञापनहरू परिघटन वा ब्लक गर्ने वा विज्ञापनहरू ब्लक गर्न तयार पारिएका टुलहरू सिर्जना गर्ने वा वितरण गर्ने;
  11. कुनै प्रतिलिपि अधिकार, ट्रेडमार्क वा बौद्धिक सम्पत्ति अन्य सूचनाहरू हटाउने वा फेरबदल गर्ने (स्वामित्व वा स्रोतको कुने संकेत छ भने तपाईंलाई लुकाउने वा बदल्ने उद्देश्यसहित);
  12. सम्झौताअन्तर्गत स्पष्ट रूपमा अनुमति दिइएको खण्डमा बाहेक अवस्थामा सेवा वा सामग्री कुनै अंश मेटाउने वा लुकाउने, अन्य प्रयोगकर्ताले समग्री उपलब्ध गराएको अवस्थामा ती प्रयोगकर्ताको स्पष्ट रूपमा सहमतिसहित; वा
  13. आफ्नो पासवर्ड अन्य कुनै व्यक्तिलाई दिने वा अन्य कुनै व्यक्तिको युजरनेम र पासवर्ड प्रयोग गर्ने।

कृपया Spotify, सेवाहरूमा रहेका वस्तु र सामग्रीका मालिक र सेवाका अन्य प्रयोगकर्ताहरूको सम्मान गर्नुहोस्। निम्म खालको वा निम्म खालको सामग्री समावेश गर्ने कुनै पनि गतिविधिमा संलग्न नहुनुहोस्, कुनै प्रयोगकर्ता सामग्री पोस्ट नगर्नुहोस् वा कुनै युजरनेम दर्ता नगर्नुहोस् वा प्रयोग नगर्नुहोस्:

  1. अवैध छ वा बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार, गोपनीयता अधिकार, प्रचार गर्ने अधिकार, वा Spotify वा कुनै तेस्रो पक्षको स्वामित्व अधिकार को उल्लङ्घन गर्नेलगायका जुनसुकै प्रकारको अवैध कार्यको प्रवर्धन गर्ने वा ती कार्य गर्ने उद्देश्य बोकेको वा तपाईं संलग्न हुनुभएको कुनै सम्झौताको उल्लङ्घन गर्ने जस्तै उदाहरणका माध्यमबाट र कुनै सीमितता नभएको रेकर्डिङको एउटा विशेष सम्झौता वा प्रकाशन गर्ने सम्झौता;
  2. तपाईंको पासवर्ड समावेश गर्ने वा जानीजानी अन्य कुनै प्रयोगकर्ताको पासवर्ड वा तेस्रो पक्षको व्यक्तिगत डेटा समावेश गर्ने वा यस्ता व्यक्तिगत डेटा संकलन गर्ने उद्देश्य बोकेको;
  3. संसारभरका मान्छेहरूमा प्रसारण गर्ने उद्देश्य नरहेका तेस्रो पक्षको गोप्य वा स्वामित्वसम्बन्धी जानकारी वा तपााईंकै व्यक्तिगत जानकारीको खुलासा गर्ने;
  4. माल्वेयर, ट्रोजेन हर्स वा भाइरस जस्ता हानि पुर्‍याउन सक्ने वा अन्य कुनै पनि तरिकाले Spotify को सेवामाथि रहेको कुनै प्रयोगकर्ताको पहुँचमा हस्तक्षेप गर्ने;
  5. Spotify, अन्य प्रयोगकर्ता, व्यक्ति वा संस्थासँगको तपाईंको सम्बद्धता प्रतिरूपण वा गलत प्रस्तुत गर्ने (उदाहरणका लागि, Spotify को प्रतिलिपि अधिकारयुक्त सामग्री प्रयोग गर्ने, अनुमतिविनै Spotify को लोगो प्रयोग गर्ने वा अन्यथा एक भ्रमित तरीकाले Spotify को ट्रेडमार्क प्रयोग गर्ने) वा अन्यथा कपटपूर्ण, गलत, मायावी वा भ्रामक रहेको;
  6. अप्रत्याशित रूपमा सामूहिक मेलिङ वा अन्य स्वरूपमा स्पाम, जंक मेल, श्रृंखलाबद्ध रूपमा मेल पठाउने कार्य समावेश गर्ने;
  7. विज्ञापन गर्ने, प्रवर्धन गर्ने, प्रतियोगिता, स्विपस्टेक, जुवा, बुकमेकिङ वा पिरामिड योजनाहरू जस्ता अनधिकृत व्यावसायिक वा बिक्री गतिविधिहरू;
  8. Spotify ले स्पष्ट रूपमा अनुमति दिएको अवस्थामा बाहेक अनधिकृत रूपमा व्यावसायिक उत्पादन वा सेवाहरूसँग जोड्ने, सन्दर्भ दिने वा अन्यथा प्रवर्धन गर्ने;
  9. Spotify को सेवामा हस्तक्षेप गर्ने वा कुनै तरिकाले अवरोध पुर्‍याउने, Spotify को सेवा वा Spotify को कम्प्युटर सिस्टम, नेटवर्क, प्रयोगसम्बन्धी नियमहरू वा Spotify को सेवा, सामग्री वा यसको कुनै अंशमा लागू हुने Spotify सुरक्षा घटक, प्रमाणीकरणका उपायहरू वा सुरक्षाका अन्य कुनै उपायहरूको छेडछाड गर्ने, उल्लङ्घन गर्ने वा छानबीन, स्क्यान गर्ने प्रयास गर्ने;
  10. Spotify को प्रयोगसम्बन्धी नियम र सर्तहरू वा तपाईंले गर्ने कुनै पनि सेवामा लागू हुने अन्य कुनै सर्त वा नीतिहरूसँग बाझिने; वा
  11. निषेधित ट्र्याक, एपिसोड वा सो जस्ता हाम्रा सर्त वा नीतिहरूको उल्लङ्घन गरेबापत हाम्रा सेवाहरूमध्ये कुनै एकबाट हटाइएको छ। यसमा सामग्री बनाउने वा पुनर्गठन गर्न पुनः प्रस्ताव गरिएको वा अघिल्लो पटक जुन उद्देश्यले सामग्री हटाइएको थियो त्यही उद्देश्य बोकेको सामग्री समावेश हुन्छ।
Spotify

    कम्पनी

  • बारेमा
  • रोजगारहरू
  • For the Record

    समुदायहरू

  • कलाकारहरूका लागि
  • विकासकर्ताहरू
  • विज्ञापन
  • लगानीकर्ताहरू
  • विक्रेताहरू

    उपयोगी लिंकहरू

  • समर्थन
  • वेब प्लेयर
  • मोबाइलको निःशुल्क एप
  • आफ्नो सङ्गीत इम्पोर्ट गर्नुहोस्

    Spotify का योजनाहरू

  • Premium Individual
  • Premium Duo
  • Premium Family
  • Premium Student
  • Spotify Free
नेपाली (नेपाल)
  • कानूनी
  • सुरक्षा र गोपनीयता केन्द्र
  • गोपनीयता नीति
  • कुकीज
  • विज्ञापनहरूको बारेमा
  • सर्वसुलभता
© 2026 Spotify AB