Spotify को प्रयोगका सर्तहरू
पछिल्लो पटक अपडेट गरिएको: २६ अगस्त, २०२५
२. हामीद्वारा प्रदान गरिएको Spotify सेवा
३. Spotify सेवाको तपाईंको प्रयोग
४. सामग्री र बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार
५. ग्राहक सहायता, जानकारी, प्रश्न र गुनासो
१. परिचय
कृपया यी प्रयोगका सर्तहरू (यी "सर्तहरू") ध्यानपूर्वक पढ्नुहोस् किनकि यिनले यी सर्तहरू (सामूहिक रूपमा भन्नुपर्दा "Spotify सेवा") समावेश गर्ने वा यिनीसँग गाँसिएका हाम्रा सबै एप र वेबसाइटका साथै कुनै पनि संगीत, भिडियो, पोडकास्ट वा Spotify सेवा ("सामग्री") मार्फत उपलब्ध गराइने कुनै पनि सामग्रीलगायतका संगीत र अन्य सामग्री स्ट्रिम गर्नका निम्ति तपाईंद्वारा गरिने Spotify का वैयक्तीकृत सेवाहरूको प्रयोगलाई नियन्त्रित गर्दछन्।
Spotify सेवाको प्रयोग Spotify द्वारा प्रस्तुत अतिरिक्त सर्तहरूको अधीनमा रहन्छ जुन यस सन्दर्भमार्फत यसैसाथ यी सर्तहरूमा (सामूहिक रूपमा भन्नुपर्दा "सम्झौताहरू"). समावेश गरिएका छन्। ती अतिरिक्त सर्तहरू र हामी कसरी यी सर्तहरू वा सन्दर्भद्वारा समावेश गरिएका थप सर्तहरू परिवर्तन गर्न सक्छौँ भन्नेबारे जानकारीका लागि कृपया तलको खण्ड ७ हेर्नुहोस्। Spotify ले तपाईंको व्यक्तिगत डेटा कसरी सङ्कलन, प्रयोग, सेयर र सुरक्षा गर्छ भन्नेबारे थप जान्न कृपया Spotify को गोपनीयता नीति हेर्नुहोस्।
Spotify सेवामा साइन अप गरेर वा अन्य कुनै पनि तरिकाले यस सेवाको प्रयोग गरेर तपाईं यी सर्तहरूमा सहमति जनाउनुहुन्छ। यदि तपाईं यी सर्तहरूमा सहमत हुनुहुन्न भने तपाईंले Spotify सेवा प्रयोग गर्नु हुँदैन वा कुनै सामग्रीमाथि पहुँच राख्नु हुँदैन।
सेवा प्रदायक
यी सर्तहरू तपाईं र Spotify AB, Regeringsgatan 19, 111 53, Stockholm, Sweden बीचका हुन्।
उमेर र योग्यताका मापदण्डहरू
Spotify सेवा प्रयोग गर्न र कुनै पनि सामग्रीमाथि पहुँच राख्नका निम्ति तपाईं (१) १३ वर्षको (वा तपाईंको गृह देशको न्यूनतम आवश्यक उमेर बराबर ) वा अधिक उमेरको हुनुपर्दछ, (२) यदि तपाईं आफ्नो गृह देशमा नाबालिगमा पर्नुहुन्छ भने अभिभावक वा अभिभावकको सहमति हुनुपर्दछ, (३) हामीसँगको बाध्यकारी सम्झौतामा प्रवेश गर्न मिल्ने अधिकार हुनुपर्दछ तथा कुनै लागू कानुनअन्तर्गत यसो गर्नबाट प्रतिबन्ध लगाइएको हुनु हुँदैन र (४) तपाईं यो सेवा उपलब्ध भएको देशमा निवास गर्नुपर्ने हुन्छ। तपाईं Spotify मा तपाईंले पेस गर्नुभएको कुनै पनि दर्तासम्बन्धी जानकारी सत्य, सही र पूर्ण छ भन्ने तथा तपाईं यसलाई सधैँ यस्तै राख्ने वचन पनि दिनुहुन्छ। यदि तपाईं आफ्नो देशमा नाबालिगमा गनिनुहुन्छ भने यी सर्तहरूमा तपाईंका तर्फबाट तपाईंको अभिभावक वा अभिभावकले प्रवेश गर्नुपर्ने हुन्छ। यदि तपाईंले Spotify सेवा प्रयोग गर्ने र सामग्रीमाथि पहुँच राख्ने न्यूनतम उमेरका मापदण्डहरू पूरा गर्नुहुन्न भने तपाईंले प्रयोगकर्ताको रूपमा दर्ता गर्नु हुँदैन। केही बजारहरूमा, Spotify ले प्राथमिक खातावालाहरूलाई पारिवारिक सदस्यताको अंशको रूपमा बालबालिकाको अनुभवमाथि पहुँचको अनुमति दिने अवसर प्रदान गर्न सक्छ। यस्तो पहुँच सक्षम पार्नाले, प्राथमिक खातावालाले यस अनुभवमाथि पहुँच राख्ने कुनै पनि प्रयोगकर्ताको कानुनी अभिभावक भएको पुष्टि गर्नुहुन्छ र उनीहरूले युवा प्रयोगकर्तालाई Spotify प्रयोग गर्न अनुमति दिनुहुन्छ भन्ने अर्थ लाग्ने छ।
२. हामीद्वारा प्रदान गरिएको Spotify सेवा
Spotify सेवाका विकल्पहरू
हामी Spotify सेवाका अनेक विकल्पहरू प्रदान गर्दछौँ। Spotify सेवाका केही निश्चित विकल्पहरू निःशुल्क रूपमा उपलब्ध गराइन्छ भने अन्य विकल्पहरूमाथि भुक्तानी गरेपछि ("सशुल्क सदस्यताहरू") मात्र पहुँच राख्न मिल्छ। हामी तेस्रो पक्षका उत्पादन र सेवाहरूका प्रस्तावसहित विशेष प्रचारसम्बन्धी योजना, सदस्यता वा सेवाहरू पनि पेस गर्न सक्दछौँ। यस्ता तेस्रो पक्षहरूद्वारा प्रदान गरिएका उत्पादन र सेवाहरूको लागि हामी जिम्मेवार हुँदैनौँ।
परीक्षणात्मक प्रयोगहरू
समय समयमा हामीले वा हाम्रो तर्फबाट अरूले भुक्तानीबिनाका सदस्यता वा कम मूल्यदरमा (एक "परीक्षणात्मक प्रयोग") एक निश्चित अवधिका सशुल्क सदस्यताहरूका परीक्षणहरूको प्रस्ताव राख्न सक्छौँ। परीक्षणात्मक प्रयोगको सेवा प्रयोग गरेर तपाईं Spotify प्रिमियम प्रचारसम्बन्धी प्रस्तावका सर्तहरूमा सहमति जनाउनुहुन्छ।
तेस्रो-पक्षका एप्लिकेसनहरू, यन्त्रहरू र ओपन सोर्स सफ्टवेयर
Spotify सेवा तेस्रो पक्षका एप्लिकेसन, वेबसाइट र सेवाहरू ("तेस्रो पक्षका एप्लिकेसनहरू") सँगसँगै तेस्रो पक्षका व्यक्तिगत कम्प्युटर, मोबाइल ह्यान्डसेट, ट्याब्लेट, वेरेबल यन्त्र, स्पिकर र अन्य यन्त्रहरू ("यन्त्रहरू") सँग एकीकृत हुन सक्छ वा यसले तिनीहरूसँग अन्य तरिकाले अन्तर्क्रिया गर्न सक्दछ। यस्ता तेस्रो पक्षका एप्लिकेसन र यन्त्रहरूको तपाईंको प्रयोग लागू हुने तेस्रो पक्षद्वारा तपाईंलाई प्रदान गरिएका अतिरिक्त नियम, सर्त र नीतिहरूको अधीनमा हुन सक्छ। Spotify ले तेस्रो पक्षका एप्लिकेसन र यन्त्रहरू Spotify को सेवा प्रयोग गर्न मिल्ने खाले नै हुने छन् भन्ने कुराको ग्यारन्टी दिँदैन।
सेवाका सीमितता र परिमार्जनहरू
हामी Spotify सेवाको परिचालन गर्न र तपाईंलाई एक व्यक्तिगत, इमर्सिभ अडियो अनुभव प्रदान गर्न उचित हेरचाह र कौशल प्रयोग गर्छौँ। यद्यपि, हाम्रो सेवाका प्रस्तावहरू र तिनको उपलब्धता समय-समयमा परिवर्तन हुन सक्छन् र यो परिवर्तन तपाईंप्रति कुनै दायित्वविना नै लागूयोग्य कानुनको अधीनमा हुन सक्छ, उदाहरणका लागि:
- सान्दर्भिक कानुन र नियामकीय मापदण्डहरूमा परिवर्तन प्रतिबिम्बित गर्नुपर्ने आवश्यकतालगायताका प्राविधिक कठिनाइ, रखरखाव वा परीक्षण अथवा अपडेटहरूका कारण Spotify सेवाले अस्थायी रोकावटहरूको सामना गर्न सक्छ।
- हामी हाम्रा सेवाहरू निरन्तर विकसित र सुधार गर्ने लक्ष्य राख्छौँ र हामी Spotify सेवा (विशेष फंक्शन, सुविधा, सदस्यता योजना र प्रचारसम्बन्धी प्रस्तावहरूसहित) का सबै वा केही अंशहरू प्रदान गर्न (स्थायी वा अस्थायी रूपमा) परिमार्जन गर्न, निलम्बन गर्न वा रोक्न सक्छौँ।
- हाम्रो डायनेमिक सामग्री प्रस्तुति लगातार विकसित हुँदै गएको छ र यो Spotify समुदायका मापदण्ड अनुकूलन बन्दै गएको छ। Spotify ले Spotify सेवामार्फत कुनै विशेष सामग्री प्रदान गर्नुपर्ने कुनै बाध्यता छैन र Spotify वा लागू मालिकले कुनै गीत, भिडियो, पोडकास्ट, अडियोबुक र अन्य सामग्रीमाथिको पहुँच सूचनाबिनै हटाउन सक्दछ।
तपाईं अब Spotify सेवा प्रयोग गर्न चाहनुहुन्न भने यी सर्तहरू समाप्त गर्ने तपाईंको अधिकार तल खण्ड ६ मा निर्धारण गरिएको छ।
यदि तपाईंसँग Spotify ले तपाईंको प्रि-पेड अवधिको (तलको भुक्तानी र क्यान्सिलेशन खण्डमा परिभाषित गरिएअनुसार) अन्त्यभन्दा अघि नै सेवा बन्द गरेको कुनै सशुल्क सदस्यताको प्रिपेड शुल्क सोझै Spotify बाट लिनुपर्ने छ भने Spotify ले यस्तो सेवा समाप्तिपछि तपाईंलाई तात्कालिक सशुल्क सदस्यताको कुनै पनि अप्रयुक्त अंशको प्रि-पेड अवधिको प्रिपेड शुल्क फिर्ता गर्नेछ। हामीले रकम फिर्ता गर्नका निम्ति तपाईंको खाता र बिलिङसम्बन्धी जानकारी अनिवार्य रूपमा अप-टु-डेट हुनुपर्छ।
सरकारी अधिकारी वा अन्य तेस्रो पक्षको कारबाही वा हाम्रो नियन्त्रणबाहिरका घटनाहरूका कारण हुने इन्टरनेट वा अन्य सेवा अनुपलब्धता वा असफलताहरूको सम्बन्धमा तपाईंलाई रकम फिर्ता गर्नुपर्ने Spotify को न त कुनै दायित्व हुने छ, न कुनै बध्यता नै हुने छ।
३. Spotify सेवाको तपाईंको प्रयोग
Spotify खाता सिर्जना गर्ने
Spotify सेवाको सबै वा केही भाग प्रयोग गर्नका लागि तपाईंले Spotify खाता सिर्जना गर्नुपर्ने हुनसक्छ र यो खाता तपाईं बसोबास गर्ने देशमा हुनुपर्छ। तपाईंको प्रयोगकर्ता नाम र पासवर्ड तपाईंको व्यक्तिगत प्रयोगका लागि मात्र हो र त्यो गोप्य राख्नु पर्छ। तपाईं आफ्नो प्रयोगकर्ता नाम र पासवर्डको सबै प्रकारको प्रयोग (कुनै अनधिकृत प्रयोगसहित) का लागि तपाईं आफै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा बुझ्नुहुन्छ। यदि तपाईंको प्रयोगकर्तानाम वा पासवर्ड हराएको वा चोरी भएको छ वा यदि तपाईंलाई तपाईंको खातामा अनाधिकृत पहुँच राखिएको छ भन्ने लाग्छ भने हाम्रो ग्राहक सेवा टोलीलाई तत्काल सूचित गर्नुहोस्।
Spotify ले कुनै पनि कारणले तपाईंको प्रयोगकर्ता नाममा पुनः दाबी गर्न सक्छ वा तपाईंले त्यो परिवर्तन गर्न आवश्यक बनाउन सक्छ।
Spotify को सेवा प्रयोग गर्ने तपाईंका अधिकारहरू
Spotify का सेवाहरूमाथिको पहुँच
यी सर्तहरूसँग अनुपालनको अधीनमा (लागू हुने कुनै पनि अन्य नियम र सर्तहरूसहित), हामी तपाईंलाई Spotify सेवा र सामग्रीको व्यक्तिगत, गैर-व्यावसायिक प्रयोग (सामूहिक रूपमा "पहुँच") को लागि सीमित, गैर-विशिष्ट, रद्द गर्न मिल्ने अनुमति प्रदान गर्दछौँ। तपाईंले आफू बसोबास गर्ने देशमा पेस गरिएको Spotify सेवाको संस्करणमाथि मात्र पहुँच राख्नुपर्छ। तपाईं वा Spotify द्वारा समाप्त नगरिएसम्म र नगरुञ्जेल यो पहुँच प्रभावकारी रहने छ। तपाईं आफूले Spotify सेवा वा सामग्री पुनर्वितरण, बिक्री वा स्थानान्तरण नगर्ने कुरामा सहमति जनानुहुन्छ।
Spotify सफ्टवेयरका एप्लिकेसन र सामग्री लाइसेन्सप्राप्त छन्, यी कुराहरू तपाईंलाई बिक्री वा हस्तान्तरण गरिएको छैन र तपाईंका यन्त्रहरूमा स्थापनापछि पनि Spotify सफ्टवेयरका एप्लिकेसन र सामग्रीका सबै प्रतिलिपिहरूको स्वामित्व Spotify र यसका लाइसेन्सरहरूसँग हुन्छ।
Spotify का स्वामित्वसम्बन्धी अधिकारहरू
Spotify को सेवा र सामग्री Spotify वा Spotify का लाइसेन्सरहरूका सम्पत्ति हुन्। Spotify का सबै ट्रेडमार्क, सेवा चिन्ह, व्यापारका नाम, लोगो, डोमेन नाम र Spotify ब्रान्डको कुनै पनि अन्य सुविधा ("Spotify ब्रान्डका सुविधाहरू") Spotify वा यसको लाइसेन्सरहरूका मात्र सम्पत्ति हुन्। यी सर्तहरूले तपाईंलाई कुनै Spotify ब्रान्डका सुविधाहरू प्रयोग गर्ने कुनै अधिकार दिँदैनन् चाहे त्यो वाणिज्यिक प्रयोग होस् वा गैर-व्यावसायिक प्रयोग नै किन नहोस्।
तपाईं Spotify प्रयोगकर्ता दिशानिर्देशहरू र प्लेटफर्मका नियमहरू को पालना गर्ने र यी सर्तहरूद्वारा स्पष्ट रूपमा अनुमति नदिइएको कुनै पनि तरिकाले Spotify सेवा, सामग्री वा यसको कुनै पनि अंशको प्रयोग नगर्ने कुरामा सहमत हुनुहुन्छ।
भुक्तानी र रद्द गर्ने प्रक्रिया
सशुल्क सदस्यताहरू
तपाईं सोझै Spotify बाट वा निम्नमध्ये कुनै तरिकाले कुनै तेस्रोपक्षमार्फत सशुल्क सदस्यता खरिद गर्न सक्नुहुन्छ:
- अग्रिम रूपमा मासिक आधारमा वा खरिदअघि तपाईंलाई खुलासा गरिएका अन्य पुनरावर्ती समय अन्तरालहरूमा सदस्यता शुल्क तिरेर; वा
- तपाईंलाई एउटा विशेष समयावधि ("प्रि-पेड अवधि") का लागि Spotify का सेवाहरूमाथिको पहुँच दिने अग्रिम भुक्तानीमार्फत।
करका दरहरू तपाईंले प्रदान गर्नुभएको जानकारी र तपाईंको मासिक शुल्कको समयमा लागू दरको आधारमा गणना गरिन्छ।
यदि तपाईंले तेस्रो पक्षमार्फत सशुल्क सदस्यतामाथिको पहुँच खरिद गर्नुभयो भने Spotify सेवाको तपाईंको प्रयोगमा यी सर्तहरूबाहेक त्यस्ता तेस्रो पक्षहरूसँग भएका अलगै नियम तथा सर्तहरू लागू हुन सक्छन्। यदि तपाईं कोड, गिफ्ट कार्ड, प्रि-पेड अफर वा सशुल्क सदस्यतामाथिको ("कोडहरू") पहुँचका लागि Spotify द्वारा वा यसको तर्फबाट प्रदान गरिएका वा बेचिएका अन्य अफरहरू प्रयोग गरी सशुल्क सदस्यता खरिद गर्नुहुन्छ भने तपाईं Spotify कार्डका सर्तहरू मा सहमत हुनुपर्छ।
मूल्य र करमा परिवर्तनहरू
Spotify ले समयसमयमा पुनरावर्ती सदस्यता शुल्क, प्रि-पेड अवधि (अझै भुक्तानी नगरिएको अवधि) वा कोड (माथि परिभाषित गरिएको) लगायतका सशुल्क सदस्यताहरूको मूल्य परिवर्तन गर्न सक्छ र कुनै पनि मूल्य परिवर्तन भएमा अग्रिम रूपमा उचित सूचनामार्फत तपाईंलाई जानकारी दिइने छ। मूल्य परिवर्तनहरू मूल्य परिवर्तनको मिति पछिको अर्को सदस्यता अवधिको सुरुवातमा लागू हुनेछन्। लागू कानुनको अधीनमा रहँदै, मूल्य परिवर्तन लागू भएपछि Spotify को सेवा प्रयोग गर्न जारी राखेर तपाईंले नयाँ मूल्य स्वीकार गर्नुहुनेछ। यदि तपाईं मूल्य परिवर्तनप्रति सहमत हुनुहुन्न भने तपाईं मूल्य परिवर्तन प्रभावी हुनुअघि लागू हुने सशुल्क सदस्यताबाट सदस्यता रद्द गरेर उक्त परिवर्तन अस्वीकार गर्न सक्नुहुन्छ।
करका दरहरू तपाईंको मासिक शुल्कको समयमा लागू दरमा आधारित हुन्छन्। समय बित्दै जाँदा यी रकमहरू तपाईंको देश, राज्य, क्षेत्र वा सहरको स्थानीय कर मादण्डहरूको साथमा परिवर्तन हुँदै जान सक्दछन्। कर दरमा हुने कुनै पनि परिवर्तन स्वचालित रूपमा तपाईंले प्रदान गर्नुभएको खाता जानकारीको आधारमा लागू हुने छ।
सशुल्क सदस्यता वा परीक्षणको मूल्य तपाईंको बसोबास गर्ने देशमा प्रस्ताव गरिएको Spotify सेवाको संस्करणका लागि विशिष्ट हुन्छ र तपाईं लागू मूल्य नतिरिकन सशुल्क सदस्यता वा परीक्षणमाथि पहुँच राख्ने कुनै पनि माध्यममा संलग्न नहुन वा त्यस्तो पहुँचका लागि भुक्तानी सङ्कलन गर्ने Spotify का वैध प्रयासहरूलाई निरुत्साहित नगर्न सहमत हुनुहुन्छ।
बिलिङ र रद्द गर्ने प्रक्रिया
अन्यथा सङ्केत नगरिएसम्म (उदाहरणका लागि, यदि तपाईंले प्रिपेड अवधिमा साइन अप गर्नुभएको छ भने), सशुल्क सदस्यताहरू रद्द नहुञ्जेल अनिश्चित कालसम्म जारी रहन्छन्। हरेक बिलिङ अवधिको पहिलो दिनमा तपाईंलाई पुनरावर्ती आधारमा बिल पठाइने छ र तपाईंले भुक्तानी गर्नुहुने छ र तपाईंले हामीलाई (वा यदि तपाईंले तेस्रो पक्षमार्फत साइन अप गर्नुभयो भने लागू हुने तेस्रो पक्षलाई) आफ्नो भुक्तानी विधिबाट तत्कालीन सदस्यता शुल्क लिने अधिकार दिनुहुने छ।
तपाईं आफ्नो Spotify खातामा लग इन गरेर र खाता पृष्ठमा दिइएका प्रम्प्टहरूको पालना गरेर वा यहाँ क्लिक गरेर र निर्देशनहरू पालना गरेर जुनसुकै बेला आफ्नो सशुल्क सदस्यता रद्द गर्न सक्नुहुन्छ। अन्यथा सङ्केत गरिएको अवस्थाबाहेक, रद्द गर्ने प्रक्रिया तपाईंले रद्द गर्नुभएको बिलिङ अवधिको अन्त्यबाट लागू हुने छ र तपाईंलाई Spotify सेवाको नि:शुल्क संस्करणमा डाउनग्रेड गरिने छ। हामी यी सर्तहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको अवस्थाबाहेक कुनै पनि अवस्थामा आंशिक सदस्यता अवधिको फिर्ता रकम र क्रेडिट प्रदान गर्दैनौँ।
यदि तपाईंले कोड प्रयोग गरी सशुल्क सदस्यता खरिद गर्नुभएको छ भने तपाईंको सदस्यता उक्त कोडमा उल्लेख गरिएको अवधिको अन्तमा वा Spotify सेवामा भुक्तानी गर्नका लागि अपर्याप्त प्रि-पेड ब्यालेन्स हुँदा स्वचालित रूपमा समाप्त हुनेछ।
यी सर्तहरू अन्तर्गत हामीसँग हुन सक्ने अन्य कुनै पनि अधिकारहरूका अतिरिक्त, र जे भए पनि, हामी तपाईंलाई कम्तीमा १४ दिनको सूचना दिएर जुनसुकै समयमा सशुल्क सदस्यता समाप्त गर्ने अधिकार सुरक्षित राख्छौँ। हामीले तपाईंलाई अन्यथा जानकारी नगराएसम्म, हामी तपाईंलाई तत्कालीन अवस्थामा हालको मानिएको बिलिङ अवधिको बाँकी रहेको समयका लागि सशुल्क सदस्यतामाथि पहुँच कायम राख्न अनुमति दिने छौँ, त्यसपछि हामी तपाईंको खातालाई Spotify सेवाको निःशुल्क संस्करणमा डाउनग्रेड गर्ने छौँ।
सहमति फिर्ता लिने अधिकार
यदि तपाईं परीक्षणात्मक प्रयोगका लागि साइन अप गर्नुहुन्छ भने तपाईं जुन सशुल्क सदस्यताका लागि परीक्षणात्मक प्रयोग पाउँदै हुनुहुन्छ त्यसबाट सहमति फिर्ता लिने अधिकार तपाईं आफूले परीक्षणात्मक प्रयोग सुरु गरेको चौध (१४) दिनपछि अन्त्य हुनेछ भन्ने कुरामा सहमति जनाउनुहुन्छ। यदि तपाईं परीक्षणात्मक प्रयोग समाप्त हुनुअघि सशुल्क सदस्यता रद्द गर्नुहुन्न भने तपाईं सहमति फिर्ता लिने आफ्नो अधिकार गुमाउनुहुन्छ र तपाईं आफूले सशुल्क सदस्यता रद्द नगरुञ्जेल Spotify लाई स्वचालित रूपमा हरेक महिनामा तपाईंबाट सहमतिअनुसारको मूल्य असुली गर्ने अधिकार दिनुहुन्छ। चौध (१४) दिनभन्दा कमका परीक्षणात्मक प्रयोगको सम्बन्धमा भन्नुपर्दा, तपाईं आफ्नो परीक्षणात्मक प्रयोग समाप्त भएलगत्तै तपाईंलाई सशुल्क सेवा प्रदान गर्ने कुरामा र त्यस समयपछि तपाईं सहमति फिर्ता लिने आफ्नो अधिकार गुमाउने कुरामा स्पष्ट रूपमा हामीसँग सहमत हुनुहुन्छ।
यदि तपाईं कुनै परीक्षणात्मक प्रयोगबिना सशुल्क सदस्यता खरिद गर्नुहुन्छ भने कुनै पनि कारणले सहमति फिर्ता लिनका लागि तपाईंसँग आफ्नो खरिदपछिको (१४) दिनको समय हुनेछ र तपाईंले हामीलाई आफ्नो मन बदलिएको कुरा बताउञ्जेलसम्म प्रदान गरिएका सेवाहरूका लागि तपाईंले अनिवार्य रूपममा हामीलाई भुक्तानी गर्नुपर्ने हुन्छ भन्ने कुरामा सहमति जनाउनुहुन्छ। तपाईं तपाईंको खरिदपछि तुरुन्तै तपाईंलाई उक्त सेवा प्रदान गरिने कुरामा, तपाईं सहमति फिर्ता लिने आफ्नो अधिकार गुमाउनुहुन्छ भन्ने कुरामा हामलाई स्पष्ट सहमति दिनुहुन्छ र Spotify लाई तपाईंले सदस्यता रद्द नगरुञ्जेले हरेक महिना स्वचालित रूपमा तपाईंबाट शुल्क असुली गर्ने अधिकार दिनुहुन्छ।
प्रयोगकर्ताका लागि दिशानिर्देशनहरू
हामी Spotify को सेवा सबैका लागि रमाइलो बनिरहोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि Spotify को सेवा प्रयोग गर्ने मार्गदर्शनहरूको स्थापना गरेका छौँ ("Spotify प्रयोगकर्ता मार्गदर्शन")। Spotify का सेवाहरू प्रयोग गर्ने क्रममा तपाईंले अनिवार्य रूपमा Spotify प्रयोगकर्ता मार्गदर्शन र प्लेटफर्मका नियमहरू का साथसाथै लागू हुने कानुन, नियम र अधिनियमहरूको पालना गर्नुपर्छ र तेस्रो पक्षका बौद्धिक सम्पत्ति, गोपनीयता र अन्य अधिकारहरूको सम्मान गर्नुपर्छ।
ब्रान्डका खाताहरू
यदि तपाईं कुनै कम्पनी, संस्था, निकाय वा ब्रान्डको (एउटा "ब्रान्ड" र यस्तो खाताको "ब्रान्डको खाता") तर्फबाट Spotify खाता स्थापना गर्नुहुन्छ भने यी सर्तहरूमा (यसै सन्दर्भमार्फत समावेश गरिएका Spotify का नियम र सर्तहरूसहित) "तपाईं" र "तपाईंको" को रूपमा प्रयोग गरिएका शब्दहरू तपाईं र उक्त ब्रान्ड दुवैमा लागू हुन्छन्।
यदि तपाईं कुनै ब्रान्डको खाता सिर्जना गर्नुहुन्छ भने तपाईं यी सर्तहरूमा प्रदान गरिएका सबै अनुमति र लाइसेन्सहरू प्रदान गर्न (कुनै पनि अन्य लागू Spotify नियम र सर्तहरू सहित) र यी सर्तहरूमा ब्रान्डलाई सम्बद्ध गर्न आफू अधिकृत भएको दर्शाउनुहुन्छ र प्रमाणित गर्नुहुन्छ।
ब्रान्डले प्रयोगकर्ताहरूलाई फलो गर्न सक्नुका साथै प्लेलिस्टहरू सिर्जना र साझा गर्न सक्दछ, तर उक्त ब्राण्डले स्वतन्त्र रूपमा यस्तो अनुमोदन जनाउने अधिकार प्राप्त नगरेसम्म त्यो ब्रान्डले ब्रान्ड र फलो गरिएको प्रयोगकर्ता, कलाकार, गीतकार वा कुनै अन्य व्यक्तिको बीचमा अनुमोदन वा व्यावसायिक सम्बन्ध जनाउने कुनै पनि कदम चाल्ने छैन। यसका अतिरिक्त, ब्रान्डहरू कलाकार, गीतकार, प्रयोगकर्ता वा कुनै पनि अन्य पक्षलाई प्रदान गरिएको अनुमोदन वा विचारको बारेमा हाम्रा प्रयोगकर्ताहरूप्रति पारदर्शी हुनुपर्दछ र माथि उल्लेख गरिएका अभ्यासहरूमा संलग्न भएको बेला लागू हुने सबै कानुन, अधिनियम र अभ्यास संहिताको पालना गर्नुपर्दछ।
निर्यातसम्बन्धी नियन्त्रण र प्रतिबन्ध
तपाईं यी कुराको प्रतिनिधित्व गर्नुहुन्छ र त्यसको वारेन्टी दिनुहुन्छ: तपाईं (१) क्षेत्रीय प्रतिबन्धहरूको अधीनमा कुनै पनि देश वा क्षेत्रमा बस्नुहुन्न, कानुनअन्तर्गत संगठित, सामान्यतया निवासी हुनुहुन्छ (सामूहिक रूपमा "प्रतिबन्ध लगाइएका देशहरू"), न त तपाईं स्वामित्वमा हुनुहुन्छ वा न त तपाईंले सम्पत्ति रोक्का प्रतिबन्ध वा कुनै पनि व्यक्ति वा संस्था संगठित, अवस्थित वा सामान्यतया स्वीकृत देशमा बसोबास गर्ने सरकारको तर्फबाट कार्य गर्दै हुनुहुन्छ; र (२) EU, UK, US वा अन्य लागूयोग्य सरकारी प्रतिबन्धित पक्षका सूचीहरूमा पहिचान गरिएको कुनै पनि संस्थाको तर्फबाट वा निर्देशनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वा ५०% भन्दा बढी स्वामित्व वा नियन्त्रणमा रहेको व्यक्ति पहिचान गरिएको छैन, जस्तै EU वित्तीय प्रतिबन्धहरूको अधीनमा व्यक्ति, समूह र संस्थाहरूको समेकित सूची वा UK समेकित सूची वा अमेरिकी सरकारले राखेको विशेष रूपमा तोकिएको राष्ट्रिय सूची।
Spotify का उत्पादनहरू युरोपेली संघ, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका निर्यात नियन्त्रण र आर्थिक प्रतिबन्ध कानुनहरूको अधीनमा हुन सक्छन्, जसमा परिमार्जित (EU दोहोरो-प्रयोग नियमन) को रूपमा रहेको नियमन २०२१/८२१, UK निर्यात नियन्त्रण ऐन २००२ र UK निर्यात नियन्त्रण आदेश २००८, अमेरिकी वाणिज्य विभागद्वारा राखिएको निर्यात प्रशासन नियम, ट्रेजरी विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयद्वारा राखिएको व्यापार र आर्थिक प्रतिबन्ध र राज्य विभाग (सामूहिक रूपमा, "व्यापार नियन्त्रण कानुन") द्वारा राखिएको इन्टरनेशनल ट्राफिक इन आर्म्स रेगुलेसन पर्छन्, तर यतिमा मात्र सीमित छैन।
तपाईं Spotify का उत्पादन वा सेवाहरूको प्रयोगमा लागू हुने सबै व्यापार नियन्त्रण कानुनहरूको पालना गर्न सहमत हुनुहुन्छ। विशेष गरी, तपाईं प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रयोग, बिक्री, निर्यात, पुनः निर्यात, स्थानान्तरण, डाइभर्ट, रिलीज वा अन्यथा कुनै पनि उत्पादन, सफ्टवेयर वा प्रविधि (यस्तो प्रविधिबाट व्युत्पन्न वा आधारित उत्पादनहरूसहित) लाई यी सर्तहरूअन्तर्गत कुनै पनि गन्तव्य, संस्था वा व्यक्ति वा व्यापार नियन्त्रण कानुनद्वारा निषेधित गरिएका कुनै पनि अन्त्य-प्रयोगका लागि प्रयोग नगर्ने कुरामा सहमत हुनुहुन्छ। Spotify ले लागूयोग्य व्यापार नियन्त्रण कानुनअन्तर्गत निषेधित कुनै पनि तरिकामा कार्य गर्नुपर्ने छैन र यो Spotify को एकमात्र निर्देशनमा लागूयोग्य व्यापार नियन्त्रण कानुनअन्तर्गत निषेधित हुन सक्ने उत्पादन वा सेवाहरूको प्रावधानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनबाट जोगिनका लागि हुने छ।
४. सामग्री र बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार
प्रयोगकर्ताको सामग्री
तपाईंले यस सेवामा पोस्ट गर्ने सामग्री
Spotify प्रयोगकर्ताहरूले Spotify सेवामा सामग्री पोस्ट गर्न, अपलोड गर्न वा अन्य कुनै पनि तरिकाले योगदान पुर्याउन सक्दछन् ("प्रयोगकर्ताको सामग्री")। शङ्काको स्थिति रोक्नका लागि भन्नुपर्दा, "प्रयोगकर्ता सामग्री" मा प्रयोगकर्ताहरूद्वारा यस सेवामा हालिएको, सिर्जना गरिएको, अपलोड गरिएको, पेस गरिएको, वितरण गरिएको वा पोष्ट गरिएको सबै जानकारी, सामग्री र अन्य सामग्री पर्दछ। प्रयोगकर्ताको सामग्री वा अन्य तेस्रो-पक्षी सामग्री र त्यसको मध्यस्थताको बारेमा थप जानकारीका लागि हाम्रा प्लेटफर्मका नियमहरू, सामग्रीसम्बन्धी कारबाही, हाम्रो सुरक्षा र गोपनीयता केन्द्र र हाम्रो सामग्री र बौद्धिक सम्पत्तिसम्बन्धी नीति को बारेमा जानकारी हेर्नुहोस्।
आफूले पोस्ट गर्ने सबै उपयोगकर्ता सामग्रीका लागि तपाईं स्वयं जिम्मेवार हुनुहुन्छ
तपाईंले प्रतिज्ञा गर्नुहुन्छ कि, Spotify मा पोस्ट गर्ने कुनै पनि प्रयोगकर्ताको सामग्रीको सम्बन्धमा, (१) तपाईंसँग त्यस्तो प्रयोगकर्ता सामग्री पोस्ट गर्ने स्वामित्व वा अधिकार छ; र (२) त्यस्तो प्रयोगकर्ताको सामग्री वा तल दिइएको इजाजतपत्र अनुसार Spotify द्वारा यसको प्रयोगले निम्न काम गर्दैन: (i) यी सर्तहरू, लागू कानून, वा कुनै पनि तेस्रो पक्षको बौद्धिक सम्पत्ति वा अन्य अधिकारहरूको उल्लङ्घन गर्ने काम; वा (ii) Spotify वा त्यस्तो व्यक्ति वा संस्थाको पूर्व स्पष्ट लिखित सहमतिबिना Spotify वा कुनै कलाकार, ब्यान्ड, लेबल वा अन्य व्यक्ति वा संस्थाद्वारा तपाईं वा तपाईंको प्रयोगकर्ता सामग्रीसँग कुनै पनि सम्बद्धता वा समर्थनलाई जनाउने काम।
हामी तपाईंलाई Spotify सेवामा विभिन्न तरिकाले प्रयोगकर्ता सामग्री पोस्ट वा सेयर गर्ने क्षमता प्रदान गर्न सक्छौँ, जसमा अन्य Spotify प्रयोगकर्ताहरूलाई सन्देश वा सञ्चार पठाउने सुविधा पनि समावेश छ। Spotify सेवामा प्रयोगकर्ताको सामग्री वा अन्य जानकारी पोस्ट वा सेयर गर्दा, पोस्ट वा सेयर गर्ने विधिमा निर्भर गर्दै, सामग्री र अन्य जानकारी एक वा बढी प्रयोगकर्ताहरूलाई निजी रूपमा प्रसारित हुन सक्छ वा यो सार्वजनिक रूपमा पहुँचयोग्य हुन सक्छ र Spotify सेवा र वेबभरि अरूद्वारा प्रयोग र पुनः सेयर गरिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोला, त्यसैले कृपया Spotify सेवामा पोस्ट वा सेयर गर्दा सावधानी अपनाउनुहोस् र आफ्नो खाता सेटिङमा ध्यान दिनुहोस्। तपाईं वा अन्य व्यक्तिले Spotify सेवामा जे कुरा पोष्ट वा साझा गर्नुहुन्छ त्यसका लागि Spotify जिम्मेवार हुँदैन।
प्रयोगकर्ताको सामग्रीको अनुगमन
Spotify ले प्रयोगकर्ताको सामग्रीको (चाहे सार्वजनिक रूपमा पोस्ट गरिएको होस् वा निजी रूपमा सेयर गरिएको होस्) अनुगमन वा समीक्षा गर्न सक्छ तर यो कामको कुनै बाध्यता भने हुने छैन। Spotify ले कुनै पनि कारणबिना वा कुनै पनि कारणले कुनै पनि प्रयोगकर्ता सामग्रीमाथिको पहुँच हटाउने वा असक्षम गर्ने अधिकार आफूसँग सुरक्षित राख्छ। Spotify ले तपाईंलाई पूर्वसूचना नदिइकन यी कदमहरू चाल्न सक्छ।
तपाईंले हामीलाई प्रदान गर्ने लाइसेन्स
प्रयोगकर्ताको सामग्री
यस सेवामा आफ्नो प्रयोगकर्ता सामग्री पोस्ट गर्दा त्यसको स्वामित्व तपाईंसँग कायम रहने छ। यद्यपि, तपाईंको प्रयोगकर्ता सामग्री Spotify सेवामा उपलब्ध गराउन र तपाईंलाई केही सुविधा र फंक्सनहरू प्रदान गर्न हामीलाई त्यो प्रयोगकर्ता सामग्रीका लागि तपाईंबाट सीमित इजाजतपत्र चाहिन्छ। तदनुसार, तपाईं यसैसाथ Spotify लाई पुनरुत्पादन गर्ने, उपलब्ध गराउने, कार्यप्रदर्शन र प्रदर्शन गर्ने, अनुवाद गर्ने, परिमार्जन गर्ने, व्युत्पन्न कार्यहरू सिर्जना गर्ने, वितरण गर्ने र अन्य कुनै पनि माध्यममार्फत त्यस्तो प्रयोगकर्ता सामग्री प्रयोग गर्ने कार्यका लागि एउटा गैर-विशेष, हस्तान्तरण योग्य, सब-लाइसेन्स योग्य, रोयल्टी-मुक्त, पूर्ण भुक्तान गरिएको, अपरिवर्तनीय, विश्वव्यापी लाइसेन्स प्रदान गर्नुहुन्छ, चाहे यो प्रयोग एक्लै होस् वा अन्य सामग्री वा सामग्रीको साथ संयोजनमा नै किन नहोस्, चाहे अहिले ज्ञात होस् वा Spotify सेवाको सम्बन्धमा यसपछि सिर्जना गरिने कुनै पनि तरिकामा र कुनै पनि माध्यम, विधि वा प्रविधिद्वारा नै किन नहोस्। लागू हुने ठाउँहरूमा र लागू कानुन अन्तर्गत अनुमति दिइएको हदसम्म, तपाईं पनि कुनै पनि "नैतिक अधिकार" वा समकक्ष अधिकारहरू माफ गर्न र कार्यान्वयन नगर्न सहमत हुनुहुन्छ, जस्तै प्रतिक्रियासहित तपाईंको कुनै पनि प्रयोगकर्ता सामग्रीको लेखकको रूपमा पहिचान गर्न पाउने अधिकार र यस्तो प्रयोगकर्ता सामग्रीको अपमानजनक व्यवस्थापनप्रति आपत्ति जनाउने तपाईंको अधिकार।
प्रतिक्रिया
यदि तपाईं Spotify सेवा वा कुनै सामग्रीको प्रयोगको सम्बन्धमा विचार, सुझाव, वा अन्य प्रतिक्रिया ("प्रतिक्रिया") प्रदान गर्नुहुन्छ भने त्यस्तो प्रतिक्रिया गोप्य हुने छैन र कुनै पनि प्रतिबन्धबिना र तपाईंलाई भुक्तानी नगरिकन Spotify द्वारा प्रयोग गरिन सक्छ। यी सर्त अन्तर्गत प्रतिक्रियालाई एक प्रकारको प्रयोगकर्ता सामग्री मानिएको छ।
तपाईंको यन्त्र।
तपाईं हामीलाई निम्न कुराहरूको अधिकार पनि प्रदान गर्नुहुन्छ: (१) Spotify सेवालाई Spotify सेवाको संचालनको सुविधा दिन आफ्नो यन्त्रको प्रोसेसर, ब्यान्डविथ र भण्डारण हार्डवेयरको प्रयोग गर्ने अनुमति दिनुहुन्छ, र (२) तपाईंलाई विज्ञापन र अन्य जानकारी प्रदान गर्ने र Spotify को गोपनीयता नीति ले अनुमति दिएअनुसार हाम्रा व्यापार साझेदारहरूलाई पनि तपाईंलाई उपरोक्त कुराहरू प्रदान गर्न अनुमति दिनुहुन्छ।
सामग्रीसम्बन्धी अनुभव
Spotify मा, हामी हरेक प्रयोगकर्ताको लागि उत्कृष्ट र अद्वितीय अनुभवहरू सिर्जना गर्ने लक्ष्य राख्छौँ। तपाईं Spotify मा सिफारिसहरू बुझ्ने मामिलामा, हाम्रो सिफारिस प्रणालीहरूले कसरी काम गर्छ भन्ने बारे थप जान्न सक्नुहुन्छ, जसमा निश्चित सामग्री कसरी र किन तपाईंलाई प्रदर्शित गरिन्छ भन्ने बारे पनि समावेश छ। Spotify सेवाको कुनै पनि अंशमा सामग्रीको चयन र प्लेसमेन्टसहित तपाईंले पहुँच राख्ने सामग्री तेस्रो पक्षसँगका Spotify का सम्झौतालगायतका व्यापारिक सोच-विचारहरूद्वारा प्रभावित हुनसक्छ।
Spotify द्वारा लाइसेन्सप्राप्त, यसलाई प्रदान गरिएको, यसले सिर्जना गरेको वा यसले अन्य कुनै पनि तरिकाले सिर्जना गरेको केही सामग्रीमा (उदारणका लागि पोडकास्टहरू) विज्ञापन सेवा समावेश हुनसक्छ र यस्तो विज्ञापन सेवाका लागि Spotify जिम्मेवार हुने छैन।
उल्लङ्घनका दाबीहरू
Spotify ले बौद्धिक सम्पत्ति मालिकहरूका अधिकारहरूको सम्मान गर्दछ। तपाईंलाई कुनै पनि सामग्रीले तपाईंको प्रतिलिपि अधिकार, ट्रेडमार्क वा अन्य बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारहरू उल्लङ्घन गर्दछ जस्तो लाग्छ भने कृपयाSpotify को बौद्धिक सम्पत्तिसम्बन्धी नीतिहेर्नुहोस् ।
५. ग्राहक सहायता, जानकारी, प्रश्न र गुनासो
Spotify सहायता समुदाय
यो Spotify सहायता समुदाय भनेको जानकारी, सुझाव र Spotify सेवासँग सम्बन्धित अन्य सामग्रीबारे छलफल गर्ने र ती कुराहरू साझा गर्ने ठाउँ हो। Spotify सहायता समुदायको प्रयोग गरेर तपाईं यससमुदायका सर्तहरूमा सहमति जनाउनुहुन्छ।
ग्राहक सहायता, जानकारी, प्रश्न, गुनासो
खाता र भुक्तानीसँग सम्बन्धित प्रश्नहरूको ("ग्राहक सहायताका प्रश्नहरू") सम्बन्धमा ग्राहक सहायताका लागि कृपया हाम्रो वेबसाइटकोहाम्रो बारेमा खण्डमा सूचीबद्ध ग्राहक सहायतासम्बन्धी स्रोतसाधनहरूको प्रयोग गर्नुहोस्।
यदि तपाईंसँग Spotify को सेवा वा यी सर्तहरूको (यसैसाथ समावेश गरिएको Spotify को कुनै पनि थप नियम र सर्तसहित) बारेमा कुनै पनि प्रश्न छ भने कृपया हाम्रो वेबसाइटको हाम्रो बारेमा भन्ने खण्डमा गई Spotify ग्राहक सेवामा सम्पर्क गर्नुहोस्।
६. समस्या र विवादहरू
Spotify सेवा निलम्बन गने र समाप्त गर्ने
तपाईं वा Spotify मध्ये कुनै एकले सेवा समाप्त नगरुञ्जेल यी सर्तहरू तपाईंमा लागू हुन जारी रहनेछ। यदि हामीलाई तपाईंले यी सर्तहरूमध्ये कुनै पनि सर्तको उल्लङ्घन गर्नुभएको छ जस्तो लाग्यो भने, यदि हामीले तपाईंलाई उचित तरिकाले सूचित गरेर Spotify सेवा वा यससँग सम्बन्धित कुनै पनि सामग्रीका अंशहरू प्रदान गर्न रोक्यौँ भने वा हामीलाई लागू कानुनअनुसार सो कुराको पालना गर्न अवश्यक लाग्यो भने Spotify ले यी सर्तहरू (यसैसाथ समावेश गरिएको Spotify को कुनै पनि थप नियम र सर्तसहित) समाप्त गर्न सक्छ वा कुनै पनि समय Spotify सेवामा तपाईंको पहुँचलाई निलम्बन गर्न सक्छ। यदि तपाईं वा Spotify ले यी सर्तहरू समाप्त गर्नुभयो वा यदि Spotify ले Spotify को सेवामाथिको तपाईंको पहुँचलाई निलम्बित गर्यो भने लागू कानुनको अधीनमा रहँदै Spotify सँग तपाईंप्रतिको कुनै पनि दायित्व वा जिम्मेवारी हुनेछैन र (यी सर्तहरूमा स्पष्ट रूपमा प्रदान गरिएकोबाहेक) Spotify ले तपाईंले पहिले नै भुक्तानी गरिसक्नुभएको कुनै पनि रकम फिर्ता गर्ने छैन भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ। तपाईं कुनै पनि समय यी सर्तहरू समाप्त गर्न सक्नुहुन्छ, यस्तो अवस्थामा तपाईं Spotify को सेवामाथि पहुँच राख्न वा त्यसको प्रयोग जारी राख्न सक्नुहुने छैन। आफ्नो Spotify खाता समाप्त गर्नेबारे थप जान्न कृपया हाम्रो हाम्रो बारेमा पृष्ठमा रहेका ग्राहका सहायतासम्बन्धी स्रोतसाधनहरूको प्रयोग गर्नुहोस्।
यहाँ समावेश रहेका खण्ड ४ (सामग्री र बौद्धिक सम्पत्ति अधिकार), ३ (Spotify सेवाको तपाईंको प्रयोग), २ (हामीद्वारा प्रदान गरिएको Spotify सेवा), ६ (समस्या र विवादहरू), ७ (यी सर्तहरूको बारेमा) का साथसाथै यी सर्तहरूको अन्य कुनै पनि खण्ड चाहे व्यक्त रूपमा होस् वा तिनीहरूको स्वभावअनुसार होस्, यी सर्तहरूको समापनपछि पनि प्रभावमा नै रहने छन्, सेवा समाप्तिले यिनीहरूको अस्तित्व समाप्त हुने छैन।
वारेन्टी डिस्क्लेमरहरू
केही न्यायक्षेत्रहरूले उपभोक्ताका लागू वैधानिक अधिकारहरूसँग सम्बन्धित निहित वारेन्टी वा सीमितताहरूको अपवर्जनलाई अनुमति दिँदैनन्, त्यसैले यस खण्डका बहिष्कार र सीमितताहरू तपाईंमा लागू नहुन सक्छन् र कुनै पनि कुराले तपाईंको वैधानिक अधिकारहरूलाई असर नगर्न सक्छ।
Spotify ले उचित हेरचाह र सीपको प्रयोग गरेर तथा Spotify ले उपलब्ध गराएको Spotify सेवाको कुनै विनिर्देशन अनुसार Spotify सेवा प्रदान गर्दछ, यद्यपि, यो सेवा यस सर्तमा प्रदान गरिन्छ कि Spotify सेवा व्यक्त, निहित वा वैधानिक जस्तो कुनै पनि प्रकारको वारेन्टीबिना "जस्तो छ त्यस्तै" र "जस्तो उपलब्ध छ त्यस्तै" प्रदान गरिन्छ। यसका साथै, Spotify र सामग्रीका सबै मालिकहरूले सामग्रीको सम्बन्धमा सन्तोषजनक गुणस्तर, व्यापारिकता, विशेष उद्देश्यका लागि उपयुक्तता वा गैर-उल्लङ्घन वारेन्टीसहित कुनै पनि अभिव्यक्त, निहित र वैधानिक वारेन्टीहरू अस्वीकार गर्दछन्। न त Spotify न सामग्रीको कुनै मालिकले Spotify को सेवा वा सामग्री मालवेयर वा अन्य हानिकारक घटकहरूबाट मुक्त छ भन्ने वारेन्टी दिन्छ। यसका अतिरिक्त, Spotify ले विज्ञापन, प्रचारप्रसार वा तेस्रो पक्षद्वारा वा Spotify सेवा वा कुनै हाइपरलिंक गरिएको वेबसाइटमार्फत प्रस्ताव गरिएको कुनै पनि तेस्रो पक्षको एप्लिकेसन (वा त्यसको सामग्री), प्रयोगकर्ता सामग्री, उपकरणहरू वा कुनै पनि उत्पादन वा सेवाको सम्बन्धमा न त कुनै प्रतिनिधित्व गर्दछ, न कुनै वारेन्टी वा कुनै उत्तरदायित्व मान्दछ, साथै Spotify तपाईं र पूर्ववर्ती कुनै पनि तेस्रो पक्ष प्रदायकबीचको कुनै पनि कारोबारका लागि जिम्मेवार हुँदैन। तपाईंले Spotify बाट मौखिक वा लिखित रूपमा प्राप्त गर्नुभएको कुनै सल्लाह वा जानकारीले Spotify को तर्फबाट कुनै वारेन्टी सिर्जना गर्ने छैन। Spotify को सेवा प्रयोग गर्दा तपाईंसँग अश्लील सामग्री फिल्टर गर्ने सुविधाहरूमाथिको पहुँच हुन सक्दछ, तर यी सुविधाहरूको प्रयोग गरेपछि पनि केही अश्लील सामग्री प्रस्तुत हुन सक्छ र तपाईं यस्ता सुविधाहरूले सबै अश्लील सामग्री फिल्टर गर्नेछन् भनी तिनीहरूमै भर पर्नुहुन्न। यो खण्ड लागू कानुनले अनुमति दिएको पूर्णतम सीमासम्म लागू हुन्छ।
दाबी दायर गर्नका लागि उत्तरदायित्व र समयको सीमितता
लागू कानुनको अधीनमा रहँदै, तपाईं Spotify सेवासँग सम्बन्धित कुनै समस्या वा असंतोषका लागि तपाईंको एकमात्र र विशिष्ट रामबाण उपाय भनेको कुनै पनि Spotify सफ्टवेयरको स्थापना हटाउनु हो र Spotify सेवाको प्रयोग रोक्नु हो भन्ने कुरामा सहमत हुनुहुन्छ। Spotify सेवामार्फत उपलब्ध गराइएको वा त्योसँग सम्बन्धित तेस्रो पक्षका एप्लिकेसनहरू वा त्यसको सामग्रीको सम्बन्धमा Spotify को कुनै बाध्यता वा दायित्व हुने छैन भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ र हुन त यस्ता तेस्रो पक्षीय एप्लिकेसनहरूसँग तपाईंको सम्बन्ध यस्ता तेस्रो पक्षसँगको छुट्टै सम्झौताहरूद्वारा प्रशासित हुन सक्छ, तैपनि Spotify को सन्दर्भमा, कुनै पनि तेस्रो-पक्षको एप्लिकेसन वा त्यसको सामग्रीसँग सम्बन्धित कुनै पनि समस्या वा असन्तुष्टिको लागि तपाईंको एकमात्र र विशिष्ट रामबाण उपाय भनेको यस्तो तेस्रो-पक्षको एप्लिकेसन वा सामग्रीको स्थापना हटाउनु वा प्रयोग बन्द गर्नु नै हो।
कुनै पनि घटनामा Spotify, यसका अधिकारी, शेयरहोल्डर, कर्मचारी, एजेन्ट, निर्देशक, सहायक, सम्बद्ध, उत्तराधिकारी, असाइन गरिएको पक्ष, आपूर्तिकर्ता वा लाइसेन्सर निम्न कुराका लागि उत्तरदायी हुने छैनन्: (१) कुनै पनि अप्रत्यक्ष, विशेष, घटनागत, दडात्मक, अनुकरणीय वा परिणामस्वरूप हुने क्षतिको लागि जिम्मेवार हुने छैनन्; (२) प्रयोग, डेटा, व्यवसाय, वा नाफा (प्रत्यक्ष वा अप्रत्यक्ष) को कुनै पनि हानि, Spotify सेवा, उपकरण, तेस्रो-पक्षका एप्लिकेसनहरू वा तेस्रो-पक्षको एप्लिकेसन सामग्री प्रयोग गर्न वा असक्षमताको प्रयोगबाट उत्पन्न हुने सबै मामिलाहरूमा जिम्मेवार हुने छैनन्; वा (३) Spotify सेवा, तेस्रो-पक्षका एप्लिकेसन वा तेस्रो-पक्षको एप्लिकेसनको सामग्रीसँग सम्बन्धित दाबीहरूका लागि कुल दायित्व (क) पहिलो दाबीभन्दा बाह्र महिनाअघि तपाईंले Spotify लाई भुक्तानी गरेको रकम; वा (ख) $३०.०० भन्दा बढी हुने छैन। तपाईंलाई हुने नोक्सानीका लागि हाम्रो देयता पूर्ण रूपमा तार्किक रूपमा अनुमान लगाउन सकिने कुराहरूसम्म मात्र सीमित हुन्छ।
स्पष्टीकरणका लागि भन्नुपर्दा, लागू कानुनले यस्तो सीमालाई निषेध गर्ने सीमासम्म र लागू कानुनद्वारा सीमित वा बहिष्कृत हुन नसक्ने कुनै पनि अन्य दायित्वका का सम्बन्धमा यी सर्तहरूले धोखाधडी, जालसाजी गलत व्यवहार, मृत्यु वा व्यक्तिगत चोटपटकप्रति Spotify को दायित्वलाई सीमित गर्दैनन्।
लागू हुने कानुन अन्तर्गत यस्तो प्रतिबन्ध निषेध गरिएको अवस्थाबाहेक, यी सर्तअन्तर्गत उठ्ने कुनै पनि दाबी (मध्यस्थताका लागि माग दायर गरेर वा तल दिइएको मध्यस्थता सम्झौता अन्तर्गत एक व्यक्तिगत कारबाही दायर गरेर) दाबी गर्ने पक्षले उक्त दाबीलाई माथि उठाउने क्रियाकलाप, लोप वा चूक थाहा पाएको वा तार्किक रूपमा थाहा पाउनुपर्ने मितिको एक (१) वर्षभित्रमा सुरु गर्न अनिवार्य छ र त्यो अवधिभित्रमा नगरिएको कुनै पनि दाबीका लागि कुनै पनि रामबाण उपाय पाउने हक हुनेछैन।
तेस्रो पक्षका अधिकारहरू
तपाईं सामग्रीका मालिक र केही वितरकहरूसँग (जस्तै एप स्टोर प्रदायकहरू) यी सर्तहरूका लाभार्थी हुन् र तिनीहरूसँग तपाईंविरुद्ध यी सर्तहरू प्रत्यक्ष रूपमा लागू गर्ने अधिकार हुन्छ भन्ने कुरा स्वीकार गर्नुहुन्छ र सहमत हुनुहुन्छ। यस खण्डमा निर्धारण गरिएकोबाहेक, यी सर्तहरूको उद्देश्य तपाईं र Spotify बाहेक अरू कसैलाई अधिकार प्रदान गर्नु होइन र कुनै पनि घटनामा यी सर्तहरूले कुनै पनि तेस्रो-पक्षका लाभार्थी अधिकारहरू सिर्जना गर्दैन।
यदि तपाईंले Apple Inc. ("Apple") को एप स्टोरबाट हाम्रो कुनै पनि मोबाइल सफ्टवेयर एप्लिकेसन (हरेक, एक "एप" हो) डाउनलोड गर्नुभएको छ वा यदि तपाईं iOS यन्त्रमा उक्त एप प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं Apple को सम्बन्धमा आफूले निम्न सूचना पढेको, बुझेको र त्यसमा आफू सहमत भएको कुरा स्विकार्नुहुन्छ। यी सर्तहरू तपाईं र Spotify बीचका मात्र हुन्छन्, Apple सँगका होइनन् र Spotify सेवा र यसको सामग्रीका लागि जिम्मेवार Apple हुँदैन। Apple माथि Spotify को सेवाको सम्बन्धमा कुनै पनि मर्मत-सम्भार र सहायताका सेवाहरू पूरा गर्ने कुनै पनि प्रकारको बाध्यता हुने छैन। Spotify को सेवा कुनै पनि लागू हुने वारेन्टीको अनुरूप कार्य गर्न असफल भएमा तपाईं सो कुरा Apple लाई सूचित गर्न सक्नुहुन्छ र Apple ले तपाईंलाई उक्त एपको खरिद मूल्य फिर्ता दिनेछ र लागू कानुनद्वारा अनुमति दिइएको अधिकतम सीमासम्म, Spotify सेवाको सन्दर्भमा Apple माथि कुनै पनि वारेन्टीको दायित्व हुने छैन। Spotify सेवा वा Spotify सेवाको तपाईंको स्वामित्व वा प्रयोगसँग सम्बन्धित तपाईं वा कुनै तेस्रो पक्षको कुनै पनि दावीलाई सम्बोधन गर्न Apple जिम्मेवार हुने छैन, जसमा निम्न कुराहरू समावेश छन्: (१) उत्पादनसम्बन्धी दायित्वका दावीहरू; (२) Spotify सेवाले कुनै पनि लागू हुने कानुनी वा नियामक आवश्यकताहरू पूरा गर्न असफल भएको कुनै पनि दावी; (३) उपभोक्ता संरक्षण वा समान कानून अन्तर्गत उत्पन्न हुने दावीहरू; र (४) बौद्धिक सम्पत्ति उल्लङ्घनको सम्बन्धमा गरिने दावीहरू। Apple यस्तो प्रकारको तेस्रो-पक्षीय दाबीको अन्वेषण, रक्षा, सम्झौता र कुनै पनि डिस्चार्जको लागि जिम्मेवार हुँदैन जसमा Spotify सेवा वा यस एपको तपाईंको अधिकार र प्रयोगले उक्त तेस्रो पक्षको बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घन गर्दछ। तपाईं Spotify सेवा प्रयोग गर्दा कुनै पनि लागू तेस्रो-पक्षीय सर्तको पालना गर्न सहमत हुनुहुन्छ। Apple र Apple का सहायक कम्पनीहरू यी सर्तहरूका तेस्रो-पक्षीय लाभार्थीहरू हुन् र तपाईंले यी सर्तहरू स्वीकार गरेपछि Apple सँग यी सर्तहरूको तेस्रो-पक्षीय लाभार्थीको रूपमा तपाईंविरुद्ध यी सर्तहरू लागू गर्ने अधिकार हुनेछ (र उसले उक्त अधिकार स्वीकार गरेको मानिने छ)।
क्षतिपूर्ति
तपाईं Spotify लाई कुनै पनि प्रकारको क्षति, नोक्सानी र यसबाट उत्पन्न हुने वा यससँग सम्बन्धित कुनै पनि प्रकारका खर्च (उचित अधिवक्ता शुल्क र लागतहरूसहित) को विरुद्धमा क्षतिपूर्ति दिन र यसलाई हानिरहित राख्न सहमत हुनुहुन्छ: (१) तपाईंद्वारा यीमध्ये कुनै पनि सर्तको उल्लङ्घन (यहाँ समावेश गरिएको Spotify का थप कुनै पनि नियम र सर्तहरूसहित); (२) तपाईंले पोस्ट गर्नु हुने वा अन्य कुनै पनि तरिकाले योगदान गर्नु हुने सामग्री; (३) तपाईं Spotify सेवाको सेवामा वा सोमार्फत संलग्न हुने कुनै पनि गतिविधि; र(४) तपाईंद्वारा कुनै तेस्रो पक्षको कुनै पनि कानुन वा अधिकारको उल्लङ्घन।
नियन्त्रण गर्ने कानुन, अनिवार्य मध्यस्थता र स्थान
६.१ नियन्त्रण गर्ने कानुन / न्यायाधिकार क्षेत्र
तपाईंको निवासको देशमा अनिवार्य कानुनअनुसार अन्य कुनै पनि तरिकाले आवश्यक नभएसम्म, यी सम्झौताहरू (र यिनीहरूबाट उत्पन्न वा यिनीहरूसँग सम्बन्धित कुनै पनि गैर-अनुबन्धित विवाद / दाबी) कानुनका सिद्धान्तहरूको छनौट वा द्वन्द्वमा ध्यान नदिइकन तल सूचीबद्ध राज्य वा देशको कानुनको अधीनमा हुनेछन्।
लागू अनिवार्य कानुनअन्तर्गत तपाईं आफ्नो निवास भएको देशमा कानुनी कार्यवाही ल्याउने छनौट गर्न सक्नुहुन्छ, वा हामीले तपाईंको निवास देशमा मात्र कानुनी कार्यवाही ल्याउनै पर्ने अवस्थाबाहेक, तपाईं र Spotify सम्झौताहरूको (र यिनीहरूबाट उत्पन्न वा यिनीहरूसँग सम्बन्धित कुनै पनि गैर-अनुबन्धित विवाद / दाबी) सम्बन्धमा उठ्ने कुनै बहस, दाबी वा विवाद सुल्झाउन तल सूचीबद्ध अदालतको न्यायाधिकार क्षेत्रप्रति सहमत हुनुहुन्छ।
देश वा क्षेत्र
|
कानुनको रोजाइ
|
न्यायाधिकार क्षेत्र
|
---|---|---|
Spotify उपलब्ध रहेका अन्य सबै देश र क्षेत्रहरू।
|
स्विडेनका कानुनहरू
|
विशिष्ट; स्विडेनका अदालतहरू
|
बुल्गारिया, साइप्रस, एस्टोनिया, फ्रान्स, हङकङ, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, मोनाको, नर्वे, फिलिपिन्स, पोर्चुगल, स्लोभाकिया, स्पेन, टर्की
|
स्विडेनका कानुनहरू
|
गैर-विशिष्ट; स्विडेनका अदालतहरू
|
ब्राजिल
|
ब्राजिलका कानुनहरू
|
विशिष्ट; साओ पाओलोका राज्यस्तरीय वा संघीय अदालतहरू, साओ पाओलो राज्य, ब्राजिल
|
क्यानाडा
|
क्युबेकका बासिन्दाहरूमा लागू हुँदैन: ओन्टारियो प्रान्तका कानुनहरू
क्युबेकका बासिन्दाहरू: क्यानडाको क्युबेक प्रान्तका कानुनहरू
|
क्युबेकका बासिन्दाहरूमा लागू हुँदैन: फैसला लागू गर्ने उद्देश्यबाहेक विशेष; ओन्टारियो, क्यानडाका अदालतहरू
क्युबेकका बासिन्दाहरू: क्युबेक, क्यानडाका अदालतहरू
|
बोलिभिया, चिली, कोलम्बिया, कोस्टा रिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ, पनामा, पराग्वे, पेरू, उरुग्वे
|
न्यु योर्क राज्य, संयुक्त राज्य अमेरिका
|
विशेष; न्यु योर्कका राज्य र संघीय अदालतहरू, NY
|
६.२ वर्गीय कारबाहीको अधित्याग
लागूयोग्य कानुन अन्तर्गत अनुमति दिइएसम्म, तपाईं र SPOTIFY यो कुरामा सहमत हुनुहुन्छ कि प्रत्येकले अन्य पक्षविरुद्ध तपाईंको वा त्यसको आफ्नै व्यक्तिगत क्षमतामा दाबी ल्याउन सक्छ र कुनै पनि दाबी गरिएको वर्ग वा प्रतिनिधि कार्यमा वादी वा वर्ग सदस्यको रूपमा होइन। जबसम्म तपाईं र Spotify दुवै सहमत हुनुहुन्न, कुनै मध्यस्थकर्ता वा न्यायाधीशले एकभन्दा बढी व्यक्तिका दाबीहरू समेकित गर्न वा अन्य कुनै पनि तरिकाले कुनै प्रतिनिधि वा वर्गसम्बन्धी प्रक्रियाको कुनै पनि रूपको अध्यक्ष हुन सक्ने छैन।
६.३ मध्यस्थता
तपाईं यस्तो न्यायाधिकार क्षेत्रमा स्थित हुनुहुन्छ, आधारित हुनुहुन्छ वा व्यापार गर्नुहुन्छ जहाँ यो खण्ड ६.३ लागूयोग्य छ भने मध्यस्थताका निम्न अनिवार्य प्रावधानहरू तपाईंमा लागू हु्न्छन्:
६.३.१ विवाद समाधान र मध्यस्थता
तपाईं र Spotify सहमत हुनुहुन्छ कि कुनै पनि तरिकाले यी सम्झौताहरूसँग वा यस सेवाको प्रयोगकर्ताको (चाहे त्यो अनुबन्ध, टोर्ट, कानुन व्यवस्था, धोकाधडी, गलत बयान वा कुनै अन्य कानुनी सिद्धान्तमा आधारित होस् र चाहे दाबीहरू सम्झौताहरूको समापन भएको बेला देखा परून् वा सो समयपछि नै किन देखा नपरून्) रूपमा Spotify सँगको तपाईंको सम्बन्धसँग जोडिएको वा सम्बन्धित तपाईं र Spotify बीचको कुनै पनि बहस, दाबी वा विवाद एक अनिवार्य बाध्यकारी व्यक्तिगत मध्यस्थताद्वारा निर्धारित गरिनेछ। मध्यस्थता अदालतमा मुद्दा हाल्नेभन्दा बढी अनौपचारिक हुन्छ। मध्यस्थतामा कुनै पनि न्यायाधीश वा ज्युरी हुँदैन र मध्यस्थताको निर्णयको अदालती समीक्षा सीमित हुन्छ। यसमा अदालतमाभन्दा बढी सीमित खोजी हुन सक्छ। मध्यस्थले मध्यस्थतामा पक्षहरूलाई मात्र नभई घोषणात्मक वा अमिल्दो राहत प्रदान गर्न सक्ने अवस्थाबाहेक, मध्यस्थले यो सम्झौताको पालना गर्नुपर्नेछ र अदालतले समान क्षति र राहत प्रदान गर्न सक्नेछ (वकिल शुल्कसहित)। यी सम्झौताहरूको समाप्तिले यो मध्यस्थताको प्रवधानको अस्तित्व समाप्त हुने छैन।
६.३.२ अपवादहरू
माथिको दफा ६.३.१ को बावजुद पनि, यसैसाथ तपाईं र Spotify दुबै सहमत हुनुहुन्छ कि कुनै पनि समयमा कुनै पनि कुराले निम्न कामका लागि हामीममध्ये दुवैका अधिकारहरू त्याब्ने, रोक्ने वा अन्य कुनै पनि तरिकाले सीमित गर्ने छैन: (१) व्यक्तिगत कार्यवाहीहरू साना दाबीका अदालतमा ल्याउने, (२) यदि निम्न कार्यवाहीहरू उपलब्ध छन् भने लागू संघीय, राज्य स्तरीय वा स्थानीय एजेन्सीहरूमार्फत कार्यान्वयन कार्यहरूको अनुसरण गर्ने, (३) अदालतमा निषेधकारी राहत खोज्ने, वा (४) बौद्धिक सम्पत्तिको उल्लंघनका दाबीहरूलाई सम्बोधन गर्न कानुनीको अदालतमा मुद्दा हाल्ने।
६.३.३ मध्यस्थताका नियमहरू
कि तपाईं, कि भने हामी मध्यस्थताको कार्यवाही सुरु गर्न सक्छौँ। यी सम्झौताहरूद्वारा परिमार्जन गरिएअनुसार, तपाईं र Spotify बीचको कुनै पनि मध्यस्थता प्रक्रिया अन्ततः अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स ("ICC") को मध्यस्थताका त्यो समय लागू नियमहरू ("ICC का नियमहरू") बमोजिम ICC का नियमबमोजिम नियुक्त गरिएका एक वा बढी मध्यस्थहरूद्वारा मिलाइनेछ र ICC को मध्यस्थताको अन्तर्राष्ट्रिय अदालतद्वारा प्रशासित हुनेछ।
कुनै पनि मध्यस्थता प्रक्रिया अंग्रेजी भाषामा सञ्चालन हुनेछ र अन्यथा युरोपेली संघको कुनै सदस्य राज्य वा अन्य कुनै न्यायाधिकार क्षेत्रको अनिवार्य कानुनअनुसार आवश्यक नभएसम्म मध्यस्थमा लागू हुने कानुन [माथिको दफा ६.१ मा सम्बन्धित राज्य वा वर्णन गरिएअनुसारको सान्दर्भिक राज्य वा देश] को कानुन हुनेछ, चाहे कानुनका सिद्धान्तहरूको छनौट वा द्वन्द्व जे सुकै किन नहोस्।
६.३.४ दायर गर्ने समय
कुनै पनि मध्यस्थता, मध्यस्थताका लागि माग दायर गरेर, दाबी गर्ने पक्षले उक्त दाबीलाई माथि उठाउने क्रियाकलाप, लोप वा चूक थाहा पाएको वा तार्किक रूपमा थाहा पानुपर्ने मितिको एक (१) वर्ष भित्रमा सुरु गर्न अनिवार्य छ र त्यो अवधिभित्रमा नगरिएको कुनै पनि दाबीका लागि कुनै पनि रामबाण उपाय पाउने हक हुने छैन। यदि लागू हुने कानुनले दाबी गर्नका एक वर्षीय सीमित अवधिको नियमलाई निषेध गर्दछ भने, कुनै पनि दाबीको प्रक्रिया लागूयोग्य कानुनद्वारा अनुमति दिइएको छोटोभन्दा छोटो समयावधिमा निश्चित गरिएको हुनुपर्दछ।
६.३.५ सूचना, प्रक्रिया
मध्यस्थताको माग गर्ने पक्षले पहिले प्रमाणित पत्राचार वा फेडरल एक्सप्रेसमार्फत (हस्ताक्षर आवश्यक) अथवा हामीसँग तपाईंका लागि फाइलमा कुनै भौतिक ठेगाना नभएमा इलेक्ट्रोनिक मेलमार्फत ("सूचना") सम्बन्धित बहसको लिखित सूचना अर्को पक्षलाई पठाउनुपर्नेछ। सूचनाको लागि Spotify को ठेगाना यस प्रकार छ: [Spotify, Attn: General Counsel, 4 World Trade Center, 150 Greenwich Street, 62nd Floor, New York, New York 10007, USA]. उक्त सूचनामा (१) बहस वा दाबीको प्रकृतिको वर्णन गरिएको र (२) खोजेका विशेष राहत ("माग") उल्लेख गरिएको हुनुपर्छ। हामी दाबीलाई सोझै समाधान गर्नका सद्भावनापूर्ण प्रयासहरू अपनाउने कुरा सहमत छौँ, तर यदि सूचना प्राप्त भएपछिको ३० दिन भित्रमा हामी सो कार्स गर्ने सम्झौतामा पुगेनौँ भने तपाईं वा Spotify ले मध्यस्थता प्रक्रिया अघि बढाउन सक्नुहुन्छ। मध्यस्थता प्रक्रियाको अवधिमा तपाईं वा Spotify ले गरेको कुनै पनि सम्झौताको प्रस्ताव मध्यस्थकर्ताले अन्तिम निर्णय र जरिवाना भए त्यो नबताएसम्म मध्यस्थसमक्ष खुलासा गर्नुहुन्न। यदि तपाईंको विवाद अन्ततः मध्यस्थतामार्फत तपाईंको पक्षमा समाधान भयो भने Spotify ले तपाईंलाई (१) यदि मध्यस्थले कुनै रकम तोकेको छ भने त्यो, (२) मध्यस्थको जरिवानाअघि विवादको समाधान गर्न Spotify ले प्रस्ताव गरेको अन्तिम लिखित सम्झौता रकम; वा (३) $१,०००.०० मध्ये जुन ठुलो छ त्यो तिर्नेछ। मध्यस्थताको क्रममा खुलासा गरिएका सबै कागजातहरू र जानकारी प्रापकद्वारा कडा रूपमा गोप्य राखिने छ र प्रापकले मध्यस्थताको उद्देश्य वा मध्यस्थको निर्णय र पुरस्कारको कार्यान्वयनबाहेक अरू कुनै उद्देश्यका लागि प्रयोग गर्नु हुँदैन। त्यस्ता उद्देश्यहरूका लागि वा लागूयोग्य कानुनअनुसार जान्न आवश्यक पर्ने व्यक्तिहरूलाई विश्वासमा बाहेक खुलासा गरिने छैन। मध्यस्थकर्ताको निर्णय र सजाय लागू गर्न आवश्यकबाहेक, न त तपाईं वा Spotify ले मध्यस्थतासम्बन्धी कुनै सार्वजनिक घोषणा वा सार्वजनिक टिप्पणी वा कुनै प्रचारको उत्पत्ति गर्नु हुने छैन जसमा विवादमा मध्यस्थताको अस्तित्व, वा मध्यस्थको कुनै निर्णय वा निर्णय समावेश छ तर तिनीहरू यतिमा मात्र सीमित छैनन्।
६.३.६ परिमार्जनहरू
Spotify ले भविष्यमा यस मध्यस्थता प्रावधानमा कुनै पनि परिवर्तन गरेको खण्डमा (सूचनाका लागि Spotify को ठेगानामा परिवर्तनबाहेक), तपाईं Spotify को ठेगानामा परिवर्तनको ३० दिनभित्रमा लिखित सूचना पठाएर त्यस्तो कुनै पनि परिवर्तनलाई अस्वीकार गर्न सक्नुहुन्छ, यस्तो स्थितिमा Spotify सँग रहेको तपाईंको खाताको सेवा तुरून्त समाप्त हुने छ र यो मध्यस्थताको प्रावधान तपाईंले अस्वीकार गरेका परिमार्जनहरूभन्दा पहिलेको अवस्थामा जस्तै गरी अस्तित्वमा रहने छ।
६.३.७ लागूकरण
यदि खण्ड ६.२ को वर्गीय कारबाहीको अधित्याग मध्यस्थतामा लागू गर्न नमिल्ने पाइन्छ वा यदि यो खण्ड ६.३ को कुनै अंश अवैध वा लागू गर्न नमिल्ने पाइयो भने यस खण्ड ६.३ को सम्पूर्णता प्रभावहीन र शून्य हुनेछ र यस्तो अवस्थामा खण्ड ६.१ मा वर्णन गरिएको विशेष अधिकार क्षेत्र र स्थलले सम्झौताहरूबाट उत्पन्न वा सम्बन्धित कुनै पनि कारवाहीलाई नियन्त्रण गर्नेछ र तपाईंलाई कुनै पनि समयमा कार्यवाही गर्नबाट रोकिने छैन भन्ने कुरामा पक्षहरू सहमत छन्।
७. यी सर्तहरूको बारेमा
लागूयोग्य कानुनअन्तर्गत, तपाईंसँग कुनै करामार्फत सीमित गर्न नसकिने केही अधिकारहरू हुन सक्छन्। यी सर्तहरूको उद्देश्य कुनै पनि तरिकाले ती अधिकारहरू सीमित गर्नु होइन।
परिवर्तनहरू
समय-समयमा लागू हुने Spotify सेवामा संशोधित सम्झौता पोस्ट गर्ने प्रक्रियासहित कुनै पनि व्यावहारिक माध्यमबाट (ती लागू हुनुअघि) त्यस्ता परिवर्तनहरूबारे तपाईंलाई सूचित गर्दै हामी यी सर्तहरूमा (यसैसाथ समावेश गरिएको Spotify को कुनै पनि थप नियम र सर्तसहित) परिवर्तन गर्न सक्दछौँ (सामग्री परिवर्तनको सम्बन्धमा त्यस्ता सूचनाहरूको पूरक प्रदान गर्ने दिशामा लागिपर्नेछौँ भन्ने सर्तमा)। यस्तो कुनै पनि परिवर्तन हामीले परिमार्जित सर्तहरू वा यस्ता परिवर्तन समावेश गर्ने Spotify का अन्य नियम र सर्तहरू पोस्ट गरेको मितिभन्दा पहिले वा अन्य कुनै पनि तरिकाले तपाईंलाई सूचित गरेको समयभन्दा पहिले तपाईं र हामीबिच रहेको कुनै पनि विवादमा लागू हुने छैन। यी सर्तहरूमा कुनै पनि परिवर्तनपछि तपाईंद्वारा Spotify सेवाको प्रयोगलाई तपाईंद्वारा यस्तो परिवर्तनको स्वीकार मानिने छ। यदि तपाईं अपडेट गरिएका सर्तअन्तर्गत रहेर Spotify को सेवा प्रयोग गर्न जारी राख्न चाहनुहुन्न भने तपाईं हामीलाई सम्पर्क गरेर आफ्नो खाताको सेवा समाप्त गर्न सक्नुहुन्छ। यस कागजातको माथिल्लो भागमा उल्लेख गरिएको मितिले यी सर्तहरूमा अन्तिम परिवर्तन भएको समय जनाउँछ।
समग्र सम्झौता
यस खण्डमा उल्लेख गरेबाहेक वा तपाईं र Spotify बिच लिखित रूपमा स्पष्ट सहमति भएबाहेक, यी सर्तहरूले तपाईं र Spotify बिच सहमति भएका सबै नियम र सर्तहरूको गठन गर्दछ र यसले यी सर्तहरूको विषयको सम्बन्धमा कुनै पनि पहिलेका सम्झौताहरूलाई हटाउनेछ, चाहे त्यो लिखित होस् वा मौखिक। माथि उल्लेख गरिएअनुसार, सेवाको प्रयोगलाई नियन्त्रण गर्ने अन्य नियम र सर्तहरू, दिशानिर्देशन र नीतिहरू यहाँ सन्दर्भद्वारा समावेश गरिएका छन्। यसमा निम्न समावेश छन्: (क) Spotify सेवामा प्रदान गरिएका विशिष्ट सेवाहरूसँग सम्बन्धित थप नियम र सर्तहरू: Spotify प्रिमियम प्रचारसम्बन्धी प्रस्तावका सर्तहरू;Spotify को कार्डका सर्तहरू र Spotify सहायता समुदायका सर्तहरू; र (ख) दिशानिर्देशन र नीतिहरू: Spotify को गोपनीयता नीति; Spotify प्रयोगकर्ता मार्गदर्शन; Spotify प्लेटफर्मका नियमहरू र Spotify को बौद्धिक सम्पत्तिसम्बन्धी नीति।
पृथक्करण र छुट
यी सर्तहरूमा अन्य तरिका उल्लेख नगरिएसम्म, यी सर्तहरूको कुनै पनि प्रावधान कुनै पनि कारणले वा कुनै पनि हदसम्म अवैध वा लागू गर्न नमिल्ने ठहर भएमा यी सर्तहरूका बाँकी प्रावधानहरू प्रभावित हुने छैनन् र कानुनद्वारा अनुमति दिइएको हदसम्म त्यो प्रावधान प्रयोगमा ल्याउने प्रक्रिया लागू हुनेछ।
Spotify वा कुनै पनि तेस्रो-पक्षको लाभार्थी यी सर्तहरू वा यिनको कुनै पनि प्रावधान लागू गर्न कुनै पनि तरिकाले विफल हुनाले Spotify वा लागू हुने तेस्रो-पक्षीय लाभार्थीको सो काम गर्ने अधिकार छुट्ने छैन।
असाइनमेन्ट
Spotify ले यीमध्ये कुनै पनि वा सबै सर्तहरू असाइन गर्न सक्छ र यी सर्तअन्तर्गत आफ्नो कुनै अधिकार वा दायित्व सम्पूर्ण रूपमा वा आंशिक रूपमा असाइन गर्न वा प्रत्यायोजित गर्न सक्छ। तपाईं न त यी सर्तहरू सम्पूर्ण वा आंशिक रूपमा असाइन गर्न सक्नुहुन्छ, न यी सर्तअन्तर्गतको आफ्नो अधिकार कुनै पनि तेस्रो पक्षलाई हस्तान्तरण गर्न वा सब-लाइसेन्स बनाएर दिन नै सक्नुहुन्छ।