Premium Family

एउटै घरमा बस्ने परिवारका सदस्यहरूका लागि तयार पारिएका 6 वटा Premium खाताहरू। प्रति महिना USD 4.99 तिर्नु पर्ने हुन्छ। जुनसुकै बेला रद्द गर्नुहोस्।

सँगै मिलेर सुन्नुहोस्। वा छुट्टाछुट्टै सुन्नुहोस्।

छुट्टाछुट्टै खाताका सहायताले तपाईंहरू सबै जना पालैपालो नगरिकनै आफूलाई मन पर्ने गीत विज्ञापनरहित तरिकाले छुट्टाछुट्टै सुनेर मज्जा लिन सक्नुहुन्छ।

परिवारका लागि उपयुक्त

एउटै घरमा बस्ने परिवारका सदस्यहरू बढीमा 6 वटा Premium खाताको मज्जा लिन सक्छन्। तपाईंले प्रति महिना मात्र USD 4.99 तिरे पुग्छ।

  • Premium Family योजना किन खरिद गर्ने?

    • अफलाइन सुन्नुहोस्। जुनसुकै ठाउँमा सुन्नुहोस्।
    • विज्ञापनरहित सङ्गीत सुन्ने सुविधा। ननस्टप सङ्गीतको मजा लिनुहोस्
    • जुनसुकै ट्र्याक रोज्नुहोस्। आफूलाई मन पर्ने गीत बजाउनुहोस्।
    • असीमित रूपमा स्किप गर्नुहोस्। "अर्को" बटन थिचेर गीत बदल्नुहोस्।
  • Spotify Premium को सदस्यता खरिद गरिसक्नुभएको छ?

    तपाईंको परिवारका कुनै सदस्यसँग पहिलेदेखि नै Spotify खाता छ भने उहाँ Family प्रयोग गर्न सक्नुहुन्छ र आफ्ना सबै विवरण राखिरहन सक्नुहुन्छ

    • सङ्गीत
    • प्लेलिस्टहरू
    • सिफारिसहरू

अभिभावकीय नियन्त्रण

तपाईं सधैँ आफ्नो परिवारका सदस्यहरू के-कस्ता सामग्री सुन्न सक्छन् – र के-कस्ता सामग्री सुन्न सक्दैनन् – भन्ने कुराको नियन्त्रण गर्न सक्नुहोस् भन्नाका लागि आफ्नो परिवारका सदस्यहरूका लागि अश्लील सामग्रीसम्बन्धी फिल्टरहरू सेट गर्नुहोस्।

hero_image

जुनसुकै बेला रद्द गर्नुहोस्

तपाईं Premium Family योजना प्रयोग गर्न चाहनुहुन्न? कुनै समस्या छैन – तपाईं आफूले चाहेका बेला रद्द गर्न सक्नुहुन्छ।

Premium Family योजनाको सदस्यता खरिद गर्न सजिलो छ

  • साइन अप गर्नुहोस् वा आफ्नो हालको खाता प्रयोग गरी लग इन गर्नुहोस्।

  • आफूसँगै बस्ने परिवारका सदस्यहरूलाई Premium मा सामेल हुने निम्तो गर्नुहोस्।

  • परिवारका सदस्यहरूले घरमा यो निम्तो स्वीकार गरेर आफ्नो ठेगाना पुष्टि गरेपछि भइहाल्यो – तपाईंहरू अब परिवारको सदस्य हुनुहुन्छ। *

* Family योजनाका सदस्यहरू Premium Family मा सामेल हुन उहाँहरू अनिवार्य रूपमा एउटै ठेगानामा बस्नु पर्छ।

प्रश्नहरू छन्?

हामीसँग जवाफहरू छन्।

  • हामीले कुनै खाता मिलेर चलाउनु पर्छ वा हामी सबैले आफ्नो छुट्टै खाता प्राप्त गर्छौँ?

    Premium Family योजनामा सामेल हुन निम्तो गरिएका हरेक सदस्यले आफ्नै Premium खाता प्राप्त गर्ने भएकाले तपाईंहरू सबै जना आफूले चाहेका बेलामा आफ्नै रूचिअनुसार सङ्गीत सुन्न सक्नुहुन्छ। तपाईंहरूले एक अर्काका लगइन विवरणहरू प्रयोग गर्नु पर्दैन वा आफूले कहिले Spotify प्रयोग गर्ने भनेर समयतालिका तय गर्नु पर्दैन। र अब तपाईंहरूसँग छुट्टाछुट्टै खाता हुने भएकाले तपाईंहरू आफ्नो व्यक्तिगत रोजाइका आधारमा सङ्गीतिक सिफारिसहरू प्राप्त गर्नुहुन्छ।

  • मैले Premium को सदस्यता लिइसकेको छु। मेरा सेभ गरिएका सम्पूर्ण सङ्गीतलाई के गरिन्छ?

    तपाईं आफ्नो हालको Premium खाता प्रयोग गरी योजना अपग्रेड गरेर Family योजना प्रयोग गर्न र आफ्नो खातामा सेभ गरिएका सबै सङ्गीत, प्लेलिस्ट र सिफारिसहरू जस्ता विवरणहरू राखिरहन सक्नुहुन्छ।

  • बिल कसरी तिर्ने हो? यसको लागत बाँडफाँड हुन्छ?

    Family योजना खरिद गर्ने व्यक्ति हरेक महिना USD 4.99 बाराबरको एउटा मात्र बिल प्राप्त गर्नुहुन्छ।

  • हामी घरमा मात्र सुन्न सक्छौँ?

    तपाईं आफूले चाहेको जुनसुकै ठाउँमा, जुनसुकै डिभाइसमा Spotify सुन्न सक्नुहुन्छ।

Premium Family

एउटै घरमा बस्ने परिवारका सदस्यहरूका लागि तयार पारिएका 6 वटा Premium खाताहरू। प्रति महिना USD 4.99 तिर्नु पर्ने हुन्छ। जुनसुकै बेला रद्द गर्नुहोस्।