सँगै मिलेर सुन्नुहोस्।
छुट्टा छुट्टै सुन्नुहोस्।
दुई छुट्टाछुट्टै खाताका सहायताले तपाईंहरू दुवै जना पालो पालो नगरिकनै आफूलाई मन पर्ने गीत सुनेर मज्जा लिन सक्नुहुन्छ।
दुई जना प्रयोगकर्ताका लागि उपयुक्त
दुई जना मान्छेका लागि US$ ४.४९ मा दुई वटा छुट्टाछुट्टै Spotify Premium खाता पाइन्छ र यसका लागि छुट्टाछुट्टै बिल तिरिराख्नु पर्दैन।
Premium Duo योजना किन खरिद गर्ने?
- सङ्गीत डाउनलोड गर्नुहोस्। जुनसुकै ठाउँमा सुन्नुहोस्।
- विज्ञापनरहित सङ्गीत सुन्नुहोस्।
- जुनसुकै ट्र्याक बजाउन सक्नुहुन्छ। मोबाइलमा पनि।
- असीमित रूपमा स्किप गर्नुहोस्। "अर्को" बटन थिचेर गीत बदल्नुहोस्।
Spotify Premium को सदस्यता खरिद गरिसक्नुभएको छ?
तपाईंले Duo योजना लिनुभयो भने तपाईं आफ्ना सम्पूर्ण विवरण राखिराख्न सक्नुहुन्छ
- सङ्गीत
- प्लेलिस्टहरू
- सिफारिसहरू
जुनसुकै बेला रद्द गर्नुहोस्
तपाईं जुनसुकै बेला अनलाइनबाटै मासिक सदस्यता रद्द गर्न सक्नुहुन्छ।
Premium Duo योजनामा सामेल हुन सजिलो छ
साइन अप गरेर वा आफ्नो हालको खाता प्रयोग गरी Duo मा सामेल हुनुहोस्।
इमेल, WhatsApp वा आफूलाई उपयुक्त लाग्ने जुनसुकै माध्यमबाट आफूसँगै बस्ने कुनै व्यक्तिलाई Duo मा सामेल हुने निम्तो गर्नुहोस्।
उहाँले घरमा यो निम्तो स्वीकार गरेर आफ्नो ठेगाना पुष्टि गरेपछि तपाईंहरू दुवै जना Duo मा सामेल हुनुहुन्छ। *
* तपाईंहरू दुवै जना Premium Duo मा सामेल हुन तपाईंहरू अनिवार्य रूपमा एउटै ठेगानामा बस्नु पर्छ।
प्रश्नहरू छन्?
हामीसँग जवाफहरू छन्।
- हामीले कुनै खाता मिलेर चलाउनु पर्छ वा हामी सबैले आफ्नो छुट्टै खाता प्राप्त गर्छौँ?
योजनामा सामेल हरेक व्यक्तिले आफ्नै Premium खाता प्राप्त गर्ने भएकाले तपाईंहरूले एक अर्कासँग लगइन विवरणहरू सेयर गर्नु पर्दैन र एक अर्काका लगइन विवरणहरू प्रयोग गर्नु पर्दैन। र अब तपाईंहरू दुवैसँग फरक छुट्टै छुट्टै खाता हुने भएकाले तपाईंहरू आफ्नो व्यक्तिगत रोजाइका आधारमा सङ्गीतिक सिफारिसहरू प्राप्त गर्नुहुन्छ।
- मैले Premium को सदस्यता लिइसकेको छु। मेरा सेभ गरिएका सम्पूर्ण सङ्गीतलाई के गरिन्छ?
तपाईं आफ्नो हालको Premium खाता प्रयोग गरी योजना अपग्रेड गरेर Duo योजना प्रयोग गर्न र आफ्नो खातामा सेभ गरिएका सबै सङ्गीत, प्लेलिस्ट र सिफारिसहरू जस्ता विवरणहरू राखिरहन सक्नुहुन्छ।
- बिल कसरी तिर्ने हो? यसको लागत बाँडफाँड हुन्छ?
Duo योजना खरिद गर्ने व्यक्ति हरेक महिना एउटा मात्र बिल प्राप्त गर्नुहुन्छ।
- हामी घरमा मात्र सुन्न सक्छौँ?
तपाईं जुनसुकै ठाउँमा सुन्न सक्नुहुन्छ। हामीले तपाईंहरू दुवै जना एउटै ठेगानामा बस्ने कुरा पुष्टि गरिसकेपछि तपाईंहरू दुवै जना आफूले चाहेको जुनसुकै ठाउँमा, जुनसुकै डिभाइसमा आफ्ना Spotify खाताहरू प्रयोग गर्न सक्नुहुन्छ।